१९४७ मा अंग्रेजले भारत छोडेर गएपछि भारतमा एउटामात्र राष्ट्रवाद थियो । त्यो हो भारतीय राष्ट्रवाद । यद्यपि त्यो राष्ट्रवादले भारत र पाकिस्तान गरी दुई राष्ट्रको अभ्युदयलाई रोक्न सकेन । गान्धीले पाकिस्तानका राष्ट्रपिता भनिने महमद अलि जिन्हालाई पहिलो राष्ट्रपति वा पहिलो प्रधानमंत्री वनाएर भएपनि विभाजनलाई रोक्ने प्रयाश गरेका थिए । जुन ब्यर्थ मात्र भएन अन्ततोगत्वा गान्धीकै हत्याको कारण वन्यो । भारत र पाकिस्तान दुइ वेग्लै स्वतन्त्र राष्ट्र वने । कालान्तरमा जाकिर हुसैन राष्ट्रपति भएपछि भारतमा मुसलमान पनि राष्ट्रपति वन्न सक्छ भन्ने नजिर स्थापना भयो त्यसले धेरै हदसम्म भारतीय राष्ट्रवादलाई वलियो वनाउन मध्दत गर्यो । इन्दिरा गान्धीले झन एक कदम अगाडि वढेर सोभियत संघसंग २० वर्षे सैनिक संझौता  गरेकै वलमा  मुस्लिम वंगालीहरुको वाहुल्य रहेको पूर्वि पाकिस्तानलाई पश्चिमबाट टुक्राएर वाग्लादेश भन्ने स्वतन्त्र राष्ट्र खडा गरिदिए पछि र स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा गाभे पछि भारतीय राष्ट्रवाद झनै वलियो मात्रै भएन यसबाट छिमेकी देशहरु आतंकित वन्न पुगे ।

देशमित्र  इन्दिरा गान्धीको उत्थान प्रजातान्त्रिक तानाशाह र  देश वाहिर छिमेकीहरुको लागि भारत खतरनाक विस्तारवादीमा दर्ज हुन पुग्यो । आफना दक्षिणका छिमेकी सिक्किमलाई खादा र पाकिस्तानलाई टुक्राएर वाग्लादेश वनाउदा समेत चीनले टुलुटुलु हेरेर वस्ने कार्य गरेको कारण दक्षिण एसियाका सबै देशहरु भारतसंग त्रसित हुन पुगे । इन्दिरा गान्धीको महत्वाकांक्षा ह्वात्तै वढेर जादा देश भित्रका आफना राजनीतिक वैरीहरुलाई सखाप पार्ने योजनामा उनी अघि वढिन भारतीय राष्ट्रवाद र कांग्रेस पार्टीलाई त्यस्को एकमात्र वलियो संवाहक वनाउने नाममा ।

भारतमा संकटकाल लगाएपश्चात सबै विरोधी दलहरु मिली मोरारजी देशाइको नेतृत्वमा वनेको गठवन्धनले चुनाव मार्फत इन्दिरा गान्धीलाई केहि समयसम्म पदच्यूत गरेतापनि त्यस्ले राजनीतिक स्थायीत्व दिन सकेन । भारतीय जनताले पुन इन्दिरा काग्रेस (आई) लाई चुनाव जिताइ दिए पश्चात उन्को राजनीतिक र विस्तारवादी महत्वाकांक्षाले भारतीय जनसमर्थन पायो । अनि त के चाहियो इन्दिरा गान्धी रणचण्डी वनिहालिन  । यसक्रममा उन्ले खालिस्तान स्वतन्त्रता आन्दोलन दवाउन रणनीतिक रुपमा एका तर्फ पंजावी ज्ञानी जैलसिंहलाई राष्ट्रपति वनाइन भने अर्को तर्फ सिखहरुको पवित्र स्वर्ण मन्दिर भित्र भारतीय सेना पठाइ सिख स्वतन्त्रताको आन्दोलनकारी नेता भिद्रेनवालाको हत्या गरी खालीस्तानको आन्दोलनलाई शुन्यको स्थितिमा झारेपछि भारतीय राष्ट्रवाद झनै वलियो हुदा भारतको राजनीतिमा इन्दिरा गान्धीको कुनै विकल्प देखिएन । नवतानाशाहको रुपमा उनी स्थापित भइन । जव चुनावले तानाशाहलाई स्थापित गर्छ भने त्यस्को निकाश आतंकले दिन्छ भन्ने भनाइ चरितार्थ भयो । आफ्नै सिख अंगरक्षकद्धारा इन्दिरा गान्धी मारिइन । सिख स्वतन्त्रताको आन्दोलन समाप्त भएको छैन भन्ने सन्देश यो घटनाले दियो । भारतीय राष्ट्रवादमाथि प्रश्न चिन्ह कायमनै गरिदियो । 

