विशाल नेपालको सिर्जना गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । पृथ्वीनारायण शाहले यिनै परम्पराबाट सैनिक वीरताको सुसंगठीत संरचना गरेकैबाट हिमवतखण्डका सैयौं हिन्दु राज्यहरु दक्षिण भारतखण्डमा रहेको अंग्रेजी साम्राज्यले निशाना बनाउन लागेको अवस्थामा गोर्खा लगायत हिमवतखण्डका सैयौ हिन्दु राज्यहरु एकीकृत गर्ने महान यक्षमा समाहित भएर विशाल नेपाल सिर्जना गर्न सकेका थिए । हिमवतखण्डका सैयौं हिन्दु राज्यहरु मध्ये ५४ जति हिन्दु राज्यहरु एकीकृत भई राष्ट्रिय एकीकरणको समयदेखि पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नेपाल–विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा स्थापित हुन सकेको हो । गोर्खा राज्य पनि हिमवतखण्डभित्रैको एक राज्य हो । हिमवतखण्ड भनेको ऋषिमुनीहरुको तपभूमि, वेद, पुराण,उपनिषेद र नीतिशास्त्रहरुको उद्गमभूमि हो । पृथ्वीनाराण शाह जस्तो महान सपुतको गोर्खामा जनम नभएको भए, नेपाल भन्ने देवभूमिको नामनिशाना हुने थिएन । अतः विशाल नेपालको सिर्जना गराउनमा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको अथक प्रयत्नमा दामदान दण्डभेद्को नीति लिएर गोर्खाली सेनालाई अगाडि लगाएर सम्पूर्ण जाति, थरीहरुको सहयोगमा एकीकृत भूमि हो । विशाल नेपालको एकीकरणको सन्दर्भमा तिब्बतसँग युद्ध भयो । त्यसमा गोर्खालीहरको जित भयो । तिब्बतसँग युद्धपछि पृवीनारायण शाहले सैनिक खडा गरेका थिए । त्योबेला विक्रम संवत् १८२५ अथाृत् सन् १७६८तिरको परिस्थिति कस्तो थियो भने नेपालको एकीकरण भएको १०० बर्ष पछाडिसम्म सन् १८६८ मा जर्मनी, इटाली टुक्रा टक्रामा विभाजित थिए । जर्मनी, इटाली को एकीकरण भएको थिएन । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा सने १८६८मा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ बर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियो । नेपालको एकीकरण भएको २५।३० बर्षपछि मात्र अमेरिका बेलायती सम्राज्यबाट मुक्त हुन सकेको थियो ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा गोर्खाली सेनालाई सजिलो बनाउनको लागि यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे । फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ । त्यस्तै घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थल लगायत बिवाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । यो पनि अध्यावधि नेपालीहरुले बिवाहको शुभलगनको बेलामा यसरी खाँडो जगाइन्छ । विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना हिन्दु राज्यहरु आपसमा झगडा गरिरहन्थे । त्यस्तो अवस्थामा अंग्रेजले आक्रमण गरेमा सजिलै कब्जा गर्न सक्थ्यो । तर समयलाई ठूलो महत्व दिएर पृथ्वीनारायण शाले ठूलो सहासकासाथ राष्ट्रिय एकीकरणमा सामेल भए । हिमवतखण्ड भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो । यसक्षेत्रमा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाह जस्तो सपूत यसक्षेत्रमा नजम्एिका भए यो क्षेत्रको अस्मिता उसैबेला गुमिसक्ने स्थिति थियो ।
यो देवभूमिमा वैदिक सनातन हिन्दुहरुको बसोवासो भएको र नेपाल नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा व्यापक भइसकेकाले विशाल नेपालको एकीकरणमा पृथ्वीनारायण शाहलाई सजिलो पनि हुन गएको थियो । नेपालको एकीकरणपछि सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाकोरुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गएको थियो । एउटा हिन्दु राजा यो क्षेत्रको अस्मिता बचाउन सशक्त भएर अगाडि बढेकाले यसक्षेत्रका जनता तथा सबै जाति र समूहले आत्मसाथ गरेका थिए । ‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया‘ भन्ने पृथ्वीनारायण शाहको दिव्यउपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराइरहेको छ । २६० बर्ष अगाडि पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्‘ भन्ने पृथ्वीनारायण शाहको कति दुर्ददर्शी थिए भन्ने कुरा अहिले छिमेकीहरुको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवीत कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए । यसकुराले नेपाल अधिराज्यका सम्पूृर्ण धर्म, जाति र यसक्षेत्रको परम्परालाई शिरोधर गर्न सकेको बोध गराउँछ ।
पृथ्वीनारायण शाहको समयमा जनताका घर–घरमा बिवाह कार्यक्रममा सम्राज्यवादीको बिरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रसस्ति गाउने गरिन्थ्यो । ‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलीविराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल जित्न भनी चले, राना–मगर, गुरुङ, कुवर, पाध्ये, बोहोरा, अर्याल, खनाल,पाँडे, भूसाल आदि साथमा चले । हतियार पाइन चढाए, खुकुरी, खुँडा, खुर्पा, भाला, छुरी, कटारी, तरबार, बन्दुक मलिमलाउ, झकिझकाउ भए । सिंदुर जात्रा गर्दै सिपाइर्, गोर्खाली फौज चले । दम् कि दम् दम् कि दम् । महाराजका साथ चोपदार चले, खरदार चले, सुबिदार चले, जम्दार चले, हवल्दार चले, गालब्दार चले, बावागाजा चले, घोडा चले, तोडा चले, हस्ती चले, मस्ती चले,जर्नेल चले, कर्नेल चले, कप्तान चले, लेफ्टेन चले, पिउठ चले । बिकुलका स्वरमा पल्टन चले । दम् कि दम् दम् कि दम् । तोप चले, बमगोला चले,सोला चले, गोला चले, खजना चले, डोली चले, पाल्की चले, म्याना चले, केटी चले, दुनियाा चले । विक्रम संवत् १८२५ भाद्र सुदी १४ रोज १ का दिन श्री ५ पृथ्वीनारायण शाहको नेपाल जित्ने साहितमा गद्दीसीन गराए । जयप्रकाश मल्ल उतैबाट पाटन आया । कान्तिपुर, पाटन, भाँदगाँउ गार्खालीले हात लाए । तहदेखि रस्ती रासाई, बस्ती बसाई, मीठा खाई, राम्रो लाई, सबैले हाई हार्इृ गाई, बढाई बस्ती भए । भोट, दिल्ली, किल्ला–काँगडा, लंका–पलंकामा चल्दै श्री पशुपतिनाथ, गुह्यकालीसँग जीतबाजी मागे । उँधो गंगाको साँध, टिष्टामा गई खाँडो पखाली, बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!! श्री पशुपति, गुहेश्वरी, गोरखानाथ, मछेन्द्रनाथ, भैरवनाथ, दक्षिणकाली, बज्रगोगीनी, चार नारायण,नवदुर्गा भगवतीको शरण पाई बैरीले छोडे प्राण । बैरी (कुइरे)को टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!!
