काठमाडौं – सांस्कृतिक तथा अन्तरास्ट्रिय रेस्लिङ खेल शनिबार काठमाडौंको स्वयंभु भुँइखेल चौरमा सम्पन्न भएको छ । उक्त खेलमा स्वदेश तथा विदेशका रेस्लिङ खेलाडीहरु बिच महाभिडन्त भएको थियोे । 

अलटिमेट रेस्लिङ ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुति तथा स्वयम्भु भुंइखेल क्लबको आयोजना रहेको सो रेस्लिङ खेलको सभापतित्व नेपाली लेडि रेस्लर डाइगन मुना श्रेष्ठले गरेकी थिईन भने प्रमुख अतिथितिमा गण्डकी प्रदेशका पुर्व खेलकुदमन्त्री एवं हाल गण्डकी प्रदेशसभा सदस्य समेत रहेका राजिब गुरुङ उर्फ दिपक मनाङ्गे रहेका थिए । विशिष्ट अतिथितिमा भने बागमती प्रदेशसभा सदस्य उदब थापा र विशेष अतिथितिमा सन्दिप श्रेष्ठ रहेका थिए । 

राजिब गुरुङ (दिपक मनाङ्गे) र सन्दिप श्रेष्ठलाई सभापति लेडि डाइगन  मुना श्रेष्ठ मायाको चिनो खुकुरी प्रदान गरेकी थिईन् । खुकुरी नै प्रधान गर्नुको कारण चाहिँ  लेडि डाइगन मुना आफैँमा क्रान्ति प्रेमी र सच्चा देशभक्त नारी हुन् । सभापति श्रेष्ठले सात जनालाई सम्मान गरेकी थिईन् ।

सम्मानित हुने ब्यक्तीहरुमा साबित्रा लिम्बु , यम श्रेष्ठ ,धिरज खडका, शिव किङ डगोल, राम डगोल, सुमन नकाजु, देब कुमार राना रहेका छ्न् ।

पहिलो खेलमा नेपाली खेलाडी सेडि र ईन्टरनेशनल (ईन्डियन) खेलाडी मारुति चौहानबिच भिडन्त भएको थियो । निकै रोमाञ्चक भएको खेलमा नेपाली खेलाडी शोल सेडिले बिजय हात पारेका थिए। 

दोस्रो खेल ट्याग किङ च्याम्पियनसिप भएको थियो । खेलमा  खेलाडीहरु  चायनायक र जोन विच एउटै टिम पार्टनर भएर खेलेका थिए भने अर्को  टिममा अजिङ्गर र फागु थिए । दुई – दुई जना गरेर जम्मा चार जनाको बिचको शान्दार खेलमा अजिङ्गर र फागुको टिम बिजयी भएको थियो । 

तेस्रो ईन्टरनेसनल रेस्लिङ म्याच रेस्लर नेपाली खेलाडी बाबा बुइ र ईन्डियन रेस्लर खेलाडी आर के दास बिच भएको थियो  । उक्त खेलमा नेपाली खेलाडी बाबा बुइको बिजयी भएका थिए । चौंथो खेल गेम मेच हाडकोर रेस्लिङ खेल भएको थियो । उक्त खेलमा लेडि डाइगन मुना श्रेष्ठ र ज्वाला बीच महाभिडन्त भएको थियोे । उक्त खेलमा लेडि डाइगन मुना श्रेष्ठले बिजय हात पारेकी थिईन् ।

लेडि डाइगन मुना श्रेष्ठ र ज्वाला बीचको रोमाञ्चक र शानदार रेस्लिङसँगै खेल सम्पन्न भएको थियो।

उक्त खेल सम्पन्न गर्नको लागि रेफ्रीको भुमिकामा थिए गजेन्द्र वान्तावा र प्रेम तामाङ । सो खेलका कायक्रम संचालक रबिन खडगी र शिव बिक थिए भने सो रेस्लिङ खेललाई थप रोमाञ्चक बनाउन हिन्दु नेपाली चेलिहरुको महानचाड तिजको गीतमा मोडेल तथा डान्सर मनिषा राइले रोमाञ्चक निर्त्य प्रस्तुत गरेकी थिईन । यसैगरी रेस्लिङको महाभिडन्तका साथै रोमाञ्चक नित्यपछि  कायक्रम सम्पन्न भएको थियोे । कार्यक्रम समापन पश्चात  कलाकारहरुलाई मायाको चिनो प्रदान गरी कार्यक्रमका सभापति लेडि डाइगन मुना श्रेष्ठले कायक्रम सफल पार्न सहयोग गर्नुहुने सबै जनालाई धन्यवाद दिएकी थिईन ।