उच्च र समृद्ध कुलका शक्तिशाली नायक र शासकहरू माझको बुद्धिमतापूर्ण समझदारीलाई सर्वशक्तिमान् परमेश्वरबाट आशिर्वाद र संरक्षण प्राप्त भएको घाम जत्तिकै टड्कारो सत्यलाई स्वीकार्दै उनै परमात्माले समस्त भू–मण्डलको शासकीय दायित्व सुम्पनु भएको राज श्रेष्ठले न्याय मर्यादाको पालना गरेर आपस–आपसमा कायम राखिने मित्रतापूर्ण सम्बन्धबाटै विश्वभरी सुख र समृद्धि सुरक्षित भई राष्ट्र–राष्ट्रबीच विद्यमान गाढा मैत्री र एकताकै बलमा पारस्परिक शान्ति र समुन्नतिलाई बलियो आधार प्रदान गर्न सकिने परिप्रेक्ष्यलाई हृदयङ्गम गरी कम्पनी सरकारका महामहामी र सम्माननीय गभर्नर जनरल मार्किस वेलेज्ली र नेपालका श्री ५ महाराजाधिराजबीच मित्रतापूर्ण सम्बन्ध स्थापना भई निम्न धारााहरू उपर दुवै सरकारको सहमति कायम गरिएको छ :

धारा १

कम्पनी सरकार र नेपाल सरकारकाबीच विद्यमान मैत्रीपूर्णि सम्बन्धलाई निरन्तर सुदृढ पारिरहनु पर्ने आवश्यकतालाई आत्मसात् गर्दै दुवै देश र त्यहाँका जनताको अपेक्षित समृद्धि र सफलताको लागि नेपाल सरकार र कम्पनी सरकारीका प्रमुख अन्य उच्चधिकारीहरूले पूर्ण उत्साह र इमान्दारीका साथ प्रतिवद्ध रहनुपर्दछ ।

धारा २

एक अर्को देशका शान्ति र चयन बिथोल्ने हिंस्रक र अराजक गतिविधिमा लागि दुई देशबीच विद्यमान पारस्परिक मैत्री सम्बन्धमा खलल पु¥याउनेहरू विरुद्ध अनुसन्धान र प्रमाण बेगर कुनै कदम चालिने छैन ।

धारा ३

दुवै सरकारका प्रमुख र अन्य उच्चाधिकारीहरूले एक–अर्काको देशका शत्रु र मित्रहरूलाई हृदयैेदखि आफ्नो देशको पनि शत्रु र मित्रको रुपमा स्वीकार गर्नेछन् र दुई देशबीचको यो समझदारी पुस्तौँ–पुस्तासम्म स्थायी रहिरहनेछ ।

धारा ४

नेपाल र कम्पनी सरकारको अन्य कुनै छिमेकी राष्ट्रसँग विवाद, तनाव र विग्रह उत्पन्न भई उक्त देशले दुई देशमध्ये कुनै एक देशको भूभाग कब्जा गर्ने या उसमाथि अधिपत्य जमाउने उद्देश्यले शत्रुतापूर्ण गतिविधि शुरु गरेको या त्यस्तो गतिविधिमा संलग्न रहेको थाहा भएमा दुवै देशमा खटिएका एक–अर्काका प्रतिनिधिहरूले आ–आफ्नो सरकार प्रमुख समक्ष त्यस्तो गतिविधिको जानकारी दिने छन् र दुवै देशको सरकार प्रमुखहरूले पनि दुई मुलुक बीच विद्यमान मित्रतापूर्ण सम्बन्धले निर्देश गरेको दायित्व अनुरुप उक्त स्थितिबारे पूर्ण जानकारी लिसकेपछि उचित प्रत्युत्तर र परामर्श प्रदान गर्नेछन् ।

धारा ५

दुवै देशका सीमा र भूभाग बारे दुई देशबीच कुनै पनि विवाद उत्पन्न भएमा प्रचलित न्याय सिद्धान्त र औचित्यको आधारमा दुवै देशका प्रतिनिधिहरूले त्यसको छिनोफोनो गर्नेछन् र विवादित उक्त स्थानमा स्थायी रुपमा रहने गरी सीमास्तम्भ पनि खडा गरिनेछ । दुवै देशका अधिकारीहरूले उक्त सीमास्तम्भलाई मार्गदर्शकको रुपमा लिनेछन् र त्यसमाथि कुनै अतिक्रमण गर्ने छैनन्

