बोडेन जे (तालमा) सिंगै मध्यान्ह क्रुज विहार गर्दा दिनको साढे १ बजेको थियो । बाँकी समय ताल नजिकै रहेका जर्मन शहर अवलोकन गर्ने क्रममा हामी लिण्डाउतिर लाग्यांै । त्यहाँ एक रेष्टुराँ पिठोले बनेको कचौरामा सिमीको झोल (सुप) खाने भनेर म लगायत मसँगै रहेका मेरा गेस्ट फेमेलीका सदस्यहरु सबैले त्यही कुरा मगायांै  । खाइ सक्दा दिनको सवा दुई जस्तो भएको थियो । तत्पश्चात हामी लिण्डाउ शहर अवलोकन गर्नतर्फ लाग्यांै  । 

लिण्डाउ
बोडेन जेको किनारमा अवस्थित लिण्डाउ शहर जर्मनीको पूर्व दक्षिणी सघीय राज्य वभेरिया (वायर्न) राज्यमा पर्दो रहेछ । यसको पूर्वी सिमानाले अष्ट्रियाको भोरालवेर्ग राज्यको ब्रेगेन्च्ज भन्ने शहरलाई छोएको रहेछ । यो सांस्कृतिक शहर प्राकृतिक तथा सांस्कृतिक रुप दुवैले सुन्दर हुुनुको कारण यो तालको टापुको रुपमा अवस्थित भएको कारणले रहेछ । लिण्डाउ शहर युरोपभरी नाम चलेको नभए तापनि यो जर्मन पर्यटन आकर्षण स्थलभित्रै पर्ने रहेछ । तर गृष्म ऋतुमा मात्रै नभै जाडो याममा पनि उत्तिकै पर्यटकहरु मनोरञ्जनपूर्ण दिनहरु बिताउन त्यहाँ जाँदा रहेछन् । यो शहर पुरानो तर धेरै सुन्दर भएको र स्थानीय खाना तथा हस्तकला बजारको लागि प्रख्यात पनि रहेछ । काठका फ्रेममा बनाइएका ससाना मध्यकालिन घरहरु निकै सुन्दर र मनमोहक रहेछन् ।  सानो शहर भएको हुँदा पैदलै शहर अवलोकन गर्ने थुप्रै हुँदा रहेछन र कोही कोही साइकल भाडामा लिएर पनि शहर अवलोकन गर्दा रहेछन् । यहाँको दर्शनीय स्थलहरुमा त्यहाँको बन्दरगाह लाइट हाउस र सिंहको शालिक, सन ११८० मा बनेको स्टेफान चर्च, सेन्ट पिटर चर्च, क्राइष्टकी आमा मारियाको गुम्वा, म्युजियम हाउस च्जुम काभाच्जन, टाउन हल, थिएटर र बगैंचा र पार्कहरु पर्दा रहेछन । 

लाइट हाउस 
लाइट हाउस बोडेनजेको वन्दरगाहमा ठडिएको टावर जस्तो देखिदो रहेछ । यो ३३ मिटर अग्लो र २४ मिटर गोलाइको रहेछ । यस्को अगाडि मोहोडाको भित्तामा चालु अवस्थामा टाँसिएको एउटा घडी पनि रहेछ । यसको निर्माण सन १८५३ देखि लिएर १८५६ को अवधीमा भएको रहेछ । समुद्र भएर आउने जहाजी बेडालाई धेरै परबाट वन्दरगाह प्रवेशको उज्यालो संकेत देखाउने अग्लो स्थान ९ःयभि० को रुपमा यस लाइट हाउसमा अक्टोवर ४, १८५६ पहिलो पटक तेल प्रयोग गरी रांको बालिएको रहेछ । पछि त्यस प्रयोजनको लागि मट्टितेल र ग्यास प्रयोग गर्न थालिएको रहेछ । पछि सन १९३६ मा आएर विद्युतबाट बल्ने प्रणाली जडान गरिएकोमा सन १९९० देखि सो बाल्ने कार्यलाई अटोमेटिक बनाइएको रहेछ । हरेक ३ सेकेण्डमा सो बिजुली गोलाकार हुँदै बल्दो रहेछ । बोडेन जे तालको वरिपरि पाइने वनस्पती तथा प्राणीहरुबारे जान्न चाहनेहरु र तालको फोटो खिच्न पर्यटकहरु त्यो लायट हाउसमा पुग्दा रहेछन् । हामीले पनि त्यहाँबाट तालको दृश्यावलोकन ग¥यौं । त्यसै गरी बन्दरगाहको अर्कोपट्टि रहेको विशाल सिंहको मूर्ति पनि हे¥यौं ।