परीक्षा कोइराला,

आमाले भनिन्बाल्यकालमा

“नानी” त –स्वतन्त्र छस् , “उडान गर “

बा ले किशोरमा भने –

छोरी त केही फरक छस्, अन्य

लिंगी /पुरुषभन्दा,

साथीहरुसँग भेट्दा –कौतुहलता –

मेरो ,

साथीहरु – “पुरुष भिन्नै रे “ !

               “महिला भिन्नै रे” !

भिन्नताको पर्खाल

बुझिन मैले भिन्नतामा उचता

बतायो समाजले भिन्नता

निचता

भन्यो – नारी !

त त छस् – दायित्वयुक्त

पढायो कर्तव्यको पाठ

पढ्नै पर्यो –

वरपर तलमाथि त्यही भनेपछि

त्यही लेखेपछि

पढाएको पनि त्यही –

उड्न त् खोजीको हु – नि म !

तर गुड्न त के !

पाइन नि हिड्न पनि

छेक्ने के के के ले !

पर्खाल जताततै –मात्रै चार दिवारी

सकिन – म निस्कन

खोजे निस्किन बल गरेर

अरु त के आमाहरु –

आफन्तहरु , दिदी र भाउजुहरु –

भन्थे –अनुशासनको छाडी देखाउदै

“नानी !मात्तिनु हुन्न है !”

बुझ्दिन म – “मात्तिनु “

कसरी मात्तिइन्छ –“मान्छे “

हो रहेछ –निर्वलताको हतियार !

त्यो उत्तरदायित्व भन्ने अनुशासन

देख्छु- आमा पनि त्यही छन्

निर्वाह गरिरहेकी

भाउजु र दिदीहरु

युगौ युगको परम्परा रे l

कथित आदर्शका औलाहरु

मेरा वरिपरी

कहाँ पाए र मैले

अगाडी बढन

पटक पटक भनियो –

खबरदार ननाघ यो दिवार

बसिरहू

 हिड्न हुन्न त –

तेरो आसन त स्थिर हुनुपर्छ , भन्छन्- त्यही

गतिशिलता , तेरो काम होइन

युगौदेखिको यो कथन

मेरो दर्द हुने

शिरभरि बोकेर – यो भारी

“लक्ष्मण रेखा “को दासत्व

द्रौपदीहरुको व्यथा बोकेर

अभिशप्त भै

आज म विद्रोह गर्दैछु –

आफै हिड्न कम्मर कसिरहेछु –

आफै जगृत बनेर –

उज्यालो र ज्वाला बनेर