धारा ६

नेपाल र अवधका नववाको राज्यको सीमा क्षेत्रका भूभागहरूलाई लिएर कुनै विवाद उठ्न गएमा कम्पनी सरकारको मध्यस्थतामा नेपाल सरकार र नवावका एक–एक जना प्रतिनिधिहरू बसी त्यस्ता विवादहरूको समाधान गर्नेछन् ।

धारा ७

मकवानपुरको सम्बन्धमा भएको पूर्व व्यवस्था अनुरुप नेपालले कम्पनी सरकारलाई वार्षिकरुपमा बुझाउँदै आएको हात्तीहरूबारे नेपालका महाराजाधिराजको भावना र सन्तुष्टिलाई समेत सम्मान गर्ने उद्देश्य र दुई मुलुकबीच विकसित हुँदै गइरहेको मित्रतापूर्ण सम्बन्धलाई दृष्टिगत गरी पूर्व व्यवस्था अनुसार नेपालले कम्पनी सरकारलाई उपहारस्वरुप वार्षिकरुपमा बुझाउँदै आएको हात्तीहरू अब उप्रान्त बुझाउनु नपर्ने गरी कम्पनी सरकारको तर्फबाट छुट दिइएको छ र कम्पनी सकाररका अधिकारीहरूलाई अब उप्रान्त पुस्तौँ–पुस्तासम्म यो सन्धि अनुसारको व्यवस्था कायम रहुन्जेल नेपालका महाराजाधिराजबाट त्यस्तो तवरमा हात्तीहरूको माग कहिल्यै नगर्न निर्देशन दिन्छ ।

धारा ८

कुनै एक देशको बासिन्दा भागेर अर्को देशमा गई शरण लिई बसेको अवस्थामा नेपालको हकमा उसको प्रतिनिधिले कम्पनी सरकार समक्ष त्यस्तो व्यक्तिलाई सुम्पुवा गर्न माग गर्नेछ र कम्पनी सरकारले पनि आफ्नो नेपालस्थित प्रतिनिधिमार्फत् मार्फत त्यस्तो माग राख्नेछ । त्यस्तो व्यक्तिले यदि कुनै देशको कानूनको उल्लंघन गरी भागेर अर्को देशमा गई बसेको रहेछ भने त्यस व्यक्तिलाई तत्कालै गिरफ्तार गर्न लगाई दुवै देशका सरकार प्रमुखले एक–अर्को देशका प्रतिनिधिहरूलाई सुम्पने र सुरक्षितरुपमा आफ्नो मुलुकको सीमा कटाइदिने दायित्वल स्वीकार्नेछन् ।

धारा ९

नेपालका श्री ५ महाराजाधिराजबाट गुठी, बिर्ता र अन्य विशेषाधिकारयुक्त जमिन बाहेकका बाँकी सबै भू–भाग समावेश भएको एउटा प्रगन्ना स्वामी महाराजको खर्च वर्चका लागि मौसुफलाई उपहारस्वरुप प्रदान गर्न स्वीकृति बक्सेको छ । यस वापत स्वामी महाराजले यदि बनारसमै या कम्पनी सरकारको अधिनको अन्य कुनै भूभागमा रहन चाहीँ बक्सेमा र मौसुफलाई टक्र्याइएको जमिन मौसुफकै स्वेच्छदाले नेपालको कुनै राज्याधिकारीको तालुकीमा दिइबक्सेमा उक्त जमिनबाट उठ्ने कूत रकम यसपछि तय भए अनुसार किस्ताबन्दीमा चुक्ता गरिनेछ । उक्त रकम मौसुफबाट आफ्नो निजी खर्चका लागि प्रयोग गर्न सकिबक्सनेछ र मौसुफले हाम्रा लागि राजगद्दी परित्याग गरिबक्सँदा गरिदिबक्सेको ताम्रपत्र अनुरुपका धार्मिक तथा पारमार्थिक कार्यमा मौसफ निरन्तर लागिरहन सकिबक्सनेछ । आफूले जागिरको रुपमा पाइबक्सेको जमिनमा नै बसोबास गर्ने र आफ्ना निजी सहायकहरूमार्फत नै आफ्ना लागि तोकिएको जमिनको कूत संकलन गर्ने इच्छा भएमा मौसुफले त्यसो पनि गर्न सकिबक्सनेछ, तर नेपाल सरकार विरोधी गतिविधिमा संलग्न कुनै व्यक्तिलाई भने स्वामी महाराजले आफ्नो सेवामा राख्न सकिबक्सने छैन । मौसूफबाट आफ्नो निजी सेवा सुश्रुषाका लागि सय जनासम्म सेवक तथा सेविकाहरू राख्न सकिबक्से पनि कुनै पनि सैनिक या समान प्रकृतिका व्यक्तिहरू भने मौसूफको सेवामा रहने छैनन् । मौसुफका लागि तोकिएको प्रगन्नाको भूमिकर असुल्न र मौसुफका परिचरहरूको सुरक्षाका लागि मौसूफबाट नेपाल जसको व्ययभार नेपाल सरकारले नै बेहोर्ने छ ।