‘नुवाकोट विजयपछि कान्तिपुर, भक्तपुरका राजाहरुले गोर्खाको सेनालाई हराउन कान्तिपुरको सेनाले पछाडिबाट, भक्तपुरको सेनाले बीचबाट र ललीतपरको सेनाले अगाडिबाट आक्रमण गरे । ठूलो लगाई भयो । अथक प्रयत्न, साम,दाम, दण्ड,भेदको नीतिले कीर्तिपुर विजयपछि कान्तिपुर विजय गर्न बाटो खुल्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाली सेनाले उच्च मनोवल राखेर कीर्तिपुर विजयपछि आर्थिक नाकाबन्दी हटाएर आवश्यक सामाग्री उपलब्ध गराउने कार्य भएकाले कान्तिपुरका जनता पनि भित्रभित्रै गोर्खाको समर्थक बन्न लागेका थिए । पृथ्वीनारायण शाहको नीति थियो कि आफूले विजय गरेका राज्यका जनताको भलो गर्नु । कान्तिपुर कब्जा गर्नको लागि पृथ्वीनारायण शाहले अपनाएको नीति बारेमा बाबुराम आचार्यले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीको तेस्रो भागमा लेखेका छन–‘कान्तिपुरका राजा, भारदार, प्रजा, सबै इनद्रजात्राको उत्सव मनाउन नाचगान तमासामा ब्यस्त हुने हुँदा गोर्खालीहरुले त्यसै अवसरलाई उचीत समय ठानी आक्रमण तयारी गर्न थाले । जयप्रकाश मललको हिम्मत जाँच्न विक्र संवत् १८२५ आश्विनमा कान्तिपुर शहरको उत्तरतर्फ पर्खाल बाहिरतर्फ पर्ने ठमेल टोल माथि आक्रमण गर्न सैनिक पठाउँदा पनि जयप्रकाश मलले फौजलाई धपाउन कुनै प्रयास नगरेकाले गोर्खालीहरुको हिम्मत अझ बढ्यो ।
पृथ्वीनारायण शाहले कान्तिपुरका भारदार तथा जनतालाई पनि उनीहरुको धनजनको सुरक्षा गरिदिने वचन दिई कुटनीतिक तरिकाबाट आफ्नो पक्षमा मिलाए । गोर्खालीहरुद्वारा कान्तिपुरको घराउ गरी विकट परिस्थिति बनाएको हुँदा इन्द्रजात्राको चाड मनाउने वा नमनाउने संवन्धमा जयप्रकाश मल्लले भारदारहरुसँग सल्लाह गरे । अन्त्यमा जात्रा भव्यताकासाथ मनाई कुमारीदेवीको शक्तिले शत्रुलाई लखेट्न सहजै सकिन्छ भन्ने विश्वास लिएर उक्त चाड भव्यताकासाथ मनाउने निश्चित गरे । शहर वरिपरि रहेका पर्खालका ढोकाहरु भित्रबाट बलियोसँग बन्द गरी नगरकोटी सैनिकहरु राख्ने प्रवन्ध मिलाएर उत्सव मनाउने थाले । उक्त चाड आश्विन ९ देखि १६ गतेसम्म मनाइने योजना थियो जस्मा कुमारीको रथयात्रा पनि घुमाइन्थ्यो । ज्योतिषी कुलाननद ढकालको साहित अनुसार विक्रम संवत् १८२५ आश्विन १३ गतेको राती ३ बजे कान्तिपुर दरबार माथि आक्रमण गर्ने याजना भयो । पृथ्वीनारायण शाहले गोर्खाली फौजलाई तीन तीन भागमा विभाजन गरी पूर्व, पश्चिम, उत्तरतर्फबाट आक्रमण गर्ने योजना मिलाए । यसअनुसार टुँडिखेल भीमसेनस्थान र नरदेबीबाट आक्रमण गर्न सम्पूर्ण प्रवन्ध मिलाई निश्चित साइतमा आक्रमण गरे ।
गोर्खालीहरुले हनुमानढोका राजदरबारमा अधिकार गरेपछि रिक्त राजगद्दीमा पृथ्वीनारायण शाह विराजमान भए । उनले भाइ–भारदार तथा सेना पठाई कोहिटीबाट कुमारीको रथ यात्रा यथावत रुपमा चलाउने आदेश दिनाकासार्थ कुमारी देवीलाई विधिपूर्वक पूजा गरी टिका तथा प्रसाद ग्रहण गरेकाले कान्तिपुरे जनताहरु ज्यादै खुसी भए । उनले कान्तिपुरका जनताको नेवारी संस्कृति तथा परम्परालाई मान्यता दिएकाले जनताको दृष्टिमा जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहमा केही अन्तर भएन । ‘बिहान उज्याले भएपछि मात्र कान्तिपुरका सर्वसाधारण जनताले आफूलाई गोर्खाली राजाको प्रजा भएको चाल पाए । पृथ्वीनारायण शाहले जनताका घर–खेत, बिर्ता, गुठी सबै थमौती गरी सबैलाई निश्चित रहन झयाली पिटाए । कान्तिपुरका जनताले पनि नयाँ राजाको भव्यता तथा हार्दिकता साथ स्वागत गरे, विभिन्न बाजागाजाका साथ हर्ष बढाई गरे । सर्वत्र जयकार भयो, साँझमा पत्येक घरमा दिपावली गरे । पृथ्वीनारायण शाहले कान्तिपुर विजय भएकै दिन अमरसिंह थापा –बाघ भीमसिंह र रामकृष्ण कुँवरलाई सरदारको पगरी पहि¥याए । यसरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनको समयका योद्धाहरुको यथार्थ घटनाहरुको खोज गरेर इतिहास निर्माणमा शिरोमणि बाबुराम आचार्यले खोज अनुसन्धान प्रस्तुत गरेका थिए ।
पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्लको सहयोगार्थ कर्नेल किल्लोकको नेतृत्वमा आएको आएको २४०० सय अंग्रेजी फौजलाई सिंधुलीबाटै डाडो कटाएको थियो । अंग्रेजी फौज आक्रमण गर्न आउन लागेको कुरा सिंधुलीबाट रामचन्द्र प्रसाईले पृथ्वीनारायण शालाई पत्र लेखेर पठाएका थिए । त्यही पत्रको आधारमा रामचन्द्रलाई उतिउत्तर पठाई आफ्ना सेनापति रामकृष्ण कुँवर र अन्य फौज पठाइएको थियो । सिंधुलीबाट अंग्रेजी फौज उकालो लाग्न थाले पछि जय नारायण मगर लगायत गोर्खाली फोज्ले अंग्रजी फौज लखेटेका थिए, जस्मा केही मारिए, केही औलोके जरोबाट मरे, अरु केही भागेका थिए । त्यसपछि काडमाण्डौमा आक्रमण गर्न मिरकासिमको नेतृत्वमा आइलागेका मुस्लिम फौज र अंग्रेजी फौजको षडयन्त्रलाई मकवानपुरगढीबाटै वीर गोर्खाली सेनाले लखेट्ने काम गरे । यता जयप्रकाश मल्लको समयमा कान्तिपुरमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्र्ने पादरीहरु ‘ब्यापारको साथ बाइबल र बाइबलको साथ तरबार‘ भन्ने उक्ति पृथ्वीनारायण शाहलाई जानकारी भइसकेको थियो । कान्तिपुर, भक्तपुर, ललीतपुर विजय हासिल गरिसकेपछि मकवानपुरहूँदै टिष्ठासम्मका सेनबंसी हिन्दुपति राजाहरुका राज्यहरु पृथ्थीनारायण शाहको अधीनमा आए । त्यसपछि बाइसी, चौबिसी हुँदै पश्चिम कुमाउ, गडवाल हुँदै पश्चिम पश्चिम काँगडासम्म नेपाल अधिराज्यमा गाभिएको थियो । नेपालको एकीकरणको सन्दर्भमा पश्चिम देशरादूत, काँगडा, सीमलासम्म पुगेका सेना प्रमुख अमर सिंह थापाको निर्र्देनमा केदारनाथको मंदिर नेपाली कालिगढबाट भएको थियो । राष्ट्रिय एकीकरणको युद्धको बेलामा पनि आफ्रनो धार्मिक मान्यता र हिन्दु देव देवीप्रति नेपाली सेनामा कति संवेदनशीलता देखिन्छ जुन परम्परा अध्यावधी सेनाले कायम गर्न सकेको छ । नेपालको विशिष्ट पहिचान र विश्वकै प्राचीन सेनाको रुपमा नेपाली सेना स्थापित संगठन हो ।
