‘गाँजाखेतीको उपदेयिता आजको औचित्यता’

राज्यले खेल्ने भूमिका

ऐतिहासिक तथा धार्मिक महत्वः गाँजाको धार्मिक तथा ऐतिहासिक महत्वलाई नियाल्ने हो भने गाँजालाई शिवबुटी शिवको प्रसाद, सम्भो बुटी लगाएतको नामबाट नामकरण गरिएको गाँजालाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन पछिल्लो समयसम्म पनि शिवरात्री, वालाचतुदर्शी पर्वमा साधुशान्तहरुलाई प्रयोग गर्न गाँजाको प्रवन्ध गर्ने गरिन्छ । अर्थव बेदमा विश्वका पाँच प्रजाति मध्ये एक प्रमुख प्रजातिको रुपमा उल्लेख गरिएको पाइन्छ । जसरी पूर्विय दर्शनमा कुश, तुलसी, पिपल जस्ता वनस्पतीलाई पूजा गर्नको लागि प्रेरित गरिन्छ । साक्षत भगवानको रुपमा तर साइन्सले यी बृक्षहरुमा मानव जीवनको हरपल हरक्षणमा उपयोगी औषधिय गुणले भरिएको हुनाले यिनको महत्व दर्शाइएजसरी गाँजालाई धार्मिक मुलग्रन्थ अथर्व वेदमा उल्लेख गरी वैधिक कालबाट नै पहिचानगरी प्रचलनमा ल्याइएको हुनाले यसको धार्मिक महत्व रहेको पाइन्छ । 

सन् १९७२ मा चीनमा उत्खनन् गर्दा करीब १२००० बर्षको प्राचीन कालमा गाँजाबाट बनाइएका बस्त्र, जुत्ता, टोपी आदी सामाग्रीहरु प्रचलनमा आएको थियो भन्ने कुरा पत्ता लागेको थियो । 

आधुनिक कालमा मात्र होइन बैधिक कालबाट नै मानिसले औषधिय रुपले बस्त्रको रुपमा, पाचन प्रकृयामा सहजीकरणको रुपमा, पशुपंक्षीलाई विरामी पर्दाका समयमा समेत गाँजाको प्रयोग गरिएको कुरा प्राचीनग्रन्थ तथा धार्मिक प्रचलनबाट सिद्ध गरिएको पाइन्छ । 

गाँजाको औषधिय महत्व र आवश्यकता

भगवानको पालाबाट प्रयोग गरिएको कुरा त्यसमा पनि देवादिदेव महादेवले नै प्रयोग गर्ने शिवबुटी सामान्य रुपले हेर्दा रोमान्चसँग मात्र हेर्ने गरिन्छ तर वास्तवमा त्यो भन्दा वढी महत्व मानव जीवनमा कति महत्व आवश्यकता छ भन्ने कुरा गहन अध्ययनबाट थाहा पाउन सक्दछौ । अनिद्रा, आँखाको व्यथा, मुर्छा पर्ने व्यथा, अलजाइमर, किमो थेरापी, ज्क्ष्ख् ब्क्ष्म्क्, क्यान्सर जीउदुख्ने, खासप्रश्वास सम्बन्धीत रोगहरु, ओभर डोजलाई नियन्त्रण गर्न, डिप्रेशन आदी महत्वपूर्ण रोगहरुको उपचारमा गाँजाको बोटबाट औषधी बन्ने गर्दछ । त्यस्तै किमो थेरापी पाचन प्रणालीलाई मजबुद पार्ने, पेटको रोग, छालाको रोग निर्मुल पार्ने रामवाणको रुपमा रहेको गाँजा औषधीय महत्वको सन्दर्वमा स्वत पुष्टी भइसकेको छ । 

