विश्वराजनैतिक इतिहासमा राज्य परिचालनका दर्शनको रुपमा प्रमुख दुई धारको रुपमा गलत प्रतिष्पर्धाबाट विकसित हुँदै आएको देखिएको छ । अमेरिकाले प्रतिनिधित्व गरेको पँुजिवाद र सोभियत रुसले प्रतिनिधित्व गरेको साम्यवाद । अर्थात् पूँजिवाद र साम्यवाद यी दुई वादहरुको विश्लेषण गर्दा वास्तविक नागरिकलाई दिनुपर्ने राज्यका सुविधा नागरिक सँग पुग्न पाएनन् । वेरोजगारी, भोकमरी र विथिति झन् पछि झन् बढ्दै गयो । पूँजिवादको सिद्धान्त फेल भयो भने साम्यवाद धराशायी भयो । लामो अवधि सम्मको प्रयोगबाट दुबैवाद फेल भै सकेका छन् ।

    प्रयोगात्मक रूपमा न पूँजिवादले जनतालाई सुख समृद्धि दिन सक्यो न साम्यवादले सबैलाई समाल्न सक्यो ? तेस्रो धारको रुपमा समाजवादको प्रयोग पनि पूर्णरूपमा अपुरो र नाममात्रको नै रह्यो । नाममात्रको समाजवादले समग्र मानवको सम्पूर्ण पक्षलाई समेटन सकेन । सत्रौँ, अठाराँै शताब्दीका पुराना विचार आज एक्काइसौैँ शताब्दीमा आएर समय संगत भएका छैनन् । सूचना र प्रविधिको युग एक्काइसौैँ शताब्दीमा संसारलाई हेर्ने आँखामा परिवर्तन भएको छ । काम गर्ने तौर तरिकामा परिवर्तन भएका छन् ।

    मानवीय संसाधनको प्रयोग गरी काम गरीरहेको अवस्थाको बदला मेसिन र कम्प्यूटरको प्रयोगबाट काम भैरहेको छ । हजारौँ माइल हिँडेर लडाई गर्ने युद्ध मिनेट भरमा हवाई मार्गबाट बमको माध्यमबाट ध्वस्त गरिन्छ ।

    पुराना क्रान्तिकारी शब्दसंगै मानव लडाई गर्ने र विनाश गर्ने सोँचको विकासबाट विश्वभरका देशमा राजनीतिको रूपमा लडाई, झगडा र विध्वँस फैलिने अबस्था सृजना भएको छ । मानवताको पक्ष अत्यन्त कमजोर भएको छ, यसो हुनुमा मानवमा पूँजिवादी र साम्यवादीहरुको होडबाजी नै हो । अमेरिका जस्तो देशमा वेरोजगारीले सताएको छ भने विश्व व्यापार घाटाले अर्थतन्त्र खलबलिएको छ । पूँजिको विकासले पनि सही कार्यदिसा नहुँदा जनताले सुख पाउदा रहेनछन् । पूँजिको बलमा अर्को देशमा राजनैतिक हस्तक्षेप र युद्धको धङ्धगिको अगुवाईले गर्दा विश्व त्रसित छ । 

    अर्को तिर साम्यवादको नाराले सत्ता कब्जा गर्न लडाईको बाटो, ससस्त्र क्रान्तिको नामको सहाराको बाटो रोजेको कारणबाट राजनैतिक पार्टीमा विध्वंशको सोँचले मानवमा क्रुरता बृद्धि भई दया, माया र मानवतामा ह्रास हुदै गई द्वन्द्वबाट अधिनायक वादमा परिणत हुनपुग्यो । त्यतिमात्र होईन राष्ट्र« नै विखण्डन हुने अवस्था सम्ममा परिणत भयो । रुसको अवस्था यसको दरिलो उदाहरण हो । आन्तरिक रुपमा  साम्यवादी पार्टीका अगुवाई कर्तामा विध्ंवश र नष्ट गरेको सिकाइबाट विकसित विचारले “सृजनाका विचारको फूलवारी” बन्नसक्दो रहेनछ र सदासर्वदाको निम्ति जनतामा सुविधा रहन सक्दो रहेनछ । यसको कारण बिगतमा विकास भएका बादहरुमा धेरै मात्रामा त्रुटि र कमी भएका कुराहरुलाई नकेलाई अन्धभक्तको रुपमा लागु गरेको कारण मानवले दःुखपाएको यथार्थलाई मनन् गर्नु पर्दछ । दार्शनिकहरुले एकपक्षीय रुपमा आ—आफ्ना विचारहरुको आधारमा विचार र दर्शन बनाए ।