नेपालको सैनिक इतिहासको प्रारम्भ प्राचीन अथवा लिच्छविकालबाट हुँदैआएको देखिन्छ । मध्यकालको एतिहासिक घटनाहरुलाई केलाउदा राष्ट्रिय सेनाको लामो इतिहास छ । विभिन्न समयमा राजनीतिक उथलपुथल हुँदा विभिन्न प्रकारका स्थायी र अस्थायी सेना राख्ने नीति अपनाएको पाइन्छ । एकपछि अर्को राजबंश अर्थात गोपाल, महिसपाल, किरात, लिच्छवि, ठकुरी, मल्ल तथा शाहबंशका शासकहरुले नेपाल माथि विजय प्राप्त गर्दा थुप्रै प्रकारका युद्धहरु भएका थिए । तत्कालीन प्रशासनको संचालनमा पनि विभिन्न समयका बिद्रोह दबाउन सैनिक कारवाही भएको थियो । बाह्य शक्तिहरुको बारम्वार आक्रमण हुँदा नेपाली सेना सँधै सक्रिय रहेको थियो । लिच्छवि राजा धर्मदेवपछि उनकै छोरा मानदेव प्रथम राजा भएको लगत्तै मानदेवका बाबुपक्षका पूर्व र पश्चिमका सामन्तहरुले बिद्रोह गरेको इतिहास छ । १६औं शताब्दिदेखि १८औं शताब्दिको शुरुसम्म भारतमा शासन गर्ने शक्तिशाली मुगलहरुले प्रसस्त मात्रामा विभिन्न थरिका सेना– पहिदल, घोड सवार, हात्ती, नाविक आदि स्थायी सेना तैनाथ गरेका थिए । लिच्छविकालपछि पूर्वमध्यकालमा नेपाल मण्डलमा पनि वाह्ये आक्रमण भइरहने भएकाले स्थायी सेना तैनाथ गरिएका हुन्थे । बढी सेना आवश्यक भएमा तिनीहरुले घरैपिच्छे मानिस जम्मा गरी युद्धमा लैजाने प्रचलन नैं रहेको थियो । सैनिक संगठनको दृष्टिले हेर्दा प्राचीनकालदेखि मध्यकालको अन्तसम्म सबै राज्यका सेनाहरुले सर्वोपरी सेनापतिको रुपमा राजाहरु नैं रहेको पाइन्छ । राजा र युवराजाहरुले सेनाको नेतृत्व समालेको कारणले युद्धकलामा र वाह्य आक्रमण हुँदा सेना निक्के हौसिएको र वीरतापूर्वक लडेका हुन्थे । प्राचीनकालमा लडाइमा जानु अघि साहित हेराइन्थ्यो । धार्मिक विधिबाट पूजापाठ संकल्प गर्ने गरिन्थ्यो । त्यसैले सेनासँग धर्म–संस्कति र परम्परा एक अर्काको अभिन्न अंग बन्दै आएकोछ । प्रारम्भदेखि नैं सेनाको संरक्षण, संवर्धनमा राजाहरु पछि सेनापतिको स्थान रहेको पाइन्छ ।
देशलाई बचाउने एक मात्र वैधानिक संस्था नेपाली सेना नैं हो । नेपाली सेनाबाट भएका योगदानहरुको इतिहासका पानाहरुमा स्वर्ण अक्षरले लेखिएका छन् । नेपाली सेना नेपाल र नेपाली जनताको एक विश्वासप्राप्त संस्था हो । नेपाली सेनाले सदासयता राष्ट्रघाती अपराध गर्ने पक्षमा कहिले रहँदैन । नेपाली सेना एक मात्र सार्वभौम नेपालको जिम्मेवार संस्था हो । जर्नेल आदित्य शम्सेरले खम्पाकाण्ड समाप्त गरेर अमेरिकीहरुको षडयन्त्रलाई समाप्त पारिदिएका थिए । नेपाली सेना प्रमुख वा नेपाली सेनाका कुनै अधिकृतले कसैको पारामा लागेर राष्ट्रघात गर्न खोजेमा त्यस्ताहरु कर्तव्यपरायण देशभक्त नेपाली सेनाहरुबाटै कारवाहीमा पर्न सक्छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पालादेखि साम्राज्यवादी शक्तिसँग लड्दै आएको नेपाली सेनाले देशको सार्वभौमसत्ता कसरी बचाउनु पर्छ भन्ने कुरा सबै बुझेको छ । हामीलाई विश्वास छ– नेपाली सेनालाई कुनै पनि राष्ट्रघातीले प्रयोग गर्न सक्तैनन् । देशभित्र अराजकत्ता सिर्जना भएर राष्ट्र छिननभिन्न हुने अवस्था देखिएमा राज्यका स्थायी अङ्गहरु– अदालत, सेना, प्रहरी प्रशासनले प्रचलित कानून बमोजिम अर्को व्यवस्था बमोजिम देशलाई निकास दिने भएकाले राज्यका अङ्गहरु देशको अधोगति हुन लागेको टुलुटुलु हेरेर बस्नु अर्को ठूलो गल्ती हुनेछ । नेपाली सेना तथा राज्यका स्थायी अङ्गहरुलाई राज्यले उपलब्ध गराएका तलव, सुबिधाहरु देश डुबाउने राष्ट्रघातीहरुलाई सुरक्षा दिने होइन, परेकोबेला देश बचाउनु हो ।
वलभद्रसँग अंग्रेजले आफ्ना मरेका सेनाहरुको लाश माग्न पठायो । नेपाल अंग्रेज युद्ध समाप्त भएपछि नेपाली सेनाको वीरता र धैर्य शाहसको प्रसन्सा गरेर वलभद्रको अंग्रेजले स्तम्भ खडा गरका थिए जुन अहिलेसम्म देख्न सकिन्छ । विशाल नेपालको एकीकरण भएको अवस्थामा पृथ्वीनारायण शाहको देशवसानपछि पनि नेपाली सेनाहरुको मनोवलमा कुने कमी आएको थिएन । नेपाली सेनाको वीरताको इतिहास यसरी छोटकरीमा बर्णन गरेर सकिदैन । वि.सं.१८४९ चैत्र शुक्लमा नुवाकोट भैरवीको ताम्रपत्रमा उल्लेख भएको वाक्यांशमा उल्लेखछ–“भैरवीको ठूलो भक्तिभावले असलबुद्धि प्रकट भएका यी बहादुर शाहले यी बालक राजालाई काखमा राखी चलाएको बेलामा गंगा साँध लागेको” भन्ने कुराले विशाल नेपालको चित्रण हुन्छ ।
भीमसेन थापाको उदय पश्चात सैनिक प्रशासनमा आमुल परिवर्तन र बसोवासको व्यवस्था आदि भएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानमा सबै जाति र भाषा, संस्कृति, परम्पराको संरक्षण र प्रोत्साहन गर्दै राज्य बिस्तारको आरम्भ गरेका थिए । सबै जाती, भाषभाषीहरुलाई एक नेपाली जातिको रुपमा नेपाली सेनाले मान्दै आएकाले सैनिकभित्र जात–भात, छुवाछुत प्रथाको मान्यता रहेन । सेनाले राजनीतिक स्वार्थबाट अलग र पेशागत धर्मबाट निस्वार्थ व्यवसायिक मर्यादा पालना गर्दै कर्तव्यनिष्ट संगठनको रुपमा रहलै आएको अवस्थामा सन् १८१६ मार्चमा सुगौली–संधिले वीर सेनाको भूमिका विस्तारमा अंकुश लगायो । नालापानीमा त्यसबेलाको पराजयको मूल कारण सेना होइन मुलुकभित्रका राजनीतिक अस्थिरता, भारदारी द्वन्द आन्तरिक कलह नैं थियो । माथवरसिंह थापाले सेनालाई पाश्चात्यकरण गर्ने नीति अंगालेका थिए । एकपल्ट हारेका अंग्रेजहरुले, दोस्रोपल्ट नालापानीगढीमा ६०० गोर्खालीहरुसँग मुकाविला गर्न अंग्रेजको तर्फबाट ३७ हजार हिन्दुस्थानी र १०० गोरा फौजका साथै ५३नौं रिजिमेन्ट २ कम्पनी, गोर्खा सैनिक तयार गराएका थिए । अन्नपानीबाट बन्चित नेपाली सेनाले अंग्रेजसँग निरन्तर युद्ध ग¥यो, अंग्रेजसँग झुकेन । रुाष्ट्रिय एकीकरणको लडाईमा सैनिक योद्धा बुढा भक्ति थापाको देशवसान भयो । वीर सपुतले वीरगति प्राप्त गरेता पनि गोर्खाली फौजको मनोवलमा कुनै कमी आएन । ब्रिटिस सेनाले सैनिक सम्मानकासाग भक्ति थापाको अन्तिम सलामी दिएका थिए । अलमोडाको लडाईमा अमर सिंह थापा, श्रणजोर सिंह थापा, बम शाहहरुको त्यसबेलाको सहासिला कदमलाई नेपाली सेना मात्र होइन, कुनै पनि नेपालीहरुले बिर्सन सक्तैनन ।
