सुरेन्द्र ढकाल,

पश्चिम वर्लिनको जर्मन भाषा सिक्ने काम सकेर प्रशासनिक विज्ञानको स्नातकोत्तर अध्ययन गर्नको लागि राइन नदीको किनारमा रहेको जर्मनीको पश्चिम दक्षिण तिर झण्डै फ्रान्सको सीमा रहेको पुरानो शहर स्पायर आएको र विश्व सम्पदा सूचीमा रहेको त्यहाको काइजर डोम अवलोकन गरेको कुरा यस अघि वताइसके । स्पायर आएपछि हाम्रो विश्वविद्यालयले स्पायरका नागरिक र त्यहा पढन आउने विदेशी विद्यार्थीहरु वीच चिना परिचय मित्रता होस भनेर विश्व विद्यालयकै हलमा एक भेटघाट साझको आयोजना गरेको थियो । त्यस साझमा विदेशी विद्यार्थीहरुले आफनो प्रतिभा तथा आफनो देशको नृत्य अथवा गीत प्रस्तुत गरेका थिए । त्यस साझमा स्पायर शहरवासी ४५ परिवार सहभागी भएका थिए । त्यस साझमा मैले दउराली उकाली चढेर तथा चिसो चिसो हावामा भन्ने दुइ नेपाली गीत गितार सहित गाएको थिए । गान वजान सकिएपछि स्पायरका तीन परिवारहरुले म प्रति चाख देखाए जस्मा स्वाच्र्ज परिवार, क्लेमस्टाइन परिवार तथा होफमान परिवार थिए ।

त्यो साझ पश्चात यी परिवारहरुले मलाई उनीहरुको घरमा खाना वोलाउने, घुमाउन लैजाने अनि उनीहरुको चाडवाडमा सहभागी गराउने गर्दथे । यी तिनै परिवार नेपाल भने पछि हुरुक्कै हुने रहेछन । यसमध्ये स्वाच्र्ज परिवारले त मलाई केही समय पछिनै छोरानै वनाएको कारण एक किसिमले म उनीहरुको परिवारकै सदस्य भइसकेको थिए र उनीहरुले पनि कालान्तरमा नेपाल आई नेपाली हिमाली क्षेत्रमा ट्रेकिंग गर्ने योजना वनाइसकेको थिए । धनिष्टता वढदै जादा मैले मेरा जर्मन आमा वावु भाल्टर र एडिटलाई आफनी आमालाई जर्मनी देखाउने ठूलो इच्छा रहेको बताए । उनीहरुले पनि तेरो आमालाई लेराउ भनेपछि मैलै आमा रमा मात्रै नभै आमाकी साख्य वहिनी सानीमा रुमनलाई पनि जर्मनी लगेर उनीहरुको घरमा चारहप्ता सम्म राखे ।

सन १९८९ सम्म जर्मनी जाने नेपालीहरुले एकातर्फ भिसा लिन पर्दैैनथ्यो भने अर्को तर्फ नेपाली ध्वजावाहक तत्कालिन शाही नेपाल वायुसेवा निगमले आठ घण्टाको उडानमा काठमाण्डौबाट फ्रान्कफर्ट पुराउने कारणले गर्दा पनि मैलै आमा र सानीमालाई जर्मनी लग्न सहज भएको थिए । मेरा जर्मन वावुआमाको स्पायर अतिरिक्त म्यूनिखमा पनि आफनै घर भएको हुदा उनीहरुले म सहित हामी तिनै जनालाई आफनो भ्यानमा राखेर म्यूनिख लगे । त्यहा हामी तिन दिन वस्यौ र त्यही क्रममा त्यहाको विश्वविख्यात क्याथेड्रल मेरियन डोम  र शहरको केन्द्र काल्र्स प्लाच्ज अवलोकन गर्यौ । 

