बीपी कोइरालाको जन्म जयन्ती २४ भाद्र ! राजा र जनताको सम्बन्धलाई टुटाएर नेपालको अस्तित्व कायम रहन सक्तैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ ।

राजा वीरेन्द्र र बीपी कोइराला, २०३३ साल पौष १६ गते हवाई मैदानमा कालो कालो झण्डा देखाएर हवाइजहाजबाट उत्रिन नैं नदिने हंगामा मच्चाइयो । मलाई त्यो कार्यक्रम पटक्कै मन परेको थिएन ।

नेपाली कांग्रेस भनेको बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका वैचारिक धार हो । भारतको निर्वासनबाट राष्ट्रिय सहमतिको भावना लिएर २०३३ साल पौष १६ गते बीपी कोइराला, गणेशमान सिंह, केवी, गुरुड, शैलजा आचार्य, रामबाबु प्रसाईहरु नेपाल आएका थिए । त्यो दिन त्रिभुवन हवाई मैदानमा गाउँफर्कको आयोजनामा बीपी कोइरालालगायत सबै कांग्रेसी नेताहरु विरुद्ध कालो झण्डा देखाएर हवाइजहाजबाट उत्रिन नैं नदिने हंगामा मच्चाइएको थियो । मलाई त्यो कार्यक्रम पटक्कै मन परेको थिएन । म त्यस कार्यक्रममा सहभागी भइनँ । मैले भ्याएसम्म राजदरबारका सचिवहरुलाई राजनीतिक नेताहरु आफ्नो देश फर्किन खोजिरहेको अवस्थामा यसरी नचाहिंदो काम गर्नु राम्रो कुरा होइन भनेर जानकारी दिएको थिए ।

राजा वीरेन्द्रको निर्देशनमा त्यो दिन एरपोर्टमा तत्कालीन आईजीपी खड्गजीत बरालले पञ्चायत विरोधी राजनीतिक नेताहरुको सुरक्षार्थ प्रहरीको मोटर पठाएर त्यही मोटरबाट बीपी कोइरालाहरुलाई महाराजगञ्ज प्रहरी गेष्ट हाउसमा ससम्मान राखियो । त्यसपछि त्यहीबाट राजासँग राजदरबारमा भेटघाट गराई बीपी कोइरालालाई अमेरिकामा उपचारको लागि आर्थिक सहायताकासाथ पठाउने काम गरिएको थियो ।

राजा वीरेन्द्रले निर्दलीय पञ्चायत व्यवस्था विरोधी नेताहरुप्रति नकारात्मक नभएको कुरा यसबाट स्पष्ट हुन्छ । बीपी कोइराला अमेरिकाबाट फर्केपछि बेलायती राजदूतावासको राष्ट्रिय कार्यक्रममा मन्त्रीपरिषद, सांसदहरु, विशिष्ट कर्मचारी तथा बीपीसमेत आमन्त्रित भएको स्वागत समारोहको सभाकक्षमा बीपी केहीपर एक्लै बसिरहेको बेला म जुरुक्क उठेर नमस्ते गरेर भेट्न पुगें । उहाँ जुरुक्क उठेर सभाकक्षको बीचमा हामी दुबै उभियौं । आधा घण्टासम्म हामी दुबै मन खोलेर बार्तालाप ग¥र्यौ । त्यसबेला म सांसद थिएँ । त्यसभन्दा अगाडि विवाह कार्यक्रमहरुमा मेरो अरु भेट भइसकेको थियो ।

कुराकानीको सन्दर्भमा बीपीले सीके प्रसाईको धेरै तारिफ गर्नुभयो । मलाई भन्नु भयो, ‘’म कहाँ भेटौन ।’ मैले भने म तपार्इँकोमा भेट्न आएभने तपाईँका सारा कार्यकर्ता आक्राशित होलान् ।’ मलाई बीपीको सबैभन्दा प्रभाव परेको पक्ष हो, उहाँ कुनै कुरा पनि लुकाएर बोल्नु नहुँदो रहेछ । म कांग्रेसको समर्थक नभए पनि सीके प्रसाई र मेरो धेरै राम्रो सम्बन्ध भएकाले हुनसक्छ बीपी म सँग खुलेर कुरा गर्नु हुन्थ्यो । २०३३ सालभन्दा अगाडि मैले पञ्चायती व्यवस्थाका समर्थन र राजा महेन्द्रका सिद्धान्तका थुपै्र पुस्तकहरु प्रकाशित गरेको र मेरै अध्यक्षतामा पञ्चायतलाई पञ्चायत विश्लेषण केन्द्रबाट वैचारिक हिसावले राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रबीच पञ्चायती व्यवस्थाको समन्वयात्मक बाटो तयार गर्ने राजनीतिक खेलमा हामी थियौं तर बीपी कोइरालाको समर्थक थिएनौं ।