लिगलिगकोट नेपाली सेना स्थापनाको पहिला किल्ला हो । त्यसपछि पृथ्वीनारायण शाहका पालामा नेपाली सेनाको पहिलो संगठनात्मक सैनिक संरचनाका अङ्ग स्वरुप पाँच कंपनी खडा गरिएको थियो । दक्षिण भारतमा साम्राज्य स्थापित गरेर बसेको इष्ट इण्डिया कंपनीले भारतबर्षमा हिन्दूहरु माथि आक्रमण गरेर हिन्दुत्व समाप्त गरेर इसाईकरण गर्न लागिरहेको स्थितिमा गोर्खा लगायत हिमवतखण्डको यो क्षेत्र नैं इष्ट इण्डिया कंपनीबाट असुरक्षित हुने देखेर गोर्खाका राजा पृथ्वीनारायण शाहबाट हिमवतखण्डका स–साना हिन्दु राज्यहरुलाई एकीकृत गरेर यसक्षेत्रका हिन्दुहरुको अस्मिता कायम राख्न नेपाली सेनाको अगुवाईमा विभिन्न जातजातिहरुको सहयोगमा नेपालको राष्ट्रिय एकीकरण गर्न सशक्त भूमिका अदय गरेका थिए । त्यसपछि नेपाली सेनाको हकमा सिंहप्रताप शाह, रणबहादुर शाह लगायत भीमसेन थापाको समयमा नेपाली सेनाको गण र गूल्महरुको स्थापना गरिएर नेपाली सेना शक्तिशाली रुपमा स्थापित भएको थियो । पृथ्वीनारायण शाहबाट हिमवतखण्डका ५४ जति हिन्दु राज्यहरुलाई एकीकृत गर्र्ने अभियानको सन्दर्भमा उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुर बहादुर शाहले मूलुक मात्र जिेतेका थिएनन् उनले मुलुकमा राम्रो बन्द्योबस्त समेत मिलाउन सकेका थिए । बहादुर शाहले हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरुलाई शकभर लडाई नगरी आश्रित राज्य बनाउने नीति लिएका थिए । यसनीतिको फलस्वरुप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाड, गढवालसम्मका इत्यादि अनेक राज्यहरु नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका थिए । अहिले भारतमा रहेको धामहरु केदारनाथ, बद्रीनाथ पनि बहादुर शाहको एकीकरणको समयमा विशाल नेपालमा समाहित भएका थिए । यो हिसावले यमुनासम्म साँध भई सिरमोढसँग संन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो । बहादुर शाह जन्मेको बेलामा पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो, जहा काजी कालु पाण्डेको कीर्तिपुरको लगाईमा मारिएकाले परिस्थिति तनावपूर्ण थियो ।
बहादुर शाह पृथ्वीनारायण शाह शाहको राष्ट्रिय एकीकरणलाई मूर्तरुप दिलाउन आफू सँधै समर्पित रहेका थिए । यिनले पृथ्वीनारायण शाह स्वर्गीय भएपछि आफ्रना पिताको एकीकरण अभियानमा नेपाल अधिराज्यको भूभाग करिब तेब्बर बनाउन सकेका थिए । पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा बहादुर शाह १८ बर्षका थिए । प्रचापसिंह शाह स्वर्गीय हुँदा उनी २१ बर्षका थिए । महारानी राजेन्द्रलक्ष्मीको देशवसान हुँदा उनी २८ बर्षका थिए । उनको नायबी २८ बर्षदेखि ३७ बर्षसम्म ९ बर्ष चल्यो । उनको बिवाह २९ बर्षमा भएको थियो । पृथ्वीनारायण शाहबाट हिमवतखण्डका ५४ जति हिन्दु राज्यहरुलाई एकीकृत गर्र्ने अभियानको सन्दर्भमा उनको स्वर्गारोहणपछि बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुर शाहले युद्धमा सेनाको लागि नयाँ नयाँ हतियार र तोपहरु बनाउन बहादुर शाहले ठूलो योगदान गरेका थिए । बहादुर शाहले आफ्रनो नायवीकालमा सेनापति रामकृष्ण कुवर लगायतका भारदारहरुलाई संतुष्ट राखेकाले उनीप्रति भारदारहरु प्रसन्न थिए ।
त्योबेला तिब्बतलाई तयसबेला भोट भनेर चिनिन्थ्यो । नेपाललाई थाहा थियो कि तिब्बतको आड चीन नैं थियो । भोटका प्रथम दलाई लामाको नियुक्ति विक्रम संवत् १४७६ मा चीनबाटै भएको र त्यसपछिका अहिलेसम्म तिब्बतमा निर्वासित दलाई लामा समेत १३ दलाई लामाहरु भई सकेका छन् । दलाई लामा भीक्षु भएकाले विबाह हूँदैन र दलाई लामाको अवतार खोजेर साना बालकलाई गद्दीमा राख्ने चलन थियो । त्यस समयमा तिब्बत चीन कै अधीनमा थियो । भोटसँग कुनै झगडा भयो भने नेपालले चीनको बिरोध गरेको जस्तो हुन्थ्यो । त्यसैले चीनसँग समझदारी राख्नु बहादुर शाहको सफल कुटनीतिक थियो । तर तिब्बतमा मल्लकालदेखि चल्दै आएको चाँदीका टक चल्थे । चाँदीका टकमा ताँमा मिसाएर भोटमा टक पठाउने पनि गरिन्थ्यो । तर यसबाट भोटसँगको मित्रतामा कुठराघात हुने देखेर पृथ्वीनारायण शाहका पालादेखि नैं चोका चाँदीका टक भोटमा पठाउने गरेको थियो । तर पहिलाका ताँमा मिसाएका टकहरु पनि भाटमा जाँदा रहेछन् । यसले गर्दा दुई देशको ब्यापार बिग्रन थाल्यो र संवन्धमा पनि चीसोपन आउन थालेको थियो । भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउन बहादुर शाहले चाहना थियो । तर भोटको बाटो चीनमा चिठ्ठी पुग्न पाएन । त्यसबेलामा दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए । तर काठमाण्डौंबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाई भयो र नेपालको जीत भयो । त्योबेला सिक्किमले नेपालको आधिपत्य स्वीका¥यो । सिक्किममा आफ्नो हार भएपछि दलाई लामा टसी लामाले चीनसँग सहायता मागे । चीनबाट सातहजार सेना भोटको सहायताको लागि आयो । नेपालको राजधानी काठमाण्डौं दखल गर्ने सोचमा चीनियाँ फौज सक्रिय भयो ।