इन्दिरा गान्धीले सफलताका साथ पाकिस्तानलाइ टुक्राइ वाग्लादेश वनाएको र सिक्किमलाई भारतमा विलय गराएकै कारण हिजो नेहरुलाई कुटनीतिमा परास्त गरी देशमा पंचायत ब्यवस्था लागु गर्न सफल राजा महेन्द्रको असामयिक निधन हुन पुग्यो । त्यो साधारण मृत्यु थियो वा नेपाल खाने भारतीय षडयन्त्र थियो भन्ने कुरा आजसम्म खुलेको छैन । तर वाचिरहेको भए सिक्किम पछि नेपालको तराइ क्षेत्रलाई भारतमा गाभ्ने इन्दिरा गान्धीको योजना थियो भन्ने कुरा रअ प्रमुखको पुस्तकले कालान्तरमा उजागर गरेपछि कतै राजा महेन्द्रको कालगतीले नभै भारतीय सफल षडयन्त्रको कारण मृत्यु भएको त होइन भन्ने शंका उत्पन्न हुन गएको छ । महेन्द्र पछि देशको राजा वनेका वीरेन्द्रले इन्दिरा गान्धीको यही रणनीतिलाई असफल गराउन आफनो राज्याभिषेकको अवशर पारी नेपाललाई शान्ती क्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताव अगाडि सारे । विश्वका ११६ देशले यो प्रस्ताव स्वीकार गर्दा समेत भारतले नगरेको मात्रै नभै कालान्तरमा आफना एजेन्ट नेपाली राजनीतिक दलहरुलाई उचाली सत्तामा ल्याएर यो प्रस्तावलाई रद्यीको टोकरीमा फाल्न भारत सफल भयो । भारतीय विस्तारवादी राष्ट्रवाद समक्ष नेपाली राष्ट्रवाद निरही सावित हुन गयो । तर छिमेकीको घर भत्काउदा त्यस्को धुलो आफनो घर भित्र पनि आउछ भन्ने भनाइ क्रमस चरितार्थ भएकै्र कारण भारत भित्रै भारतीय राष्ट्रवादको विकल्पको रुपमा हिन्दु राष्ट्रवादको जन्म भयो । वावरी मस्जिद भत्काइ सो स्थानमा राममन्दिर वनाउन सफल मोदिको नेतृत्वमा वनेको भारतीय जनता पार्टीले भारतीय राष्ट्रवादलाई हिन्दु राष्ट्रवादद्धारा विस्थापन गरिदियो । तर मोदिले गुप्त साम्राज्यकालिन जुन अखण्ड हिन्दुस्तानको सपना वोकेर हिन्दु राष्ट्रवादको पुनरुत्थान गरी नेपाल, वाग्लादेश, पाकिस्तान र अफगानीस्तान सम्मको स्वतन्त्र अस्तित्व माथि अमेरिका र पश्चिमी नेतृत्वमा रहेको हिन्द प्रशान्त रणनीति अन्तर्गत रही धावा वोलेका थिए त्यस्लाई भने भारतीय राष्ट्रवादका पक्षपोषकहरुले तुहाइदिएको अवस्था छ अहिले ।

पछिल्लो चुनाव सम्म आउदा कांग्रेसको सिट संख्या वढनु अनि भारतीय जनता पार्टी आफनो एकल वहुमत गुमाउदै, नायडु र नितिसका प्रान्तियदलहरुको वैशाखीमा सरकार चलाउनु पर्ने वाध्यतामा आइपुग्नुले अव हिन्दु राष्ट्रवाद माथि भारतीय जनताहरुले प्रश्न चिन्ह खडा गरिदिएका छन् भन्ने अनुमान गर्न सकिन्छ ।  देश मित्रै मुसलमान र क्रिश्चियनहरुको अस्तित्व नस्वीकार्ने भारतीय जनता पार्टीको हिन्दु राष्ट्रवादको जय हुन्थ्यो भने भारत आन्तरिक रुपबाटै विखण्डनको चपेटामा पर्न जान्थ्यो, त्यो भनेको विशाल नेपाल वन्ने संभावना ह्वात्तै वढेर जान्थ्यो । तर चुनावले भारतीय राष्ट्रवाद पुनरुत्थान गर्ने बाटो अनुशरण गरेको देखिएको परिप्रेक्ष्यमा अव प्रान्तिय राष्ट्रवादले भारतीय राष्ट्रवादको जगेर्ना गर्ला कि सिख स्वतन्त्रता आन्दोलन जस्तै अन्य प्रान्तिय स्वतन्त्रताको आन्दोलनलाई वढावा देला त्यो त आगामी दिनहरुले नै बताउला ।