२०३३ सालपछि उहाँमा राष्ट्रियता र राजतन्त्रप्रतिका धारणाबाट हामी प्रभावित भएर उहाँप्रति आकर्षित थियौं । एकपटक बीपी कोइरालाले राष्ट्रपुकार साप्तिाहिक पत्रिकामा ‘सबै पञ्च भ्रष्ट हुन्’ भनेको वक्तव्य छापियो । मैले त्यही दिन राष्ट्र पुकारका सम्पादक होमनाथ दाहाललाई दिल्लीबजार बाटोमा भेटेर भनेको थिएँ कि बीपी कोइरालालाई हामीले राम्रो मानेको थियौं तर उहाँले सबै पञ्च भ्रष्ट भन्नु भएकाले उहाँकै भनाईमा म पनि भ्रष्ट ठहरिएँ । अब म पनि उहाँका कुर्तुतह्रु सबै खोज्छु र खोल्छु भने । दाहालजीले बीपीलाई यो कुरा सुनाउनु भएछ । पछि लगत्तै मातृभूमि साप्ताहिकमा बीपीको अर्को वक्तव्य आयो, ‘सबै पञ्च भ्रष्ट होइनन्, सबै पञ्चसँग नझस्क ।’ त्यसपछि मैले बीपीलाई होमनाथजीमार्फत नैं चित्त बुझेको खबर पठाएँ । बीपी कोइराला जेलमा रहेका बेला सुवर्ण शम्सेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए ।

प्रधानमंत्री बनेपछि गिरिजाप्रसादले नेपाली कांग्रेसलाई आफ्नो पेवा बनाए । विक्रम संवत् २०४८ साल जेष्ठमा प्रधानमंत्री बनेपछि गिरिजाप्रसादले भारतको भ्रमणपछि चीनको भ्रमण गरे । चीनको भ्रमणको बेला नेपाल–चीन संवन्धमा चिसोपन देखियो ।

गिरिजाप्रसाद कोइराला प्रधानमंत्री बनेका बेलामा देश चौतर्फी भ्रष्टाचार बढ्यो । सत्तासीन भएपछि छोरी सुजाताको नाममा अर्बौं सम्पत्ति जोडे । गिरिजा भारतको आडमा नायक बने । भन्सारमा ब्रम्हलुट मच्चाउन त्यस्तै कर्मचारी नियुक्त गरियो । प्रशासन सुधारको नाममा इमान्दार सक्षम कर्मचारीहरुलाई हटाएर पाँडे पजनी गरियो । चीनिया सहयोगबाट निर्माण गरिएका सबै नाफामा रहेका उद्योगहरु निजीकरणको नाममा अर्बाै कमिसन खाएर बद्नाम ब्यापारीहरुलाई उधारोमा बिक्री गराएर ब्रम्हलुट मच्चाउने काम गरे ।

नाफामा रहेको शाही नेपाल वायुसेवा निगमलाई गिरिजाले धमिजा, बोइङ्ग काण्डको सुत्रपात गरेर देशको टाट पल्टाउने काम गरे । गिरिजा भारतपरस्तको रुपमा चिनिए । उनका राम्रा सल्लाहकार भएनन् वा विदेशीले जे जे भन्छ त्यही गरे । नेपाली जनताको हितमा उनले एउटा पनि राम्रो कार्यक्रम लागु गर्न चाहेनन् । कम्युनिष्ट सिध्याउन उनले अनेकौं आतंक मच्चाउने काम गरे नेपालमा अहिलेको अशान्ति, हत्या, लुट, बलात्कार, असुरक्षाको थालनी २०४९ सालदेखि प्रारम्भ भएको हो । माओवादी बिद्रोहका स्रस्टा गिरिजा नैं हुन् । २०४९ सालदेखि मसाल– कम्युनिष्टलाई समाप्त पार्ने नाममा हत्या, दमन, बलात्कार यति बढ्यो कि त्यसको सीमा नैं रहेन ।

त्यसको वदलामा माओवादीबाट दसौं हजार नरनारी, प्रहरी, सैनिकहरुको प्रयोजनहीन हत्या, अङ्गभङ्ग र अर्बौ भौतिक पुर्वाधारहरु नष्ट गरिए, जलाइए । पछि तिनै माओवादीहरु गिरिजासँग मिलेर भारतीय गुप्तचर संस्था रअ को निर्देशनमा नेपालको अद्योगति गराउने संयन्त्रमा लागेको कुरा दिल्लीमा भएको १२ बुँदे सहमतिबाट छर्लङ्ग भयो । कृष्णप्रसाद भट्टराई पछि गिरिजाप्रसाद कोइराला कांग्रेसको महाधिवेसनबाट नेपाली कांग्रेसको सभापति बने । कांग्रेस र देशको सम्पूर्ण बागडोर हातमा लिएपछि गिरिजाले नेपाली कांग्रेसलाई उनले आफूखुसी संचालन गरे । गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईहरुको तेजोबध गरे । गणेशमान सिंह वाक्क भएर गिरिजालाई कुलंगार भन्थे । गिरिजाकै निरंकुश र भ्रष्ट व्यवहारले नेपाली कांग्रेसका प्रभावशाली यस्ता नेताहरु कांग्रेसबाट बाहिरिए ।