यस्तै हजारौ बर्ष पहिला औषधीको अलवा कपडा, व्याग, जुत्ता, कोट, सर्ट लगायतका बस्त्रहरु समेत बन्ने भएकोले औद्योगिक कच्चा पदार्थको महत्वपूर्ण स्रोतको रुपमा समेत रहेको छ । मुख्यतय गाँजामा त्ज्ऋ र ऋद्यम् दुई प्रमुख तत्व रहेका हुन्छन् जसले मानिसको जीवनमा दुई प्रकारको प्रमुखतत्व रहेको हुन्छ । गाँजामा ८० रसायन मध्ये फुलमा हुने क्यान्ना विडियोल (सीविडी) टे«टा हाइड्रो क्यान्न) विनोल (टीएचसी) मात्रको आधारमा अमेरीकामा २ बर्षमा छुट्याइएको छ । गाँजामा टीएचसी ०.३% भन्दा बढी भए म्यारुवाना र सोभन्दा कम भएमा हेम्म भनिन्छ । टिएचसीमा औषधीय गुणभएपनि नशा लाग्ने काम गर्दछ । तर अन्य मादक पदार्थजस्तो झगडा गर्न प्रोत्साहन गर्दैन ।

हार्वड विश्वविद्यालयका मेडिकल विषयका प्रोफेसर पिटर ग्रिन्सपोन भन्छन्ः क्यान्नविस रसायन सीबीडीले दुखाई (पेन) चिन्ता इन्जाइटी, अनिद्रा, मिग्री, मनोविकृत (साइकोसिस) अटिजम जस्ता सबै मानसिक रोगमा सवैभन्दा बढी प्रभावकारी औषधीको काम गर्छ । यसको प्रयोगले कलेजोलाई बलियो पार्ने क्षमता गाँजामा देखिएको अमेरिकी अनुसन्धानकर्ताबाट पुष्टी भएको छ । २५०० वटाभन्दाबढी औषधीहरु विशुद्ध गाँजाबाट बनाइएको र बिक्री वितरण गरिन्छ । अमेरिकामा सन २०१४बाट गाँजाको रिसर्च गर्न विश्व विद्यालयलाई खुला गरिएसँगै यसको चर्चा शिखरमा पुग्न थालिसकेको थियो भने नेपालको सिंहदरबार बैधखानाले पहिलो विश्वयुद्ध ताका नै गाँजाबाट बनाइएको झाडापखालाको औषधी निर्यात गरेको ताजा इतिहास छ ।

नेपालमा आयुरवेदिक औषधी बनाउनको लागि प्रयोग हुने गर्दथ्यो । जब नेपालमा सन् १९७६ मा प्रतिवन्ध लगाएसँगै नेपालले निर्यात गर्ने औषधी तथा गाँजा तथा हिप्पी पर्यटक आगन्तुकमा कमी आएसँगै आर्यआर्जनमा कमी आएको थियो । अहिले पनि नेपालसरकारले ठूलो मात्रामा सरकारको स्वीकृति लिएर करीव ५०० भन्दा बढी औषधीमा गाँजाको अनिवार्य प्रयोग गरिने भएकोले आयात ठूलो मात्रामा भएको पाइन्छ । यसले अरर्बौ नेपाली रुपैयाँ बाहिर गएको छ ।

आचार्य बालकृष्णको भनाईलाई आधारमा लिने हो भने नेपालको ऋतु अनुसार जुनसुकै पनि नेपालका बनस्पतिहरु औषधीको रुपमा प्रयोगमा हुन्छन् । त्यस्तै नेपालमा पाईने गाँजापनि विश्वकै नं. १ गाँजामा पर्दछ । हामी आफ्नो देशको उत्कृष्ट गाँजा कानूनको कारणले प्रयोग नहुने भएकोले ठूलोधन राशी बाहिरीएको छ । अर्को तर्फ नेपालमा गाँजाबाट बन्ने रेसाबाट बनाउन मिल्ने कपडा, जुत्ता, कोट, सर्ट आदिको प्रचुर सम्भावनालाई आज राज्यले यथासक्दो कानूनी बाधालाई साधकको अपेक्षामा नेपाली समाज आशातित रहेको छ ।

