ब्रेमेनमा एक महिना बसी इन्टर्न गरी स्पायर फर्केर त्यहाँ सिकेको कुराबारे विश्वविद्यालयमा प्रतिवेदन बुझाउनु पर्ने हुँदा त्यही कुरामा ब्यस्त भइयो । अव विस्तारै जर्मनीको दुईवर्षे अध्ययन सकिने अवस्थामा थियो । त्यसै बीच मेरो गेष्ट फेमेली तथा मित्र मोनिका क्लेमस्टाइनले एक शनिवार दिनभरी प्र्रmान्कफर्ट घुम्ने प्रस्ताव राखिन । स्पायरबाट ११२ किलोमिटरको दुरीमा थियो । हामी विहान ७ वजे आफनै कारमा संघीय राजमार्ग ९ब्गतयदबजल क्तचबककभ० हुँदै त्यता लाग्यौ र कार पार्किग गरी फ्रान्कफर्टको भित्री पूरानो शहर पुग्दा विहानको ८ः३० बजे मात्र भएको थियो ।


फ्रान्कफर्ट शहर
माइन नदिको किनारमा अवस्थित यो शहर बस्न र व्यवसाय गर्नको लागि संसारकै १० सुन्दर र व्यवस्थित शहर भित्र पर्ने रहेछ । न्यूयोर्क जस्तो गगनचुम्वी भवनहरु भएकै कारण यसशहरलाई यूरोपको मानहट्टन पनि भनिदो रहेछ । अन्तराष्ट्रिय ब्यपारमेलाको  लागि प्रसिद्ध यो शहर सांस्कृतिरुपबाट पनि विश्व पर्यटकीय स्थल भित्र पर्ने रहेछ । फ्रान्कफर्टमा हुने विश्व पुस्तक प्रदर्शनी संसारकै एकमात्र घटना मानिदो रहेछ । यस शहरभित्र कला, विज्ञान र इतिहास झल्कने थुप्रै म्यूजियम पनि रहेछन । छोटो समयमा यहा आई अवलोकन नगरी नहुने स्थलहरुमा पूरानो बजार रोमरवेर्ग, सेन्ट निकोलाउस चर्च, जस्टिस फाउन्टेन, पूरानो टाउन हल र इम्पेरियल हलहरु पर्ने रहेछ । हामी उहि दिन फ्रान्कफर्ट गई उहि दिन बेलुका फर्कने गरी गएको कारण एक दिनमै सकेसम्म धेरै स्थल अवलोकन गर्ने उद्देश्यले पूरानो शहर रोमरवेर्गबाट अवलोकन गर्ने कार्य शुरु गर्यौं ।
रोमरवेर्ग 
फ्रान्कफर्टको पूरानो शहरको मुटुमा रहेको यो रोमरवेर्गमा मोटरगाडी निषेध गरिएको र पैदलै हिडेर पुग्नु पर्ने रहेछ । १५औ शताब्दी देखिनै रोमरवेर्ग फ्रान्कफर्ट नगर प्रशासनको मुख्यस्थल रहेछ । पवित्र रोमन सम्राटको राज्याभिष्ोक समेत आयोजना गरेको यो स्थल पछि  गएर क्रिसमस बजारको रुपमा विकसित भएको रहेछ । क्रिसमसको रौनकमा यहाका चिटिक्क परेका पशलहरु  हेर्नमात्रै भनेर विश्वका विभिन्न देशहरुबाट पर्यटकहरु यहा आउने गर्दा रहेछन् । यो चोकबाट ठ्याक्कै वाहिर पट्टी माइन नदी पर्ने हँुदा ग्रिष्मकालमा झनै बढी पर्यटकहरु यहा आई रोमरवेर्ग अवलोकन गरी नौका विहार पनि गर्ने गर्दा रहेछन्् । १५औं देखि १८औं शताब्दी वीच बनेका ११ वटा मध्यकालिन अति सुन्दर भवनहरु रहेको यस स्क्वयार विश्वकै पर्यटकीयस्थलमा गनिदो रहेछ । यी भवन मध्येहरु एक भेर्टहाइम भवन चाहि दोश्रो विश्व युद्धताका बम आक्रमणबाट जोगिएको रहेछ र वाकि १० वटा भवनहरुको पुर्ननिर्माण भने सन   १९५४ मा सम्पन्न गरिएको रहेछ ।  तिनतले भिरालो छाना भएका यी भवनहरुका चिटिक्क परेका वार्दलीहरु निकै मनमोहक देखिदा रहेछन् । यी भवनहरु रोमरहरुले सन १४०५ तिरै फ्रान्कफर्ट नगरलाई विक्री गरेका रहेछन्् । सन १९६३ मा यही आएर अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले आफना प्रशंसकहरुको भीडलाई सम्वोधन गरेको कारण पनि यस स्थलको ऐतिहासिक महत्व वढेको बताउँदा रहेछन त्यहाँका मानिसहरु ।


जस्टिस फाउन्टेन
चारकुने चोकको आकारमा रहेको यो रोमरवेर्ग वीच जस्टीस फाउन्टेन नामक एक सुन्दर (फोहरा) रहेछ । सन १५४३ मा ढलोटले वनेको यो फोहरा रोमन देवी जुस्तित्सिया प्र्रति समर्पित रहेछ । एक हातमा तरवार अर्कोमा तराजु बाट सुसज्जित यी देवीको यो मूर्ति धेरैपटक जिणोद्धार भइसकेको रहेछ । सम्राट माथियासको राज्याभिषेकको अवशरमा यो फोहरावाट पानीको सट््टा अंगुरको रक्सी (वाइन) छरिएको रहेछ ।