टाम्पेरेको क्याथेड्रल अवलोकन गरिसक्दा दिनको ११ ब्जेको थियो । त्यो दिन मेरो टाम्पेरे बस्ने कुनै योजना थिएन । त्यसपछिको मेरो गन्तब्य भनेको आधारातमा सुर्य देखिने फिनलैण्डको उत्तरी भेगको अन्तिम शहर केमीयारभी थियो । दिउँसो २ बजेको टे्रन लिएर रोभिनियमी हुंदै केमीयारभी पुग्न ५ घण्टा रेल चढनु पर्ने रहेछ । तिन घण्टा टाम्पेरेमा मलाइ अझै बिताउनु थियो । त्यसैकारण लागे म टाम्पेरेको भाप्रीकी म्यूजियम हेर्ने तर्फ लागे ।
भाप्रीकी म्यूजियम
भाप्रीकी म्यूजियम टामेरकोस्कि नदिको किनारमा रहेको ताम्पेल्ला भन्ने ऐतिहासिक केन्द्रमा रातो इट्टाले बनेका भवनमा रहेछ । यो प्राकृतिक इतिहास संग्रहालय म्युजियम रहेछ । यस म्यूजियम भित्र १० विभिन्न वस्तुहरुको संग्राहलय रहेछ जस्मा मेडिया म्यूजियम रुप्रिक्कि, मिनरल (खानी सम्वन्धी) म्यूजियम, हक्कि हल, डल (पुतली) म्यूजियम, पोस्टल (हुलाक म्यूजियम), गेम्स (खेल) म्यूजियम, युध्द संग्रहालय आदि रहेछन् । नियमित प्रदर्शनीको अतिरिक्त हरेक वर्ष यहाँ इतिहास, प्रविधि र प्राकृतिक विज्ञान जस्ता विधामा अतिरिक्त प्रदर्शनी पनि आयोजना हुने कारणले गर्दा यहाँ नियमित दर्शकको अलावा विधासँग जोडिएका विज्ञ, वैज्ञानिकहरुले त्यस्ता प्रदर्शनीको अवलोकन गर्नुको साथै सहभागी पनि हुँदा रहेछन् । टाम्पेरे शहरलाई पूर्वको म्यानचेष्टर मान्ने कारण यो पुर्वी र पश्चिम यूरोपको सँगमस्थल रहेछ । त्यहीकारण यहाँ पर्यटकहरुको घुइचो लाग्दो रहेछ र टाम्पेरे आउने पर्यटकहरुले यो म्यूजियम अवलोकन गर्न सामान्यतया छुटाउदा रहेनछन् । म्यूजियम भित्र रहेको सबै संग्रहालयहरुको सरसरती अवलोकन गर्दा दुई घण्टा बितेको पत्तै हुदों रहेनछ । खानको लागि त्यही भित्र रेष्टुरा पनि भएको र पारिवारिकरुपमा पिकनिक पनि गर्न पाइने कारण यस म्यूजियम र यसको परिसर टाम्पेरेका जनताको लागि मात्रै मनोरञ्जन र ज्ञानको केन्द्रविन्दु नभै पुरै यूरोपको आर्कषणको केन्द्र रहेछ ।
0 comment