विक्रम संवत् १८४९ असारमा चीनिया फौजसँग घमासान लडार्ई भयो । दुई सय चीनिया र तीनसय नेपालीले वीरगति प्राप्त गरे । केरुडमा चीनको दखल हुन पुग्यो । नेपाली फौज रसुवाको धुन्चेमा थियो । चीनियाँसँग भिड्न बहादुर शाहले राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिई धेन्चे पुगे । चीनियाँसँग मुडभेट भई घमासान लडार्ई भयो । चीनिया फौज १५०० मरे र अरु भागेर फर्के । त्यसपछि चीनिया पक्षले संधिको कुरा उठाए । त्योबेला नेपाली फौज ५०० हताहत भए । बहादुर शाहको मित्रवत् कुटनीतिको कारणले चीनसँग संधि भयो । चीनसँग संधि भएपछि चीनका बादशाहकहाँ नेपालबाट पाँच बर्षमा राजदूत जाने व्यवस्था भयो । त्यस संधिमा शस्त्रधारी सैनिक बाहेक नेपालका प्रत्येक नागरिकलाई भोट, च्निका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, ब्यापार गर्ने अनुमति प्राप्त हुने, नेपाल भोट कुनैले अर्काको जमीन दखल गर्न खोजेमा दुबै देशका सरकारी प्रतिनिधिहरुले पेकिड दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने, विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ, चीनले नेपाललाई मैत्रीपुर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिड आउँदा जाँदा प्रत्येक किसिमको सुबिधा हुने प्रवन्ध मिलाउने छ भन्ने संधिमा उल्लेख भयो । चीनका बादशाहले नेपालका राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालको तर्फबाट चीन्को बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो । नेपालको इतिहासमा चीनसँग संधि गर्ने पहिलो बहादुर शाह नैं हुन् ।
एकीकृत विशाल नेपालको अनेकौं आपत–विपत, संघर्ष र षडयन्त्र भोगेर एकीकृत भएको विशाल नेपाल माथि अंग्रेजी साम्राज्यले ्रनो कब्जामा राख्ने अनेकौं षडयन्त्र गरिरह्यो । आखिर अनेकौं निहु खाजेर युद्ध गरिछाडयो । आखिरमा वीर अमर सिंह थापा लगायत अनेकौं वीर योद्धाहरु अंग्रेजलाई लखेट्न लागिपरिरहेको अवस्थामा थियो । अंग्रेजको पनि दानापानी सकिउको हुँदा उनीहरु पनि कमजोर अवस्थामा थिए । तर पनि नेपाली फौजलाई धम्क्याएर आक्रमक देखिन्थ्यो । त्योबेला बडो षडयन्त्रकासाथ दरबारबाट निस्काशित भएका गजानन्द मिश्र र चन्द्रशखर उपाध्यायले भारतको मुजफ्फरपुरमा १२।१२ बिघा जग्गा लिएर आफूहरु राजाको प्रतिनिधि हौं भन्दै अंग्रेजले तयार गरेको घातक सुगौली संधिमा हस्ताक्षर गरिदिए । त्यसपछि मारिन्छ भन्ने डरले उनीहरु उतै बसे । त्यसबेला सुगौली संधिको घनघोर बिरोध भयो । संधिको समर्थन गराउन अंग्रेजहरुले धम्की दिन थालेपछि असंतुष्ट हुँदाहुँदै पनि मेचीदखि टिष्टासम्मको अंग्रेजले कब्जा गरेको भूभागको संवन्धमा प्रतिबर्ष नेपाललाई दुईलाख बुझाउने र अंग्रेजले नैं उपभोग गर्ने शर्तमा नेपालको भूभाग अंग्रेजले लिजमा लिएर संधि भएको थियो । पछि लखनाउको नबाब र अंग्रेजबीचमा झगडा हुन थालेपछि अंग्रेजले नेपालसँग सहयोग मागेको र त्योबेला जंग बहादुरले लखनाउको नबाव बजिर शाहालाई हराउन अंग्रेजलाई दलबल सहित सहयोग गरेर नखनाउका मुसलमान बजिर शाहालाई हराएपछि अंग्रेज नेपालसँग संतुष्ट भएर सुगोली संधीमा गुमेको राप्तीदेखि महाकालीसम्मका भूभाग नेपालले फिर्ता पाएको थियो । ” The British East India Company would pay 200,000 rupees annually to compensate for the loss of income from the Terai region. Kathmandu was also forced to accept a British Resident.’
इष्ट इण्डिया कम्पनीको दबाबमा सुगौली संधि भएपछि पनि अंग्रेजी जासूसहरुले नेपालभित्र सताउन छोडेका थिएनन् । इतिहासमा एउटा दुःखद घटना यस्तो घटाइयो कि नेपाली सेनालाई नैं भडकाएर सेना मार्फत नैं राजा सुरेन्द्र राजगद्दीमा रहेका बेला नेपालको राजसंस्था हटाउने बेलायती जासुस्हरुले हदै ठूलो षडयन्त्र गरेका थिए । अंग्रेजसँगको युद्धपछिको कीर्ते सुगौली संधिमा राजासँग कुनै सरोकारै नराखी राजाबाटै स्वीकृती भएको प्रोपोगण्डा फिजाएर नेपालको एकतिहाई भूभाग खाने काम भयो । तथापि पछि राप्तीदेखि टिष्टासम्मको तराईको भूभाग अंग्रेजले फिर्ता गरेपछि वाध्यतावस दरबारको किचोला बढेको अवस्था भएकाले सुगोली संधि मानियो । त्यसपछि सन् १८४० जुन २१मा राजसंस्थालाई नेपाली सेनाबाटै समाप्त पार्ने षडयन्त्र रचियो । त्योबेला फौजी व्यवस्थामा पूर्ण–अव्यवस्था र असंतोष थियो । देशभक्तहरु छानी छानी हटाउने र भित्रभित्रै नयाँ भर्ना गर्ने काम भइरहेको थियो । यसैबेला राजालाई फसाउन अर्को षडयन्त्र रचियो । ‘सन् १८१५(१६मा अंग्रेजसँग युद्ध हुँदा ढिकुटीमा पैसा समाप्त भएको छ, फौजको बढाएको वेतन घटाउने, अस्थायी सेना हटाउने‘ भन्ने राजाबाटै ठुँडिखेलमा घोषण गराउनुपर्छ अनि आक्राशित फोजले राजालाई आक्रमण गर्नेछन्‘ भन्ने षडयन्त्रको तान बुनेर ढुडिखेलमा फौजहरु सामेल गर्ने उर्दी गराएर राजालाई बोल्न लगाइयो । उर्दी अनुसार टुँडिखेलमा उपस्थित उत्तेजित फौजहरुले हातहतियार फालेर बिद्रोह मच्चाए । अंग्रेजी दलाल प्रधानमंत्री पुस्कर शाहको घरमा आगो लगाइयो र साथै पाँच मंत्री भारदारको घर पनि ध्वस्त भयो । प्रहरी चौकी उडाए । तर त्यस्तो बेलामा फौजलाई संझाउन कोही पनि अगाडि सरेनन् । आखिरीमा राजा राजेन्द्रले भोलिपल्ट जुन २२मा फौजहरुको माग अनुसार काम गर्ने र फौजका अन्य समस्याहरुको पनि निराकरण गर्ने कुराको आश्वासन दिएपछि फौजहरु शान्त भएर फर्केका थिए । यस्तो छ– नेपाल माथि बिदेशीहरुको घीनलाग्दा षडयन्त्रहरु ।
