ब्रेमेनको क्याथेड्रल अवलोकन गरिसकेपछि मेलै त्यहाँ अवलोकन गर्ने कुराहरु प्राय समाप्त भएको थियो । ब्रेमेन सिनेटमा मैले गर्नु पर्ने इन्र्टनको अवधि पनि छोटिदै गएको थियो । सिनेटमा मलाई काम सिकाउने जिम्मा लिएका डिटर पपहोसुनसँग मैले अरु केही कुरा अवलोकन गर्न बाकी छ कि भनेर सोध्दा ब्रेमेन नजिकैको उत्तरी सागरमा हेल्गोलाण्ड नामक जर्मन टापु रहेको र त्यो पर्यटकीय दृष्टिकोणबाट युरोप र विश्वप्रख्यात रहेको भन्ने थाहा पाएपछि म एक शनिवार विहानै त्यता तिर लागे, ब्रेमेनको शहरबाट ब्रेमेरहाफन (ब्रेमेनको सामुद्रिक वन्दरगाह) हुंदै कुक्सहाफन सम्म रेलमा र त्यहाँबाट पानी जहाज चढेर सो टापु जानु पर्दो रहेछ । यो ब्रेमेनको शहरबाट १३७ किलोमिटर उत्तर पश्चिममा रहेछ । कुक्स हाफन पुग्दा विहानको १२ वजेको थियो । त्यहाँबाट हरेक आधा वा एक घण्टामा पानी जहाज हेल्गोलाण्ड तर्फ लाग्दो रहेछ । क्रुजरमा भन्दा भीमकाय पानी जहाज चढेर जानु सस्तो पर्ने हँुदा मैले ठूलो पानी जहाजै रोजे र हेल्गोलाण्ड तर्फ लागे । कुक्सहाफनबाट हेल्गोलाण्ड सम्मको दुरी ६९ किलोमिटर मात्रै पर्दो रहेछ र २ घण्टा ३० मिनेटको पानीजहाज चढाइपछि हेल्गोलाण्ड पुगिदो रहेछ ।
हेल्गोलाण्ड
यो एउटा सानो द्धिपुुसमूह रहेछ जहाँ दुईवटा टापु रहेछन र दुवैलाई संयुक्त रुपमा हेल्गोलाण्ड भनिदो रहेछ । वर्तमानमा जर्मन गणतन्त्रको हिस्सा रहेको यो द्धिपसमूह इतिहासको कुनै कालखण्डमा डेनमार्क र कुनैबेला बेलायतको अधिनमा गएको रहेछ । उत्तरी सागरको उत्तरपूर्वि कुनामा रहेको हेल्गोलाण्डको जनसंख्या हजारको हाराहारीमा रहेछ । धेरै पर्यटकहरु हामवर्गबाट कुक्सहाफन हुदै हेल्गोलाण्ड जादा रहेछन । यहाँको स्थानीय जातीहरु जर्मन भएतापनि उनीहरु आफुलाई फ्रिसियान भन्दा रहेछन र उनीहरुको आफ्नै भाषा पनि रहेछ जसनुरुप हेल्गोलाण्डको अर्थ पवित्र भूमी हुन आउदो रहेछ । हेल्गोलाण्डको मुख्य टापु एकवर्ग किलोमिटर र सहायक टापु ७०० वर्गमिटरमा फैलिएको र चारैतिरवाट वालुवाको सामुद्रिक किनारले घेरिएको रहेछ । मुख्य टापुपनि समुद्रसंग जोडिएको होचो भूमि र उच्च भूमी भनिने टार गरी दुई किसिमको धरातलमा विभाजित रहेछ । तल होेचो भूमिमानै सबैतिर बाट आउने पानी जहाज विसाउने वन्दरगाह रहेछ । मुख्य टापुको अर्को आकर्षण भनेका यहाँ रहेका सुन्दर सामुद्रिक किनार (वीच) रहेछ । यहाँको सामुद्रिक किनार उत्तरबाट दक्षिण तर्फ लाग्दै जादा सामुद्रिक सतहबाट ५० देखि ५६ मिटरको उचाइमा रहेछ । यहाँको दर्शनिय प्राकृतिक संरचना भनेको एक ठूलो स्तंभ जस्तो देखिने ४७ मिटर अग्लो ीयलन ब्ललब नामक चट्टानको स्तंभ रहेछ । सन १७२० सम्म दुई टापुहरु एक अर्कासँग जोडिएर वसेका रहेछन तर त्यति खेर आएको आधिरुपी वाढीले टापुलाइ टुक्राइ दुई भागमा विभाजन गरिदिएको रहेछ । हेल्गोलाण्डको सबैभन्दा अग्लोस्थान भनेको समुद्रि सतहबाट ६१ मिटरको उचाइमा रहेछ । यहाँको समुद्रि सतहमा भेटाइएको मानव अवशेष र प्रयोग गरिएका वस्तुको आधारमा यहाँ प्राग ऐतिहासिक कालमानै मानव वसोवास भएको भेटिएको रहेछ र सन ६९७ तिर त यहाँ फ्रिसियानको राजवंशनै शुरु भएको रहेछ ।
