काठमाडौं - प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई व्यावसायिक आचरण, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले समसामयिक सुरक्षा चुनौतीको सामना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनका नीतिगत प्राथमिकताअनुसार काम गर्न निर्देशन दिएका हुन् ।
महानिरीक्षक केसीले इमानदारी, निष्पक्षता र अनुशासन कायम राख्दै परिणाममुखी कार्यसम्पादन गर्न तथा नेपाल प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न जोड दिएका थिए । कार्यक्रममा काठमाडौं उपत्यकाबाहिर कार्यरत प्रहरी उपरीक्षकहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।


0 comment