आमा तिमी अँधेरीमा जाँतो एक्लै दल्दै थियौं
पेट मेरो भरी दिन गहँुको च्याख्ला फल्दै थियौं ।।
झरी बादल जे भए नि मेला पात गर्नु नै छ
भोको पेटमा रुमलिदै दिन दिनै गल्दै थियौं ।।
सन्तान एउटै विदेशमा दासी बनी लडी राछ
पीडा मनको गरुङ भई थकानले ढल्दै थियौं ।।
तर पनि जुध्नुपर्ने समय छ बलवान
डाँडाको घाम भएपनि चले सम्म चल्दै थियौं ।।
सपनीको सुख सम्झी बाहिरी हाँसो देखाउदै
कठै सन्तान रुन्छ भन्दै व्यथा आफ्नो छल्दै थियौं ।।
संघर्षको बाढीबाट ननिस्कदै जिबन गयो
मेरो बाबु भन्दै बरा चितासँगै जल्दै थियौं ।।।