यसबाट पनि अंग्रेजी जासूसहरुलाई चित्त नबुझे पछि वि.सं. १९०३ असोजमा हत्याको षडयन्त्र रचेर ज्रगबहादुरलाई अगाडि सारेर कैयौं राष्ट्रवादी सपूत अभिमान सिंहहरु जस्ता योद्धाहरु मराउने काम गराइयो । त्यसलाई कोतपर्व भनिन्छ । सारा अधिकार राजाबाट खोसेर अंग्रेजले उचालेकी रानी राज्यलक्ष्मीदेवीको हातमा हस्तान्तरण गराउने काम भयो । राजा अधिकारविहीन बनाइए । त्यसपद्धि १०४ बर्षसम्म जहानीयाँ राणा शासन कायम भयो । राणहरुको जहानीयाँ शासनकालमा राम्रा नराम्रा कार्यहरु धेरै भएका थिए । तर राणहरुको निरंकुश कालमा नेपालको सार्वभौमसामा आँच पु¥याउने र राजसंस्थालाई पाखा लगाउने कार्य राणाहरुले गरेनन् । जङ्गबहादुरको उदयपछि सन् १८७७ मा १३ पल्टन खडा गरियो । मिलिसिया फौजको गठन सन् १८७४देखि सेनाको आकारमा वृहत देखा प¥यो । राणाकालीन समयमा देशका लागि आवश्यकपर्ने हातहतियार निर्माण गर्ने कारखाना यही नैं खोलिएका थिए । सुन्दरीजल, गण्ठाघर, स्वयम्भू बारुदखानामा सैनिक प्रयोजनका लागि हातहतियार निर्माण हुन्थे । यसरी आवश्यकता अनुसार नेपाली सेनाको आधुनिकीकरण गर्ने कार्य भइनैं रह्यो । तर राणाहरुको निरंकुश शाशनको बिरुद्ध चार अमर सहीदहरु श्ुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालला श्रेष्ठहरुलाई राणहरुले झुण्डयाएर र गोली ठाकेर मारेपछि ती सहीदहरुको वलीदानलाई मूर्तरुप दिलाउन राजा त्रिभूवनको ठूलो योगदान छ । राजा त्रिभूवन २००७ साल कार्तिक २२ गते भारतीय राजदूताबासहुँदै दिल्ली पुगेपछि दिल्ली संझौता गराइन्छ । दिल्ली संझौता भन्दा अगाडि मोहन शम्सेरको शासन कायम राखिदिने सर्तमा २००७ साल साउन ११ गते सन् १९५० को नेपाल–भारत असमान सन्धि गराइसकिएको थियो ।
गोर्खाली सेनाको गौरवमय प्रतिष्ठालाई धक्का पु¥याउन राजा त्रिभूवन २००७ साल कार्तिकमा दिल्ली पुगेपछि दिल्ली संझौता गराएर नेपाललाई आफ्रनो प्रभावमा राख्न खोजेको देखियो । दिल्ली संझौताका राष्ट्रघाती बुँदाहरुमध्ये श्री ५ त्रिभूवनको सुरक्षा र सहयोगको लागि राजदरबार गेटमा नेपाली सेना, भित्र पञ्जाबी सेना र श्री ५ को प्रमुख सचिवको रुपमा राजदरबारमा गोविन्दनारायण सिंह, मंत्रिपरिषदको मुख्य सचिवमा भारतकै मुर्देश्वर, नेपालको कानूनी सल्लाहकारमा भारतकै आएंगार, नेपालको आर्मी हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंहलाई राखिएको थियो । २००८ सालतिर नेपालमा १८०० हजार सेना थिए । भारतका जर्नेल शारदानन्दनले अयोग्य सेना भनेर अनावश्क दश हजार सेना हटाएर ८००० मा सीमित गर्ने काम गरेको थियो । यसरी भारतले नेपालको सुरक्षार्थ हरक्षेत्रमा कब्जा जमाउन खोजेपछि भारतले नेपाल माथि कति दुष्ट दृष्टिकोण रहेछ भन्ने स्पष्ट हुन्छ । नेपाली सेना कमजोर पार्ने इतिहासको यो अत्यन्त दुःखद घटना थियो । त्यस्तै त्रिभूवन राजपथ भारतीय सेनाबाट निर्मित भएकाले भारतीय सेनाको बढ्दो दवदवा थियो । उत्तरी सीमानामा भारतीय सेनाको चेकपोष्ट खडा गरिनुले नेपालको अस्तित्व नैं संकटमा पारिएको थियो । भारतको यस्तो हस्तक्षेप भएपछि हरक्षेत्रबाट प्रश्न उठ्न थाल्यो– ‘नेपालको सार्वभौसत्ता नेपाल र भारतमा कहाँ निहीत छ ?
त्यस्तो अवस्थामा राजा त्रिभूवनबाट २०१० साल माघ ७ गते बिमारी अवस्थामा– ‘नेपालको व्यवस्थापिका, कार्यपालीका, न्यायपालीका अवदेखि श्री ५ मा नीहित रहेछ‘ भन्दै लामो घोषणा गरेर नेपालको सार्वभौमसत्ता बचाएका थिए । राजा त्रिभूवनको घोषणाको पूर्ण अंश गृष्मबहादुर देवकोटाबाट संकलीत ‘नेपालको राजनीतिक दर्पण‘ भाग १ को पहिलो भागमा उल्लेख छ । उक्त घोषणपछि दिल्ली संझौताको आडमा नेपाललाई भारतीयकरण गर्न भारतीयहरु लाखापाखा लागे । उत्तरी चेक पोष्टको नाममा मलाई लाग्छ– त्रिभूवन राजपथ निर्माणमा भित्रिएका भारतीय सेनाहरुकै ठफ्फा मध्येबाट १८ ठाउँमा भारतीय सेना भारतको सुरक्षार्थ राखिएको थियो । यस्तो भारतीय हस्तक्षेप र जवरजस्तीबाट मुक्त हुन विक्रम संवत् २०२६ सालमा कीर्तिनिधि बिष्ट प्रधानमंत्री भएको बेलामा राजा महेन्द्ले बीना सर्त हटाउने कार्य भएपछि नेपाल माथि फेरि भारतीय दातागिरि चल्न सकेन ।
संसारमा नेपाली सेनाको संसारमा ठूलो प्रतिष्ठा छ । गोर्खा फौज भनेर चिनिएको नेपाली सेनालाई विश्वका राष्ट्रहरुले सम्मान गर्छन् । दोस्रो विश्व युद्धको बेला जर्मनीका सम्राट काइजर उलियम दिद्वियले भनेका थिए– ‘म मेरा प्यारा सेनाहरु संसारमा जहाँ पनि पठाउँछु तर म गोर्खालीसँग डराउँछु । यदि कुनै मान्छे मर्नलाई डराउँदैन भने कि उसले ढाँटेको हुनुपर्छ नत्रभने त्यो गोर्खाली हुनुपर्छ । ओसामा वीन लादेनले भनेका थिए– ‘यदि मसँग गोर्खा भएको भए–अमेरिकालाई खाइृदिन्थे । जर्मनीका हिट्लरले भनेका थिए– ‘मसँग गोर्खा भएका भएका भए संसारका सेनाले मलाई हराउन सक्तैन थिए । एक पाकिस्तानी जर्नेलले भनेका थिए– ‘मसँग गोर्खाली सेना हुँदाहुनता मेरो डिनर नयाँ दिल्लीमा हुन्थ्यो । भारतका पूर्व सेना प्रमुख फिल्ड मार्सल सम मनेकसावले भनेका थिए कि वीर गोर्खाको सम्मान नगरी बस्न सकिदैन । यसरी नेपाली सेनाको विश्व प्रख्यातीको तथ्य हो– राजनीतिक रुपमा टठस्त रहनु र उसको एक मात्र उदेश्य हो– आफ्नो देशलाई खतरा परेको अवस्था ज्यानको बाजी थापेर देशलाई बचाउनु ।
शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघबाट निर्धारण गरिए अनसारका धेरै कार्यक्रमहरुमा नेपाली सेनाको शान्ति सेनाको डफ्फाले कार्यरत भएको छ । सन् १९५८को लेवनन्को गृहसंकटदेखि अन्तराष्ट्रिय क्षेत्रमा नेपाली सेनाले उल्लेखनीय योगदान पु¥याउँदै आएको हो । बेलायत, भरतमा गोर्खाली सेनाको नामबाट नेपाल चिनिएको छ । नेपाली सेना नेपालको सार्वर्भौमसत्ताप्रति वफादार रहिरहने एक स्थापित संगठन हो ।