आय आर्जन तथा आयात प्रतिशस्थापन

नेपालको हिमालय क्षेत्रबाट नै गाँजाको उत्पत्तिको केन्द्र हो भन्ने कुराको प्रमाण करीब १२००० बर्ष पहिला चीनको गाँजाबाट वस्त्रको सृजना गरिन्थ्यो भने सन् १९७२ को उत्खनन्बाट उल्लेख भएको पाइन्छ क्रमस सोही स्थानबाट पश्चिमि मुलुकतिर फैलावट भई बैजानिक प्रयोगबाट सकारात्मक परिणाम आयसँगै यसलाई औषधिय उत्पादनको प्रमुख तत्वको रुपमा विकसित गर्दै आइरहेको छ । पूर्विय दर्शनको अथर्ववेदमा यसको महत्व प्रक्षेपण गरेबाट बैज्ञानिय युगभन्दा हजारौं बर्ष पहिला शिवबुटीको नामबाट नै प्रचलन आएकोले नै हाम्रो देशबाट उत्पत्ति भएको कुरामा दुइमत रहन सक्दैन । हामीले शिवको रुपमा मान्यौ तर पश्चिमाहरुले डलरको व्यापारतर्फ परिचालित नै गराउन सफल भएका छन् । 

नेपालको सन् १९६० बाट १९७० सम्म हिप्पीयुग थालनीभई नेपालको गाँजा विक्रीगरी करोडौं डलर प्राप्त गर्दथ्यो विश्वभरीबाट गाँजा प्रयोग गर्नको लागी हिप्पीहरु आइ लामोसमयसम्म यहीबसी आफ्नो देश नफर्कने कारणबाट अमेरीकाले गाँजा माथी प्रतिवन्ध लगायो तथा गाँजा खेतीलाई हानीकारक प्रजाति मानी संयु्क्त राष्ट्रिसंघमा लागु पदार्थको रुपमा दर्जगरिए पछाडी नेपाल जस्ता राष्ट्रहरु नतमस्तक भई वि.सं. २०३३ सालमा ऐन जारीगरी गाँजालाई प्रतिवन्धित गरियो । जसको कारण नेपालीले आयआर्जन गुमाए । व्यवसायिक खेतितर्फ आर्कसित किसानको आयआर्जन गुमाउनुपरेको थियो । वि.सं.२००८ मा नेपालको बारा, पर्सा, सिराहा, महोत्तरी, सर्लाही जिल्लामा केन्द्रित गरी दश विगाहमा गाँजा लगाउने प्रचलन राजपत्रबाट नै अनुमति दिइयो । पछि अमेरिकाको दबावबाट नेपालले सो व्यवसायलाई प्रतिवन्ध गर्यो तर सन् डिसेम्बर २८, १९२० मा अन्यलागुपदार्थबाट गाँजालाई अलग गरियो किनकी यो हाकीकारक होइन यसले मानव उपयोगी औषधिय तत्व छ भन्ने कुराको पुष्टी भएबाट खरबौं डलरको व्यपार गर्न अमेरिका सक्षम भएको छ ।

WHO ले अनुसन्धानगरी ९८% लाभदायक दम, दुखाईकम गर्ने खोकी, पाचन प्रणाली तथा लागुपदार्थ सेवनबाट छुटाउन करीव २५०० प्रकृतिका औषधीहरु बन्नेहुनाले यसलाई सकारात्मक अनुसन्धानले विश्वव्यापी यसको चर्चा चुलिएको मात्र होइन चम्कीन पनि थालेकोछ । १.२० विलियनको कारोबार भएको छ । ६५ भन्दा बढी मुलुकले प्रतिवन्ध फुकुवा गरी सकेका छन् । अमेरीकाका ५० वटा राज्यमध्ये ४६ वटामा गाँजा फुकुवा भई सकेको छ भने बाँकी ४ राज्यमा पनि खुकुलो पार्ने नीति जारी राखेको छ । गाँजाको जननी भनेर चिनिने नेपाल भने मृग तृष्णामा भौतारिनु परिरहेछ यहाँ । तर गाँजालाई मुल आम्दानीको श्रोस ठानिरहदा नेपाल किन मौन भन्ने कुरालाई संसदमा शेरबहादुर तामाङले नीजी विधेयकको रुपमा पेश गरे पछि सकारात्म उर्जा ल्याउनु भएको छ । भने यसपालिको बजेटले पनि सम्बोधन गरेर क्रान्तीकारी छलाङ मारेको छ ।

