परीक्षा कोइराला,

कवि दिलीप श्रेष्ठ  (२००९ साल  संखुवासभा ) को  लघु कवितामा चौथो कृति नबनाएको घर अत्यन्तै मार्मिक , संबेदनशील छ l उनी कुनै बेला सरकारी कर्मचारी  l उनी नेपाली साहित्य जगतमा पटक पटक सिर्जनामा उदाएका  नक्षेत्र हुन् l उनी २०५३ सालमा जिन्दगी यात्रा कहाँ रोकु, (केही कविता गीत ), २०७४ मा रेल चढेपछि (केही कविता केही गीत ) तथा २०७७ सालमा खेलापारिकी आमा (कवितासंग्रह ) बाट क्रमस नेपाली साहित्यमा अगि बढे l  

लघु कविताको विशेषता नै खदिलो , छोटो र मिठो हुनु हो l  दिलीप श्रेष्ठ संवेदनाका , मुटुका , मस्तिष्कका कबि हुन् l कविताका सधन अभिव्यक्तिकार हुन् l कवि दिलिप श्रेष्ठको कविताका भाव सुन्दर छन् l प्रयोग गरिएका वाक्य संगठन मनोमोह्क छ l पढ्दा आनन्द आउछ र शब्दले मन मुटु छुन्छ -

 “झुल्के घामको सुनौलो किरणमा

 जिन्दगी शीतको थोपा सरी

फूलको तरेलीमा टल्कियोस्

 ( शुभकामना पृष्ट १)

 

कविले आफ्ना अनुभव र अनुभूति उत्कृष्ट ढंगले पोखेका छन् l

कवि  पहिरो , पहाड र मनमा लेख्छन् -

पहिरोले

जब पहाड

खसिरहेको हुन्छ

मेरो मन

खस्दै गएको

त्यही पहाड उक्लिन थाल्छ

र भनिरहेको हुन्छ

त्यो खस्दै गएको पहाड

रोक्न पाए हुन्थ्यो

कविताले कविको सूक्ष्म मन छर्लङ्ग पारिदिन्छ -

 “साझ परिसक्दा पनि

यदि हिड्नु नै छ भने

भीरको अप्ठेरो बाटो

नहिडे हुन्थ्यो

जहा विपत्ति र विनाश

अधिअधि

र आफु पछिपछि लागेको

पत्तो हुदैन

(अर्धबिनाश पृष्ट  ७)

 

थोरै लाईन वा हरफमा पनि अर्थ आउने कविता सशक्तिकरणको , क्रान्तिको माध्यम बन्न सक्छ कविताको इतिहासमा l कवि लेख्छन् -

था छ तिम्रो गर्भमा

 थुप्रै छटपटाएका यातनाहरु छन्

थुप्रै हारेका याचानाहरु छन्

तर मेरो चाहना तिमीबाट

 बलियो आट र कसिलो मुठ्ठी लिएको

 भरोसाको बालक जन्मनु पर्छ

 के तिमी सक्छौ ?

 तर म भन्छु तिमीले सक्नुपर्छ l

( उजुरी पेटिका पृष्ट ४०) –

 

आधुनिक कवितामा एज्रा पाउण्ड , डब्ल्यु , एस . मर्विन र दोरोथी पार्कहरुले पाच हरफ मात्रैमा कविता लेखेका छन् l ती कविता लघु भएता पनि घनत्व बढी छ l  वर्तमान समयमा बेफुर्सदिला पाठकलाई लघु कविता नै बढी रोचक लाग्ला भन्ने मान्यता छ l

 ७९ वटा शीर्षकका कविता रहेको यस कृतिमा विभिन्न मनमा अभिव्यक्ति पोखेका छन् l जिन्दगीलाई म कसरी बुझुदेखि जिन्दगी खै कस्तो कस्तो जस्ता दार्शनिक पक्षका बारेका प्रश्न उठाएका छन् l उनी आमाको परिभाषा देखि खप्तडको प्रकृति सँग डुबेका छन् l

पछाडिको ढोका कविताले  लेखकको  शब्द शब्दमा जादु दर्शाउछ l जस्तै :

 “अगाडिको मूलढोका खुला छदाछदै

यदि कोही

पछाडिको ढोकाबाट छिर्छ भने

नि : सुन्देह उस्को शिर निहुरेकै हुन्छ

 (पछाडिको ढोका पृष्ट ८)

 

 

उनका कवितामा नेपाली समाजका विकृति, विसंगती र अन्धबिश्वास झल्किन्छन् l  हिउमा छोपिएका आमा चराहरु, पोथी लामखुट्टे र माकुरा जस्ता जीवजन्तु : इन्द्रसरोवर , कैलास मानसरोवर , बगर र चौतरी जस्ता प्राकृतिक स्थल तथा काडाका फूलजस्त प्राकृतिक स्थल तथा पोखिएका भाव  सांकेतिक अभिव्यंजना पाईन्छ l

 महामारी , बढी-पहिरो , कोभिड जस्ता प्रकोपले जीवनमाथि परेका कुप्रभाव कवितामा पोखिएको छ l मिलन -बिछोड, मानवीय गुण र नेपालको राजनीति गरिवी अपूर्ण सपनाहरु बारेमा यिनका कविताले समेटेको  l

 

 कबि श्रेष्ठको कवितामा नबनाएको घरमा एउटा घर बनाउने रहरको कुरा गरीएको छ जहा हृदयको खुशीले वास पाओस् l उनको सपना छ बाआमाले वास पाउन् तर उनको इच्छा

 कबि भन्छन्

 “बा आमा त

मैले बनाउन नसकेको

मेरो हृदयको घरमा बस्छन्

रमाएर बस्छन् खुशी खुशी बस्छन्

कवि दिलीपका कविता पठनीय , मननीय  भावनाको सुरिलो पन l दिलीपका कविता आफ्नै बान्की संवाद छन् l आफ्नै प्रकारका l   चोटिला उस्तै l कवि श्रेष्ठ कवितामा पाइने जीवनका साश्वत सत्य र समसामयिक यथार्थ हृदयस्पर्शी रुपमा आएका छन् l मनोमोहक आफ्नै पहिचान सहितका विचार र अनुभूतिको एकाकार l कविवर तुलसी दिवसले भने झैँ यिनी कविता यात्राको उकालो चढिरहेका छन् l  उनैले भनेका शब्दलाई सापटी लिएर म भन्छु – “झुल्केको घामको सुनौलो किरणमाउनी साकार हुन् l

कवि श्रेष्ठलाई    निरन्तर सिर्जनाको  हार्दिक शुभकामना साथ बधाइ पनि l