ई. १८५७ मा वङ्गालमा स्वदेशी फौजले सैनिक उपद्रव मचाएको वेलामा निपालका महाराजाले न केवल इमान्दारीपूर्वक वृटिश सरकार र निपाल राज्यको बीचमा भएको सुगौली सन्धिले दिएको मैत्री एवं शान्ति सम्बन्ध कायम राखेका होइनन् कि अपितु सीमा प्रदेशहरुमा अमन चैन ल्याउनाका निमित्त वृटिश अधिकारीवर्गले आफ्नो स्वेच्छा पूर्वक लडाभीडा गराउनाका निमित्त खुलस्त रुपले सैनिकहरु भर््ि गरी विद्रोही हरुलाई अन्तिम रुपले परास्त गर्न तथा लखनौलाई फेरी कब्जा गर्नामा वृटिश सैनिकको सहायतार्थ फौज पठाए । यी विद्रोहीहरुको अन्त पछि निपाल राज्यले बृटिश सरकारलाई गरेका धेरैव सेवाहरुलाई ध्यानमा राख्दै आइसराय तथा गभर्नर जनररले महाराजालाई काली नदी र गोरखपुर जिल्लाका वीचमा परेका सम्पूर्ण तराई प्रदेशहरु, जुन प्रदेशहरु ई. १८१५ मा निपाल राज्यमा नै रहेको थियो, पुनः फिर्ता गर्ने आफ्नो इरादा प्रकट गरे । यी प्रदेशहरु, जुन प्रदेशहरु त्यसै सालमा भएको सुगौली सन्ध्द्विारा वृटिश सरकारमा सुम्पेको थियो । वृटिश सरकारद्वारा यस विषयको निम्ति नियुक्त गरिएका कमिश्नरले पिाल दरबारवाट खटिएका कमिश्नरहरुको समक्षमा यी भूमिहरुको समीकरण गरेका छन् । दुइ राष्ट्रका वीचमा भावी सीमा छुटयाउन खम्वाहरु गडेका छन् । एवं निपाली अधिकारी वर्गहरुलाई रीतिपूर्वक यो प्रदेश सुम्पिएको छ ।
द्युइ राजइहरुको वीचमा निम्न लिखित सन्धिका धाराहरु सम्पन्न भएका छन् ।
धारा १ – यस सन्धिद्वारा परिवर्तित सन्धिका अतिरिक्त अन्य सवै सन्धि एवं सम्झौताहरु, जुन यसवेलासम्म वृटिश सरकार र निपाल राजाका वीचमा लागू भई रहेका छन्, लाई सुदृढ गरिएका छन् ।
धारा २ – एवं रीतिले वृटिश सरकारले निपाली राज्यलाई सार्वभौमसत्तापूर्ण सहितको रापती र कालीका वीचमा परेका तराई प्रदेशहरु र रापती नदी र गोरखपूर जिल्लाको वीचमा परेका समस्त तराई प्रदेशर प्रदान गर्दछ । यी प्रदेशरु ई. १९८१५ मा निपाल राज्यका अधिकारमा थिए र उसै वर्षका डिसेम्वर २ मा भएको सुगौली सन्धिका धारा ३ वमोजिम सरकाराम सुम्पिएको थियो ।
धारा ३ – पूर्व तर्फ काली अथवा शारदा नदीदेखि बागोरा तालका उत्तर िपहाडहरुका फदीसम्म फैलिएका प्रदेशहरुका निम्ति खटिएका कम्श्निरहरुद्वारा नाप जाँच गरी खम्बा गाडी चिन्ह लगाइएका सीमा रेखा अब उप्रान्त अवधका वृटिश प्रान्तहरु र निपालका प्रदेशहरुको बीचमा सीमा हुनेछ ।
भाइसराय तथा गभर्नर सम्मानीय महामहिम चाल्र्स जोन अर्ल कयानिङ्, जी.सी.वी.को तर्फवाट लेफ्टिनेण्ट कर्णेल जर्ज रामजे र महाराजाधिराज सुरिन्द्रविक्रमसाहवहादुर सम्शेरजङ्गको तर्फवाट महाराजा जङ्गबहादुर द्वारा हस्ताक्षर गरिएको यस सन्धिमा मोहर छाप लगाइनेछ र त्यो छाप लगाइएको सन्धि हस्ताक्षर गरेको मिति देखि ३० दिन भित्र काठमाण्डुमा विनियम गरिनेछ । ई. १८६० नो्मेम्वरको पहिलो तारीख तदनुसार सम्वत् १९१७ कार्तिक वदी ३ मा यो सन्धि कामाण्डुमा हस्ताक्षर गरियो एवं छाप पनि लगाइयो ।
छाप(सही) जी. राजमे, लेफ्टनेट कर्णेल, कयानिङ्, (छाप) भाइसराय तथा गभर्नर जनरल १५, नोमेम्वर, १८६० मा कलाकत्ताा महामहिम गभर्नर जनरलद्वारा यस् सन्धिमा छाप लगाइयो.
ए. आर. योङ्ग –शब्दावलीाम केही अन्तर अंग्रेजीको अनुवाद) भारत सरकारका डेपुटि सेक्रेटरी
0 comment