कमल चौलागाईं,

1: वुद्धको महापरिनिर्वाण ( देहान्त) -

वुद्ध यात्रा गर्दै जादा पावा नामको गांउ मा पुगे ।जहां उन्लाई चुंद कम्मारपुत्र नामको लोहारले भात ,रोटी र मद्वव (मसालेदार खाना) खान दिए। मद्वव अरुले पचाउन सक्दैनन भनेर वुद्धले केहि आफुले खाइ अरु जमिन मा गाडेर भात , रोटि अरुलाइ खान दिए।खाना पछि वुद्धलाइ पेटमा जोडको पिडा भयो ।" म थाकें यो च्यादर ओच्छाइदेउ र कुकुत्था नदी वाट पानी ल्याउ प्यास लाग्यो भनेर भिक्षु आनन्द लाइ वुद्धले भने। अनि त्यहि कुकुत्था नदीमा नुहाएर किनारामा चिवर ओच्छाई सुते । अनि फेरि केहि छिन पछि उठेर हिडेर हिरण्यवति नदी तरेर अन्तमा कुशिनारा पुगे। कुशिनारा पुगे पछि वुद्धले भने " मेरो जन्म पनि सालको रुखको विचमा भएको थियो।अव अन्त पनि सालको रुखको विचमा हुन्छ " भनेर " कुशिनारा मा जम्ल्याह सालको रुख छ त्यहि लगेर सुताउ अव मेरो अन्तिम घडि आयो " भने पछि आनन्द लगायत सवै रुन थाले। वुद्धले भने " मैले शुरुमै भनेको थिए कि जुन चिजको उत्पति हुन्छ त्यो अनिवार्य रुपमा मर्छ । किन रुन्छौ ? म मरे पछि मलाई गुरु भनेर नहिड्नु । मुर्ति वनाएर पुजा नगर्नु " भने । ई. पु . 483 को पुर्णिमाको मध्य राती त्यहि साल वनमै वुद्धले अन्तिम वाक्य " अप्पो दिपो भव " ( स्वयं को निम्ति प्रकाश वन ) भनेर देह त्याग गरे ।

2: वुद्धको अस्थु -

वुद्धको देहान्त भएको 6 दिन सम्म टाढा टाढा देखि मान्छेहरु वुद्धको दर्शन गर्न आए। सातौं दिनमा वुद्धको दाह संस्कार गरियो।उन्को अस्थु कस्ले लैजाने भनेर मगध राज्यको राजा अजातसत्रु , कपिलवस्तु का शाक्य र वैशालीका लिच्छवि हरु विच ठुलो विवाद भयो। झगडा शान्त नभए पछि द्रोण नामक व्राम्हणले संझौता गराई अस्थु 8 भागमा वाडेर 8 राज्यका 8 स्तुपमा राख्ने निर्णय भयो। त्यस ताका कुशिनारामा मल्लहरु राज्य गर्दथे । अस्थु वितरण गरिएका 8 राज्य हरुमा 1) अलाकप्पा 2) कपिलवस्तु 3) कुशिनारा 4) पावा 5) राजगहा 6) रामग्राम 7) वैशाली 8) वैप्दिप हुन । वुद्धको महापरिनिर्वाण भएको 300 वर्ष पछि भारतका मौर्य सम्राट अशोक ले ती 8 वटै स्तुपहरु खोलेर त्यहा वाट अस्थु झिकि आफ्नो साम्राज्यको विभिन्न स्थानमा वितरण गरि 84 हजार स्तुप निर्माण गर्न लगाए। 7 राज्यका स्तुप ( चैत्य) खोलेर अस्थु झिक्न सफल भए तर रामग्रामको चैत्य भने स्थानिय नाग जातीका मानिसहरुले " पैला हामीलाई मार्नोस अनि मात्रै खोल्नोस " भनेर खोल्न नदिइ सुरक्षा दिएर वसेका हुनाले उनीहरुको वुद्ध प्रतिको अगाध आस्था देखे पछि सम्राट अशोक त्यत्तिकै फर्केकाले रामग्राम चैत्यको गर्भमा वुद्धको अस्थु सुरक्षित रहेको विस्वास गरिन्छ ।

(3) रामग्राम र नेपाल सरकार -

वुद्ध पुर्णिमाको अघिल्लो दिन विसं 2081 जेष्ठ 9 गते वुधवार पर्यटन मंत्री हित वहादुर तामाङले रामग्राम स्तुपको गुरु योजना मंत्री परिषद वाट स्विकृत गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। वुद्धको अस्थु धातु रहेको रामग्राम ( तत्कालिन कोलिय राज्यको राजधानी) लाई वुद्ध जन्म स्थल लुम्विनी संग जोडेर एकिकृत विकास गर्ने गरि रामग्राम स्तुपक्षेत्रको विसं 2078 सालमा गुरु योजना वनाइएको थियो। " ग्रेटर लुम्विनी " नामक उक्त गुरु योजनाले स्तुप क्षेत्रको 117 विघा जमिन समेटेको छ ।जग्गा अधिग्रहणको लागि 1 अर्व 50 करोड र संरचना निर्माणको लागि 5 अर्व 50 करोड रुपैयां लागत अनुमान गरिएको छ। यो स्तुप स्थल नवलपरासी पश्चिम को सदरमुकाम परासी देखि 3 किमि दक्षिणमा रहेको रामग्राम नपा वडा नं 7 स्थित झरही नदीको किनारामा रहेको छ। लुम्विनी क्षेत्रको एकिकृत विकास नहुदा लुम्विनी आएका पर्यटकहरु 1) वुद्धको मावली गाउ देवदह ( हालको पण्डितपुर) 2) अस्थु धातु रहेको रामग्राम 3) सिद्धार्थ गौतम हुर्केको तिलौराकोट पुग्न सकेका छैनन ।

(4) वुद्ध र कार्ल मार्क्स -

ईसं 1861 मा Karl Koppens ले वुद्धका शिक्षा हरु भएको जर्मन भाषामा लेखिएको किताव कार्ल मार्क्स लाई पढ्न दिएका थिए। 5 वर्ष पछि Antoinette Philip संग भेट हुदा कार्ल मार्क्स ले वुद्धको शिक्षा अनुरुप " Keeping his mind in a state of nothingness " (मन लाई सुन्य अवस्थामा राख्ने ) अभ्यास गर्ने गरेको वताएका थिए ।