अमेरिका संयुक्त राष्ट्रसंघले लगाएको प्रतिवन्धले अब गाँजा उत्तम बनस्पति हो भनेर प्रमाणित गरिसकेका छ । अरुलाई प्रतिवन्धीत गरी आफु त्यही बस्तुबाट खरवौं डलर विश्व बजारबाट बटुल्ने योजना सार्वजानिक गरिरहेछ । अर्कोतिर २ डिसेम्बर २०२० मा गाँजालाई हानीकारक सुचीमा राख्नेकि फुकुवा गर्ने भन्ने सन्दर्वमा मतदान हुँदा ५७ देशमध्ये बहुमतको हटाउने पक्षमा मतदान गरे जसमा हाम्रोदेश पनि सामेल थियो । आखिर सत्य सावित भएरै छोड्यो २०७५ सालमा नेकपाका ४६ जना सभासदले सत्यलाई साथदिइ किसानको आर्थिक हितगर्न, आय बढाउन तथा निर्यातको प्रचुर सम्भावनालाई सम्बोधन गर्न औषधी उत्पादनमा आयात हुने गाँजालाई नेपाली गाँजा प्रयोग गर्न तथा विदेशी मुद्रा आर्जन गरी आयातलाई प्रतिस्थापन गर्नको लागि नेपालले गाँजालाई खुला गरिनु पर्छ भन्ने धारणाले अहिले सार्थकता पाएकोमा गौरव गर्नु नै उचित होला । केही सुधारकेन्द्र सञ्चालकहरुले भने कुनैपनि मुल्यमा गाँजा खेतिलाईमान्यता दिइनु हुदैन भनी एकोहोरो रटान लगाइरहेका छन् तर उनीहरुले गाँजालाई औषधीको रुपमा यसलाई लिएका छैनन् । विश्वव्यापी रिर्सचलाई मध्यनजर गरेको पाइदैन । 

अतः कोबेन बैंकले गरेको एक अध्ययनले सन् २०२५ सम्ममा करिब ३४ अर्ब अमेरिकी डलर बराबर गाँजा खपत हुने प्रक्षेपण गरेको थियो । त्यस्तै छिमेकी मित्र राष्ट्रले पनि करीव ६ अर्ब डलरको प्रत्येक बर्ष गाँजा निर्यात गर्ने गर्दछ । अमेरीका, क्यानडा, जर्मनी थाइल्याण्ड लगायत ६५ वटाभन्दा बढी देशले सरकारी नियमन र उच्च निगरानीमा रहने गरी आ–आफ्ना देशका किसानको हितको लागी गाँजाखेति खुला गरिएको घोषणा गरेका थिए भने हाम्रो देशले पनि सन् १९७० पूर्वको यथार्थलाई मध्यनजर गरी आधुनिकतालाई जोडी कृषिमा आधारित किसानलाई कृषिजोनमा जोडिइ कम्पनी स्थापना गरी श्रममा आधारित कायमगरी एकद्वार निर्यात नीतितय गरी सुरक्षा, प्राविधिक, प्याकेजिङ, प्रशोधन गरी प्रदेशमा कम्तीमा निर्वाचन क्षेत्रमा एउटा जोन निर्माण गरी अगाडी बढेको खण्डमा आयतको पूर्ण प्रतिस्थापन गर्न सकिने सम्भावना छ भन्न सकिन्छ तर राजनैतिक दाउपेच तथा छलकपट पूर्वक कार्यकर्ताको जिम्मा लगाउने दुश्कार्य तिर लागेको खण्डमा भने उपलब्धी शुन्य हुने निश्चित प्राय छ । नेपाल सरकारले गम्भीर भएर कठोर कार्यान्वयमा जोड दिएको खण्डमा निश्चय नै सही गन्तव्यमा पुग्न सकिन्छ । (लेखक अधिवक्ता हुनुहुन्छ ।)