सन १२३१ म यो टापु डेनमार्कको राजाको सम्पत्तीमा दर्ज हुन पुगेको रहेछ । परंपरागतरुपमा यहाँको ब्यवशाय भनेको माछा मार्नु, चराको शिकारी गर्नु आदि भए तापनि वर्तमान कालमा हावाले चल्ने पानीजहाज कुदाउने ९थ्बअजतष्लन बलम क्गचाष्लन० व्यवसाय खुवै चलेको रहेछ र त्यसको लागि धेरै पर्यटकहरु गृष्म ऋतुमा त्यहाँ जाँदा रहेछन । सन १८०७ मा शुरु भएको नेपोलियनको युद्ध अभियान ताका वेलायतीहरुले यो टापुलाई सैनिक जाशुशी र चोरी ब्यपारी ९क्mगननष्लिन० गर्ने स्थलको रुपमा विकाश गरेका रहेछन र त्यसैको लागि उनीहरुले कील संझौता अनुरुप यो टापु डेनमार्कबाट आफनो अधिनमा लिएका रहेछन् । पछि सन १८२६ तिर आएर हेल्गोलाण्डलाइ सामुद्रिक स्पा गर्ने स्थलको रुपमा विकाश गरिएको कारण यूरोपकै धनाढ्यहरु स्पा गर्न यहा आउन थालेपछि यो पर्यटकीय स्थलको ९च्भकयचत० को रुपमा विकसित हुन पुगेको रहेछ । यस टापुको सुन्दरताको कारण जर्मनी तथा अष्ट्रियाका विभिन्न स्थलहरुबाट कवि साहित्यकारहरु यहा आई साहित्यीक रचनाहरु सिर्जना गर्ने गर्दा रहेछन् । सन १८४१ मा हाइनरिख होफमान भन्ने एक जर्मनले हेल्गोलाण्ड पुगी लेखेको कविताको एक अंश जर्मनीको राष्ट्रिय गानमा समावेश हुन पुग्नुले पनि यो द्धिपसमूहको महत्व झल्काउँछ भन्दा रहेछन जर्मनहरु । सन १८९० मा आएर बेलायतले यो टापु जर्मनीलाई फिर्ता गरेको रहेछ । त्यसपछि यहाको विकाश नौसैनिक अखाडा र ब्यपारिक केन्द्रको रुपमा हुन पुगेको रहेछ । यस टापुमा अर्को महत्वपूर्ण कुरा भनेको यूरोपका धेरै देशहरुबाट धेरै जातिका चराहरु आई केही समयका लागि वस्ने गर्दा रहेछन । यसैकारण चरा अवलोकनको लागि यो टापु विश्वप्रख्यात रहेछ । पछि सन १९१८ तिर हिटलरको उदयसाथ शुरुभएको नाजीकालमा यस टापुलाई पुन नौसैनिक अखाडा बनाइएको रहेछ ।
दोश्रो विश्वयुध्दकालमा हेल्गोलाण्डमा ३ डिसेम्वर १९३९ को दिन वन्दरगाहमा रहेका जर्मन जहाजीबेडा माथि बेलायती रोयल एअर फोर्सद्धारा बम आक्रमण भएको रहेछ तर ठूलो क्षति भने पुगेको रहेनछ । तर १८ र १९ अप्रिल १९४५ मा ब्रिटिस रोयल फोर्सका एक हजार वटा फाइटर प्लेनले हेल्गोलाण्डमा सात हजार वम खसालेका रहेछन् । जनताहरु भूमिगत सुरक्षित स्थलमा रहेको कारण २८५ जान मात्रै मारिएका रहेछन । यही आक्रमणको कारण यो टापु मानव वस्तीको लागि अयोग्य भएको कारण त्यहाँबाट बस्ती उठाइएको रहेछ । युद्ध पश्चात विस्तारै यो टापुलाई विश्व पर्यटनको आकर्षकस्थल बनाइएको रहेछ ।




0 comment