मेरियन डोम 

यस डोमलाई स्थानीय जर्मन जनताले फ्राउन किर्ख भन्छन । यो डोम जर्मनीको वायर्न प्रदेशको राजधानी म्यूनिक शहरको केन्द्रविन्दुमा रहेको छ । यो चर्चको पादरी आर्कविसप तहको भएको हुदा यस चर्चलाई क्याथेड्रल पनि भनिन्छ । कसैले यसलाई म्यूनिक डोम पनि भन्छन । यो डोमको निर्माण १२औ शताब्दिमा रोमन शैलीमा भएको थियो । तर पुरानोको ठाउमा गोथिक शैलीमा १५औ शताब्दिमा यो जुम्ल्याहा टावर सहितको डोमको निर्माण भएको रहेछ । २० वर्ष लगाएर वनाइएको यस डोमको निर्माण योर्ग फोन हाल्सवाखले गरेका थिए । निर्माणमा लामो समय लाग्नुको कारण निर्माणको लागि आवश्यक आर्थिक श्रोत र इटा ढुंगाको अभावनै मुख्य कारण भएको वताइदो रहेछ । वनाउदा वनाउदै पैशा र निर्माण सामाग्री अभाव हुन जादा सन १४७९ मा निर्माण कार्य ठप्प पनि भएको रहेछ । डोमको टावरलाइ जुम्ल्याहा भने तापनि उत्तरपट्टिको टावर झण्डै ९८ दशमलव ५७ मिटर र दक्षिणको टावर ९८ दशमलव ४५ मिटर रहेको छ । तर हेर्दा दुबै टावरको अग्लाई वरावरी जस्तो देखिन्छ ।

दुवै टावरमा दश दश गरी २० वटा घन्टीहरु झुण्डाइएका रहेछन जस्को तुलना यूरोपभरी रहेका कुनै चर्चसंग गर्न सकिदो रहेनछ । यी घण्टीहरु १४९० तिर धातु पगाली आलव्रेख्ट ऐन्स्र्टले वनाउन लगाएका रहेछन् । सन १५२५ सम्म एकसरो निर्माण कार्य सम्पन्न भइ वास्तुपुजा गरेको भए तापनि रंगरोगनको काम भने हुन सकेको थिएन । यो डोमको डिजाइन विजाइन्टाइन शैलीमा जेरुसेलमको डोमकै नक्कल गरी वनाइएको छ । दुइ लाख क्यूविक मिटर (लम्वाई चौडाइ र उचाई)मा फैलिएको यस डोमको हलमा एकै पटक २० हजार जनाले उभिएर प्रार्थना गर्न सक्ने रहेछन । यसैकारण पनि यो डोमलाई दक्षिण जर्मनीको सबैभन्दा ठूलो हल मानिदो रहेछ । यस हलमा दुइ लहरमा गरी २२ स्तंभहरु रहेका छन् । यी स्तंभलाई जोडने धनुषाकार दलिनको डिजाइन हाइनरिख फोन स्ट्राउविगले गरेका रहेछन् । दोश्रो विश्व युध्द ताका एलाइड फोर्सले गरेको हवाइ आक्रमणको कारण यो डोममा नराम्ररी क्षति पुगी छाना पुरै ध्वस्त भएको रहेछ र दुइ मध्य एक टावर क्षतिग्रस्त भएको रहेछ ।

यसरी क्षतिग्रस्त भएको डोमलाई विभिन्न चरण सम्पन्न गरी सन १९९४ मा गएर सक्ने योजना रहेछ । यस डोम भित्र १४औ देखि १८ औ शताब्दि वीचका विख्यात कलाकार पेटर कान्डीड, एरासमुस ग्रासर, यान पोलाक जस्ताले गरेका पेन्टिंगहरु राखिएको छ । यसै डोममा होली रोमन सम्राट लुइस १४औंको चिहान पनि रहेको छ । डोमको अवलोकन पछि हामी म्यूनिक शहरको मुटु काल्र्स स्क्वायर तिर लाग्यौ र त्यहा घण्टौ विताए पछि हामी घर फर्कियौ ।