दोस्रो विश्वयुद्धमा नेपाली सेनाबाट भएको योगदान विश्वभरी गोर्खा आर्मीको नाममा चिनिन्छ । २०७६ साल भदौंको अन्तिम साता ‘दोस्रो विश्वयुद्धका जिउँदो युद्धबन्दी बलबहादुर बस्नेत’ बारेको किताव विमोचान गर्ने भनेर पूर्व जर्नेल पे्रमसिंह बस्नेतबाट निमन्त्रणमा समयमा नैं आर्मी क्लवमा उपस्थित भएँ । अगाडि बस्नु भनेपछि म अगाडि बसिरहेको ४।५ मिनेटपछि एकजना बृद्ध आउनु भयो । उहाँलाई परैबाट डोहो¥याउदै अगाडिको सिटमा राख्न लागेको बेलामा पछाडिको सिटबाट म उठेर उहाँको अभिवादन गर्न पुगें । मैले नमस्कार भनेर के भनेको थिएँ–उहाँले ओः दीर्घराज प्रसाई, म तपाईलाई चिन्छु भन्दा म त आकाशबाट खसेको जस्तो भए । मैलेता पुरा बिर्सेको थिएँ । उहाँले मलाई भन्नु भयो– द्रोण शम्सेरको घर थापाथलीमा हाम्रो कति भेट्हुन्थ्यो । म त छक्क परेर सोधें– हजूरको शुभनाम ? उहाँले भन्नु भयो त्रिलोक सिंह थापा । मैले राम राम भनेर बोले ए हजूर त्योबेला २०३६।३७ सालतिर द्रोण शम्सेरजीको घरमा डीपी अधिकारी, हजूर, म, हिरालाल विश्वकर्मा बहुत लगभग हप्ता शप्तामा भेटिन्थ्यौं । डीपीजी, द्रोण शम्सेर, हिरालाल र म त्योबेला सांसद थियौं । जनमत संग्रहमा वूर्व झापादेखि बिरगञ्जसम्म पञ्चायती व्यवस्थाको पक्षमा जनतालाई संझाउन हामीहरु सक्रिय भएर हामी लागेका थियौं । त्योबेला त्रिलोकसिंह थापा पनि त्यही आउनु हुन्थ्यो । एु भगवान आज कसरी जुरेछ हाम्रोे भेट्न हुन ? शुरुमा मेरो सिटको पल्लाछेउमा सेतै कपाल फूलेको व्यक्ति देखें । उहाँ बुढो जस्तो लागेर सोधें– तपाई कतिबर्षको हुनुभयो ? उहाँले २०१६ सालमा जन्मेको भन्नु भयो । उहाँ त मभन्दा धेरै कान्छो हुँनुहुदोरहेछ । पछि त्रिलोकसिंह थापा आएपछि उहाँ पनि उहाँकै छेउमा पुग्नु भयो । यसो हेरें– त्रिलोक सिंहले मेरो छोरा भन्नु भयो । त्योदिन बितेका दिनको साहैं याद आयो । केहीछिनपछि कुप्रो अवस्थाका ९८ बर्षिय बलबहादुर बस्नेतलाई समातेर अगाडिको आसनमा राखियो । उहाँको नाममा मनक्षेत्री सागरले लेख्नु भएको पुस्तक विमोचन गर्ने कार्यक्रम थियो ।
विमोचित पुस्तक पढिसकेपछि यस्तो लाग्यो मानिसलाई कस्तो कस्तो खतरनाक परिस्थितिँग जुध्नु पर्दोरहेछ । आफ्रनो समर्पण र कर्तव्यपरायणताको आधरमा नेपाली सेना विश्वमा प्रख्यात छ । नेपाली सेना नेपालको सार्वर्भौमसत्ताप्रति वफादार रहिरहने एक स्थापित संगठन हो । दोस्रो विश्वयुद्धमा नेपाली सेनाबाट भएको योगदान विश्वभरी गोर्खा आर्मीको नाममा चिनिन्छ । दोस्रो विश्वयुद्धमा ब्रिटिस गोर्खामा भर्ना भएर भाग्यले बाँचेका ९८ बर्षीय बलबहादुर बस्नेत अझै बोल्न सक्छन् । जापानी फौजबाट कब्जा गरेर उनलाई युद्धबन्दीको रुपमा राखिएको थियो । कैयौं गोर्खा फौजलाई टाउकामा काठमा किला ठोकेर मारिएको उनकै आँखाले देखेको कुरा पुस्तुकमा प्रस्तुत छ । तर उनले जापानी फौजलाई हरतरहले सेवाभावनाले आफूलाई उभ्याए छन् । त्यसहिसावले उनले जापानी फौजलाई सेवा पु¥याएको प्रभावले बाँचेका रहेछन् । पछि अमेरिकाले हिरोसिमा र नागाशाखीमा एटमवम हानेपछि जापान हारेपछि उनलाई युद्धबन्दीबाट छोडेर जापानी फौज फर्केकाले बाच्न सकेका हुन् । उनी भन्छन्– जापानी सेना जस्तो क्रु्रर बेलायती सेना नहुँदोरहेछ ।
त्यस्तै जापानसँग युद्धमा भिड्दै रंगुन पुगेका मेरा चीरपरिपचत ९५ बर्षीय त्रिलोकसिंह थापालाई दोस्रो विश्वयुद्धका सबै घटना ताजा छन् । उनी पनि परिस्थितिले बाँच्न सकेका हुन् । उनी पनि परिस्थितिले बाँच्न सकेका हुन् । आर्मी क्लवको कार्यक्रममा त्रिलोकसिंह थापासँगभेट भएर धेरैबर्षपछि हामीले पुरानो आत्मीय संवन्धलाई उजागर ग¥यो । यसरी नेपाली सेनाका वीरहरुलाई भेट्दा आफूलाई गौरव लाग्छ । नेपाली सेनाले अत्यन्तै कठिन परिस्थितिमा पनि नेपालको छविलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उज्वल राख्न सफल भईरहेकोमा बिगत केही समयदेखि सेनामा विदेशीहरुको अनावश्यक हस्तक्षेप हुन लागेको अवस्थालाई बुझेर नेपाली सेनाले समयमा होसियारकासाथ नकार्न सक्नुपर्छ । सेनाहरु राष्ट्रको साझा सम्पत्ति हो र त्यसको रक्षा गर्नु हामी सबै देशवासीको धर्म हो ।
संसारमा क्रिस्चियन र मुस्लिम धर्मको आपसी भिडन्त चंकिदै छ । यिनीहरु आपसमा मेलमिलापको वातावरण सिर्जना गर्नेमा छैनन् । क्रिस्चियनधर्म मार्फत अमेरिकाले विश्वमा सम्राज्यवादी नीति अवलम्वन गर्ने नीति लिएको छ । विश्वमा चीनको बढ्दो प्रभाव र लोकप्रियता अमेरिकालाई मन परेको छैन । अमेरिका जसरी भएपनि चीनलाई टुक्रयाउनमा छ । यसमा भारतको पनि चासो मिल्न सक्छ । चीन र भारतको बीचमा नेपाल छ । भारतसँग नेपालको भौगोलिक तथा धार्मिक तथा सास्कृतिक संवन्ध मिल्दोजुल्दो भएकाले भारतमा भाजपाले नेपालको पक्ष लिनु पर्ने अवस्था छ । सोभियत रुस समाप्त गरेपछि अहिले चीन मात्र एक प्रतिद्वन्दी राष्ट्रको रुपमा अमेरिकाले देखेको छ । चीनको विश्वमा बड्दो ब्यापार र अनेकौं सस्ता उद्पादनको डाहाबाट अमेरिका ग्रसित छ । अमेरिकाको स्वार्थ हो– विश्वमा अमेरिकाको एकलौटी प्रभुत्व जमाउनु । यसको लागि अमेरिकाको स्रोत हो हिन्दु तथा मुसलमान राष्ट्रहरुमा सशस्त्र युद्ध चंकाउनु र इसाईकरण गर्नु । ठूला राष्ट्रहरुका यस्तो प्रकारका खतरनाक खेलबाट नेपाली सेना सँधै तठस्त रहनसक्नु पर्छ ।