    एक, एक दार्शनिकको विचारलाई लिएर राजनीतिको दर्शन बनाएको देखिन्छ । तर समग्र मानव कल्याणको निम्ति एकाङ्गी विचारबाट समाधान आजसम्म देखिएको छैन । दार्शनिक  हेगेलले आदर्शबाद र नैतिक चिन्तनलाई आधारमानी आफ्नो विचार राखे । माक्र्सले आफुलाई बस्तुबादीको दाएरामा राखेर पदार्थ र वर्गलाई आधार मानि चिन्तन गरे । बुद्धले दःुख र मनलाई केन्द्र बिन्दुमा राखेर चिन्तन गरे । जोहनलकले आङ्खनो विचारको आधार स्वतन्त्रतालाई केन्द्रबिन्दुमा राखे । गान्धिले अहिंशालाई चिन्तनको रुप बनाए । ज्यापालले अहंभावनाको प्रयोगलाई विचारमा राखे । त्यसैगरी दार्शनिक फ्रायडले यौनशक्तिको पहिचानलाई पक्षमानी चिन्तन गरे । यसरी  यी सबै विचार धाराले केबल एकपक्षको चिन्तनबाट मात्र विचारको उत्पति गरेको देखिन्छ ।

    यी विचारहरु सबै पुराना सोह्राँै, सत्रँौ र अठाराँैं शताब्दी सम्मका विचारहरु हुन् यी विचारहरुमा धेरै कुराहरुको कमी छ । त्यतिबेला दार्शनिकहरुले नसोचेको र नदेखेको धेरै  कुराहरु छन् जसको प्रयोग बिना विश्वको कुनैपनि कृयाकलाप अहिले अगाडि बढाउन सकिदैन । समग्र विचारको विष्लेशण तथा संश्लेषण गरी नयाँ परिस्थितिमा नयाँ विचारहरुलाई समावेशगरी एउटा नयाँ पूर्ण विचार बनाई मानवको सुख सुबिधामा नयाँ आयाम थप्न सकिन्छ, त्यसैको आधार निर्माण गर्न एक्काईसौँ शताब्दीको समवाद र सुविधाराज्यको समग्र विचार अगाडि सारिएको छ । 

विधाराज्यमा एक दर्शन, एक विचारले पुग्दैन, समग्र मानव र मानवतालाई कल्याणहुने विचारको सार हुनुपर्दछ । बास्तबिक दर्शनको अध्ययनको कुरा गर्ने हो, भने कुनै एक दार्शनिक मात्रको विचारले पुग्दैन । बरू दया, करूणा, समता, नैतिकता सुखमय, सुविधामय, शान्ति, मानवताको पक्षमा उत्पादनबाट जीवन सुविधा सम्पन्न बनाउन र स्वाधीन अर्थतन्त्र स्थापित गर्न, दर्शनहरूको दर्शन पुर्बिया दर्शन भनौ वा वैदिकदर्शन समेतमा भएका मानवपक्षमा स्थापित आध्यात्मिकताको पक्ष समेतलाई समेटेर एक्काईसौ शताब्दीका नयाँ प्रविधिका कुराहरू समावेशगरी नागरीकको सुविधाको पक्षमा निरन्तर परिमार्जित गर्दै सृजनसिलताबाट विकसित गरिनु जरुरि भएकोले यो विचार अगाडि सारिएको छ ।

 मानवीय सुविधाको आधारलाई लिएर संसारमा जे जति चिजबस्तुका प्रयोगको आधार बनाईएको छ, यसको महत्वपूर्ण पक्ष भनेको मानिस स्वयम् मानवीय सम्बन्ध द्धारा स्थापित हुन्छ ।  सबैपक्ष र सबै दार्शनिकहरुका भावनाहरुलाई जोडेर पूर्ण विचार बनाउन सकिन्छ, यही निरन्तर चिन्तनले दर्शनको विकास र सृजनसिशलताको पक्षलाई अगाडि बढाउँदछ । सत्रौँ र अठारौँ शताब्दीसम्ममा बिकिसत भएका यी सबै वादमा धैरै कुराहरुको कमी छ, कमीपुरा गर्ने बैज्ञानिक पद्धति भनेको मानवमा आईपर्ने हरेक समस्याको समाधानको आधार हो, त्यसैले कुनै एकपक्षको विचार बाट प्रेरित नभएर समस्या समाधानको आधार बनाउनु पर्दछ । सबै वादमा भएका राम्रा पक्षलाई समेटी एउटा असल विचारको  बास्केट तैयार गरिएको छ, यही आधारलाई विचार गरी समस्या समाधानको माध्यम बनाई विचारको विकास गरिएको छ । मानव स्वभावजन्य ब्यबहार बिभिन्न दार्शनिकहरुका विचार र मानव ब्यबहारलाई पूर्णरुपमा अध्ययन गरी यस एक्काइसौै शताब्दीका नयाँ कुराहरू समेत समावेसगरी पूर्ण मानव कल्याणकारी सुविधाराज्यको विचार बिकिसत गर्न यी धेरै कुराहरुको बारेमा छलफल गरी समावेस गरीनु अनिवार्य भएकोले अध्ययन गरी विश्लेषण गरिएको छ ।