गिरिजाप्रसाद कांग्रेसको सभापति भएपछि उनको व्यवहारबाट नेपाली कांग्रेस वदनाम भयो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका योगदानहरु बालुवामा पानी पोखेसरह बनाउन खोजे । २०५२ सालमा विघठित संसद सर्वोच्च अलालतबाट बहाली भएपछि शेरबहादुर देउवा देशको प्रधानमंत्री बने । गिरिजाप्रसादका अनेकौं व्यवधानका कारणले वाक्क भएर नेपाली कांग्रेस संसदमा बहुमतमा हुँदाहुँदै शेरबहादुरले प्रनिनिधिसभा विघटन गरेर राजालाई शासनभार बुझाए ।

राजाले शासनभार ग्रहणगरेपछि राजाबाट गिरिजाप्रसादले प्रधानमंत्री नपाएपछि आक्रोशित भएर भारतीय गुप्तचर संस्था ‘रअ’ को पासोमा परेर भारतमा आफैले आतंककारी भनिएका माओवादीसँग हात मिलाएर जनआन्दोलनमा नेता बने । २०६३ सालमा राजासँग संझौता भएपछि आन्दोलको नेताको हैसियतमा २०४७ सालको संविधान अनुसार प्रधानमंत्री नियुक्त भएर राजदरबारमा राजाबाट सपथग्रहण लिए । गिरिजाले सफथग्रहण गरेको एक महिना नपुग्दैमा त्यसलाई धोका दिएर २०४७ को संविधान कुल्चेर क्रमिक रुपमा माओवादीसँग मिलेर धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लागु गर्नमा प्रयत्नशील भए । अहिलेको नेपालको संकटको कारक गिरिजा नैं हुन् । उनी राष्ट्रघातका मतियार बने ।

शेरबहादुर पटक–पटक प्रधानमंत्री बने पनि विगतमा देशको हितमा कुनै राम्रो काम भएनन् । सांसदहरुलाई पेन्सन, १० गुणा भत्तावृद्धि र पजेरो, प्राडोको सुविधा दिलाएर संसदीय प्रजातन्त्रको नैं उपहास भयो । विवादास्पद महाकाली संन्धीमा निर्णायक बने । नेपाली कांग्रेस बहुमतमा रहेका बेला २०५८ सालमा संविधानको धारा १२७ प्रयोग गरेर श्री ५ ज्ञानेन्द्रमा सत्ता बुझाए । त्यो बेलादेखि देशभित्र भाँडभैलो मच्चियो, माओवादीलाई ‘रअ’ले आफ्ना भरिया बनायो ।

नेपाल कब्जा गर्न २०६२ साल मंसिरमा १२ बुँदे सहमति गराएर माओवादी, कांग्रेस, एमालेलाई प्रशस्त स्रोत जुटाएर जनआन्दोलन गरायो । राजासँग सहमति भएर जनआनदोलन बिसर्जन भयो । पछि उनीहरुले राजालाई धोका दिए । कांग्रेस (आई) ‘रअ’, नेपालस्थित भारतीय राजदूत र इयू र अमेरिकी गुप्तचरको दबाबमा, नेपालका माओवादी, एमालेका नेता र कांग्रेसका गिरिजाहरुलाई हात लिएर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता घोषित गराइयो । त्यसबेलादेखि झन्झन् देश नसम्हालिने अवस्थामा पुगेको छ ।

त्यसैले नेपालको राजसंस्था नेपालको सार्वभौमसत्ता, एकता र समयको आधारबन्दै आएको छ । इतिहासको फेरबदलमा विदेशीहरुको षडयन्त्रका कारणले नेपालको राजसंस्थाले धेरै आरोहअवरोध भोगिसकेको छ । तथापि नेपालमा राजसंस्थालाई नेपालको राष्ट्रियताको बलियो जग मानिएकाले राजा र जनताको सम्बन्धलाई टुटाएर नेपालको अस्तित्व कायम रहन सक्तैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ ।

साम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जीवन्त राखिएको हो । इतिहासमामा अंकित भएका पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई देशलाई निकास दिन अव पनि सबै पक्षको मिलनविन्दु बनाएर नेपाल डुबाउन खोज्ने देशद्रेहीहरुको विरुद्ध एक जुट भएर देश बचाऔं ।