स्वामी महाराजबाट नेपाल सरकारका विरुद्ध बोली बचन या लेखापढीद्वारा कुनै गतिविधि नचलाइबक्सन पर्याप्त होशियारी देखाइबक्सनेछ र नेपला सकरारविरुद्ध विद्ोही क्रियाकलापमा संलगन भई फरार रहेका व्यक्तिहरूलाई न मौसुफबाट संरक्षण बक्सनेछ न नेपाली जनता विरुद्धका लुटपाट या हिंसापूर्ण गतिविधिमा आफूलाई संलग्न गराइबक्सनेछ ।

स्वामी महाराजबाट नेपाल सरकारका विरुद्ध विरुद्ध बोलीबचन या लेखापढीद्वारा कुनै गतिविधि नचलाइबक्सन पर्याप्त होसियारी देखाइबक्सनेछ र नेपाल सरकारविरुद्ध विद्रोही क्रियाकलापमा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई न मौसुफबाट संरक्षण बक्सनेछ र नेपाली जनता विरुद्धका लुटपाट या हिंसापूर्ण गतिविधिमा आफूलाई संलग्न गराइबक्सनेछ । यस्ता क्रियाकलापहरूमा मौसुफको संलग्नता प्रमाणित हुन आएका कम्पनी सरकारबाट मौसुफमा प्रदान गरिएको सहयोग र सुरक्षा जारी रहने छैन र नेपाल सरकारले पनि त्यस अवस्थामा मौसूफलाई प्रदान गरेको जमिन जफत गर्न सक्नेछ ।

नेपालका श्री ५ महाराजाधिराजबाट यस कुरामा पनि स्वीकृतिक बक्सभएको छ कि स्वामी महाराजले यदि कम्पनी सरकारको भू–भागभित्र मौसूफको बसोबासो कायम राखिबक्सयो र नेपाली अधिकारीहरूलाई नै मौसूफमा चढाइएको जमिन कमौद गर्न दिइबक्सेमा र मौसूफलाई सम्झौता अनुसार चढाइएको जमिन कमौद गर्न दिइबक्सेमा र मौसूफलाई सम्झौता अनुसार बुझाउनुपने किस्ता रकम नबुझाएमा र मौसफूसमाथि कुनै दुःख पिराउ गरेमा यस विरुद्ध आवश्यक कारवाही गर्न कम्पनी सरकारका गभर्नर जनरलले नेपालका श्री ५ महाराजाधिराज समक्ष औपचारिक लेखापढी गर्नेछन् । नेपाल सरकारबाट यो सर्तको परिपालना गराउने कुरामा गभर्नर जनरल बचनवद्ध छन् । पारस्परिक सहमतिको आधारमा माथि लेखिएका कुराहरूबारे गभर्नर जनरलसँगको बचनवद्धताबाट श्री ५ महाराजाधिराज कुनै पनि समयमा उन्मुक्ति ग्रहण गर्न सकिबक्सनेछ र स्वामी महाराजलाई प्रदान गरिएको जमिनमा खटिएका अधिकारीहरूले भूमिकर उठाउँदा भएको नाफामा या उनीहरूको हेलचेक्रयाइँबाट हुने कुनै पनि हानी नोक्सानीमा नेपालका महाराजाधिराकजो कुनै सरोकार रहने छैन ।