नेपालको सन्दर्भमा काठमाण्डौंको महाराजगञ्जमा अमेरिकाले निर्माण गरेको विशाल राजदूतावासको घर नेपालको हितमा बनाइएको होइन । त्यो विशाल घरको लक्ष्य फ्रि तिब्बतको नाममा चीनको विखण्डन गराउने हो । नेपालका उत्तरतर्फ ठूल्ठूला गुम्वाहरु अमेरिकी सहयोगमा बनाएर नेपाली जनजातिका केटा–केटीलाई भिक्षुको तालीम दिलाएर दलाई लामाका फौज स्वरुप उत्पादन गरिरहेको छ । भारतको धर्मशालामा दलाई लामालाई ठूलो सुरक्षाकासाथ राखिएको छ । यसरी साम्राज्यवादी रोग बड्दै गयो र सीआईको बिरुद्ध फ्रि तिब्बतबाट मुक्त रहन नेपालमा लगानी गर्ने नाममा चीनको प्रवेश पनि नेपालमा भएको अवस्थामा अमेरिका र भारत पनि चुप लागेर बस्दैन । चीनको नेपालमा प्रवेश रोक्न नेपाल रणभूमि हुनसक्छ । त्यसपछि नेपाललाई नैं आधार ईलाका बनाएर तेस्रो विश्व युद्धको प्रारम्भ यहीबाट हुनसक्छ । वास्तवमा चीन नेपालको मित्र शक्ति हो । चीनबाट नेपाललाई खतरा हुँदैन । तर नेपाललाई आधार इलाका बनाएर अमेरिकाको सीआईएले अनेकौं षडयन्त्र गरेर मानव अधिकारको कुराबाट फ्रि तिब्बतको नाममा चीन टुक्रयाउने खेलबाट मुक्त हुन नेपालमा अत्यधीक चीनको लगानी भएको हो । यो यस्तो परिस्थिति हो कि अहिलेकै धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता खतरनाक नीतिका समर्थक नेतृत्वपक्ष नेपालमा रहिरहेको अवस्थामा चीनको प्रवेश नेपालको लागि अत्यन्त खतरनाक हुन जान्छ । त्यसैले यस्तो खतरनाक खेलबाट मुक्त रहन नेपाली सेनाले अन्तरराष्ट्रिय तनाब रोक्न र त्यसबाट मुक्त हुन साधै सचेत हुनसक्नु पर्छ ।
मलाई लाग्दछ– नेपालमा राजसंस्था र विश्वको एकमात्र हिन्दु अधिराज्यको रुपमा चिनिएको नेपालको हिमाल, पहाड, तराईबीचमा एकता र भात्रित्वको आधारशीलाको रुपमा स्थापित सार्वभौमसत्ताका स्रोतहरुलाई विदेशीहरुको इशारामा नेपालका पार्टीका नेताहरुले विस्थापित गरेकाले नेपालको अहिलेको अवस्था अत्यन्त खतरनामक अवस्थामा पुगेको छ । ती सम्पूर्ण खतराबाट मुक्त हुन र चीन, भारतसँग संतुलित संवन्धलाई सदार्विदा निरन्तरता दिलाउन नेपालको राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत रुपमा स्थापित गरिनु पर्छ यसो भएपछि चीनको नेपालमा जे जति लगानी गरेता पनि नेपालको लागि उपलब्धिमा परिणत हुन्छ । विदेशी हस्तक्षेपको मुकाविला गर्दै नेपालको संरक्षण गरेर यसको अस्मिताको संरक्षणगर्दै नेपालको भौगोलिक, जातीय तथा धार्मिक परिस्थितिको समन्वय र संतुलन गर्नसक्ने आधार स्तम्भ भनेको राजसंस्था नैं हो ।
नेपालको राजसंस्था विदेशीहरुको चम्चा पनि होइन र सामन्तवादको नाइके पनि होइन । यो चारजात छत्तिस वर्णको आधिकारिक संरक्षक हो । नेपालका राजाले आफ्नो लागि नेपाली जनतालाई तडपाएका घटनाहरु छैनन् । यदि राजाहरुप्रति कुनै आरोप लागेका छन् भने ती सबै परचक्रीहरुको डिजायन्बाट उठाइएका षडयन्त्रहरु मात्र हुन् । नेपालका तीन विशेषता छन् । १) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य । नेपालको सार्वभौगसत्ताको जगभनेको हिन्दु अधिराज्य, राजसंस्था र राष्ट्रिय एकीकरण भन्दा अगाथिदेखि नैं सम्पूर्ण जातीय भाषाहरुबीचको अन्तरजातीय भाषाको रुपमा स्थापित राष्ट्रभाषा नेपाली हो । यी तिनै स्रोतलाई समाप्त गरेर कसरी नेपालमा दिगो शान्ति र राष्ट्रिय अखण्डता कायम रहन सक्तैन । जुनसुकै राष्ट्रमा पनि जहाँ जे जति परिवर्तनहरु हुने गर्छन् त्यसको लक्ष्य हुन्छ त्यहाँको सार्वभोम स्वतन्त्रता बचाएर राख्नु । नेपाली सेनाको कर्तव्य हो कि नेपालको सांस्कतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सिर्जनात्मक बाटो हिड्नु ।
तर जति नैं फूलबुट्टा भरेर नेपाली सेनाको बारेमा लेखेता पनि २०६३ सालपछि नेपाली सेनाको अवस्था अत्यन्त कमजोर भएको छ । नेपालको अस्तित्व समाप्त हुन लाग्दा पनि टुलुटुलु हेरेर बस्ने, नेपालका दक्षिण तर्फका सीमाना मिचिएका छन्, लिप्पियाधुरा, लिपुलेक, कालापानीको विवादमा अहिलेसम्म नेपाली सेनाले कुनै चासो राखेको देखिएको छैन । अहिले सेनाको चिन्ह डमरु, त्रिशुल हटाउन सत्तासीनहरु लागेका छन् । हिजो पृथ्वीनारायण शाहको शालीक ढाल्नेहरुसँग नेपाली सेनाले हिमखिम बढाएर नेपाली सेनाको उद्गम र प्रतिष्ठा कसरी कायम भएको थियो भन्ने कुरा नेपाली सेनाले विदेशीहरुको आडमा बाँचेका २०६३ सालपछिका सत्तासीन कांग्रेस, एमाले, माओवादी र पछि एमाले–माओवादी संयसक्त भएर सरकारमा रहेको सरकारलाई पनि देशको सार्वभौमसत्ता, एकता खतरामा पर्न लागेको छ भन्ने कुरा नबुझाएर मात्र तलव खाने, शान्तिसेनाको कोटा पर्खेर विदेश जाने भन्नेमा मात्र नेपाली सेनाको अवस्था देखिएकाले अहिले यो ठूलो चिन्ताको विषय भएको छ ।
तर अव नेपाली सेनाले आफ्रनो इतिहास र महत्वलाई बुझ्नुपर्छ । स–साना हिमवतखण्डका राज्यहरुलाई अंग्रेजी सम्राज्यले आफ्नो कब्जामा पार्न लागेको बेला अंग्रेजी सम्राज्यको बिरुद्ध हिमवतखण्डका ५४ स–साना राज्यहरुको एकीकरण गरेर पृथ्वीनारायण शाहको नेतृत्वमा उसबेलामा विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा स्थापित महानतालाई हामी सम्पूर्ण नेपालीहरुले आत्मसाथ गर्नुपर्छ । नेपालमा ९५ प्रतिशत हिन्दु तथा बुद्धिष्टहरु र अन्य ॐकार परिवार समेत ९८ प्रतिशत छौं । तथापि यसक्षेत्रमा बसोवासो गर्दैआएका मुसलमान र अन्य अल्पमतमा रहेका धर्मवलम्वीहरु थिचिएर बस्नुपरेको छैन । नेपालका राजाहरुले इतिहासको प्रारम्भदेखि नैं सबै धर्महरुको समान संरक्षण गर्नेगरेका छन् । साम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जना गर्ने शाहवंशीय राजाहरु कहिले पनि विदेशीसँग झुकेनन् । नेपालको राजसंस्था राष्ट्रियताको मेरुदण्डको आधारशिला हो । राष्ट्रको मेरुदण्डको रुपमा स्थापित संस्थाको नेपाली सेना लगायत हामी सम्पूर्ण पक्ष र विचारधाराका नेपालीहरुले सम्मान गर्नसक्नु पर्छ । अव नेपालको सार्वभौमसत्ताको आधारशीलाको रुपमा स्थापित राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्य माथि आइपर्ने खतरामा नेपाली सेनाले ढाल बनेर नेपालको सांस्कृतिक र प्राकृतिक स्रोत र सम्पत्तिको संरक्षण गरेर युगयुगान्तरसम्म नेपाल सुन्दर शान्त विशाल रहिरहनु पर्छ ।
0 comment