व्रेमेनकोे भित्री बजार क्षेत्र (मार्केट स्क्वायर) रोलाण्डको मूर्ति र भित्री बजार क्षेत्रमा रहेका पूराना घरहरु हेरेपछि म डेरा फर्किए । ब्रेमेन सिनेटमा काम सिक्ने अनि दिनको दुई बजेपछिको समय ब्रेमेनको ऐतिहासिक स्थल अवलोकन गर्ने मेरो दैनिक कार्य भित्र पर्दथ्यो । जसनुरुप मैले ब्रेमेनको तेश्रो अवलोकन स्थल त्यहाँको लेडी चर्चलाई बनाई पुरै तीनघण्टा त्यसको अवलकोन गर्दै बिताए ।
ब्रेमेनको लेडि चर्च
यो एउटा प्रोटेस्टेन्ट (एभान्जेलिक) चर्च रहेछ । ब्रेमेनको भित्री बजारको उत्तर पश्चिममा अवस्थित यो चर्च १३औ शताब्दिमा बनेको रहेछ । यस चर्च यसको कलात्मक शिसाका झ्यालको लागि प्रख्यात मानिदो रहेछ जसको डिजाइन फ्रेञ्च आर्टिष्ट आलफ्रेड मानस्सियरले गरेका रहेछन् । चर्चभित्र यसता झ्यालहरु १९ वटा रहेछन् । हरेक झ्यालहरुमा वाइवलमा उल्लेख गरिएको इश्वरको संसारलाई चित्रकलामा प्रस्तुत गरिएको रहेछ । जसमा तजभ धयचमि दभअबmभ ाभिकज, धभ बचभ तजभ बmदबककबमयचक या अजचष्कत भन्ने जस्ता शिर्षक दिइएको रहेछ । सन १९७३ देखि यो चर्च पुरातात्विक स्मारक संरक्षण ऐन अन्तर्गत ब्यवस्थित भएको रहेछ । शुरुमा ब्रेमेन बजारवासीहरुको मात्रै रहेको यो चर्च पछि शहर परिषदकै चर्चमा रुपान्तरित भएको रहेछ ।
चर्चको इतिहास केलाउने हो भने सन १०२० तिर यस चर्च रहेको स्थलमा एउटा नयाँ भवन ठडिएको जुन पुरै फ्रेस्को पेन्टिंगले सिगारिएको रहेछ र सन १२२० को मध्य तिर यो चर्चको स्तरवृद्धि भई वासिलिकामा परिणत भएपछि यहाँ भर्जिन मेरीको मूर्तिस्थापना गरी वास्तुपुजा गरिएको रहेछ । सन १२३० पछि गोथिक शैलीमा यो चर्चको पुनरनिर्माण गरि दुइवटा टावर थपिएको रहेछ । उत्तरी टावरमा ब्रेमेन शहरको अभिलेखालयलाई ब्यवस्थित गरिएको रहेछ भने दक्षिणी टावरमा घण्ट झुण्डाइएको रहेछ । पछि १४औ शताब्दिमा गएर यस चर्चभित्र समूहमा भजन गाउने स्थल ९ऋजयष्च० को निर्माण गरिएको रहेछ । पछि १९४४ मा भएको आगलागिको कारण चर्चको भित्रीभाग क्षतिग्रस्त भइ पुनरनिर्माण गरेपश्चात सन १९५३ मा चर्चभित्र संगीत यन्त्र ९इचनबल० जडान गरिएको रहेछ ।
पुर्ननिर्माणको क्रममा भित्तामा भएका फ्रेस्को पेन्टिग हटाइ र्इँटमा टिपकार गरिएको रहेछ । चर्चभित्र १९ औशताब्दिको दुई मूर्तिहरु र मध्यकालीन समयका केही चिहानहरु पनि रहेछन् । एउटा घोडा चढेको मूर्तिपनि भित्तामा रहेछ जसको निर्माण १९०९ मा गरिएको रहेछ त्यो मूर्ति प्रसियाका फिल्ड मार्सल हेल्मुट फोन मोल्त्केको रहेछ । पहिलो विश्व युद्धको समाप्तिपछि त्यस युद्धमा वीरगति प्राप्त सैनिकहरुको संझनामा युद्ध स्मारक पनि बनाइएको रहेछ जुन वास्तुविद (आर्किटेक्ट) ओट्टो ब्लेन्डरमानको परिकल्पना रहेछ ।




0 comment