धारा १०

यस सन्धिमा माथि लेखिए बमोजिमका विभिन्न उद्देश्यहरू र मौखिक रुपमा सहमति कायम भएका विभिन्न विषयहरूलाई कार्यान्वयनमा लैजाने अभिप्रायले कम्पनी सरकारका गभर्नर जनरल र नेपालका श्री ५ महाराजाधिराजबाट आ–आफ्नै मनोमानी र खुसीराजीसित एक–एक जना भरपर्दा मानिसलाई एक– अर्को देशमा–आफ्नो प्रतिनिधि(दूत)को रुपमा खटाउने छन् र उनीहरूले दुई मुलुकबीचको विद्यमान मैत्री सम्बन्धीलाई निरन्तर सुदृढ पार्न र माथि उल्लेखित उद्देश्यहरूको प्राप्तिमा क्रियाशील रहने छन् ।

धारा ११

दुवै राष्ट्र प्रमुख र मातहतका अधिकारीहरू एक–अर्को देशमा खटिएका एक–अर्को देशका प्रतिनिधिहरूलाई उनीहरूको दर्जा र अन्तर्राष्ट्रिय कानुन अनुसारको कदर र सम्मान गर्न प्रतिवद्ध रहनेछन् र आफ्नो पूर्ण सामग्र्थ र प्रयासले एक–अर्को देशका प्रतिनिधहरूले अघिसारेका उद्देश्यको साथै उनीहरूको सुख, सुविधा, सन्तुष्टि र सुरक्षालाई विस्तार गर्दै जे–जस्तो परिस्थितिमा पनि दुई देशका सरकारबीच विद्यमान मैत्री र दुवै देशको सुशलाई विश्वभर फिँजाउने कार्यमा दत्तचित्त रहने अपेक्षा गरिएका ती प्रतिनिधिहरूलाई पूर्ण सहयोग र समर्थन प्रदान गर्ने छन् ।

धारा १२

दुवै देशका प्रनितिधिहरूले आफू खटिएको राष्ट्रका सरकारी अधिकारीहरूका अतिरिक्त त्यहाँको सरकारको स्वीकृति नलिई त्यस देशका प्रजा तथा त्यहाँका निवासीहरूसँग कुनै पनि किसिमको सम्पर्क राख्न गरिएको निषेधलाई इमान्दारिताकासाथ पालना गर्नेछन् । उनीहरूसँग कुनै पनि किसिमको पत्राचार गर्ने छैनन् । उनीहरूका तर्फबाट कुनै निवेदन वा लिखत प्राप्त गरेमा त्यसको जानकारी त्यहाँका राष्ट्र प्रमुखलाई नदिई या उनलाई त्यसबारेको पूर्णविवरण उपलब्ध नगराई उक्त (निवेदन, पत्र या लिखत) सम्बन्धमा कुनै जवाफ दिने छैनन् । यसबाट दुवै देशबीचका सम्बन्धमा शंका र अविश्वासको स्थिति रहन पाउने छैन र पारस्परिक मित्रताप्रति दुवै देशको इमान्दारिता झन टड्कारो रुपमा प्रदर्शित हुनेछ ।

धारा १३

दुवै राष्ट्रका प्रमुख र अन्य अधिकारीहरूले आ–आफ्नो निष्ठा र धर्मअनुसार तयार पारको यस सन्धिको मर्म र आशयकलाई प्रतिवद्धताका साथ पालना गर्नेछन् । दुवै मुलुकले पुस्तौँ पुस्तासम्म यो सन्धिको पालना गरिरहनेछन् र यसको मर्म र आशय विपरीतको कुनै पनि काम गर्ने र हुन दिने छैनन् । त्यस्तो गर्ने जो कोहीले सवशक्तिमान् परमेश्वरबाट वरत्र र परत्रमा पनि दण्ड भोग गर्नेछ ।

(गभर्नर जनरल र परिषदद्वारा अक्टोवर ३०, १८०१ मा अनुमोदित र नेपालको राजदरवारद्वारा अक्टोवर २८, १८०२ मा हस्ताक्षरित)