काठमाडौं - प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको विषयमा चासो राखेका थिए । साथै, हालै सम्पन्न भारतको राजकीय भ्रमणका उपलब्धिबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई नभेटेका प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि शीतल निवास पुगेका हुन् । यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए ।