यो माटोमा मेरो गन्ध बसेको छ, ।
यो हावामा मेरा सपना बगेका छन् ।।
यी चउर, यी बन, यी खोलाहरूमा ।
मेरो सास जस्तै सजीव कथा चलेका छन् ।।
मेरो देश — हिमालको टुप्पो ।
जहाँ स्वाभिमान चुलिएको छ ।।
मेरो देश — तराईको खेत ।
जहाँ पसिना र प्रेम फुलेका छन् ।।
शान्तिको गीत गाउँछ पोखरीहरु ।
स्वाभिमानको गर्जन गर्छ पहाडहरु ।।
आकाश छुने सगरमाथाबाट ।
स्वाभिमान झैं गर्विलो बग्छ सन्देश ।।
यो देशको हरेक माटोको दाना ।
हजारौं वीरका रगतले भिजेको छ ।।
अनेक चोट, अनेक आँधी आए ।
तर कहिल्यै झुकेको छैन यो देशको शिर ।।
मेरा सपना यहाँ फुल्छन् ।
मेरो भविष्य यहाँ पलाउँछन ।।
म मुर्छिएको देश होइन।
बलिदान र इतिहास बोकेको मुलुकमा बाँच्दछु ।।
शत्रुले आँखा गडाए भने ।
मेरो छाती ढाल बन्छ ।।
आन्दोलन उठ्नुपर्ने भए ।
मेरो कलम भालाझैं गर्जन्छ ।।
म देशका लागि ।
हावा जस्तै स्वतन्त्र बग्न चाहन्छु ।।
आकाश जस्तै निश्चल फैलिन चाहन्छु ।
र माटो जस्तै नम्र भएर, देशमा समर्पित रहन चाहन्छु ।।
मेरो देश, तिमीलाई प्रणाम छ ।
ती वीर शहीदहरूलाई सलाम छ ।।
जसले आफ्नो सपनाको सट्टा ।
हाम्रो स्वतन्त्रताको पहरेदार बने ।।
आज म बाँच्छु, तिमी बाँच्छौ ।
भोलि हामीसँगै नयाँ इतिहास रच्नेछौं ।।
देशभक्ति कुनै कुरा होइन शब्दको ।
यो त सासै सासमा बगेको धड्कन हो ।।
मेरो देश, मेरो आत्मा ।
जसलाई म सधैं माया गर्छु ।।
र जति बाँच्न पाएँ ।
यिनै हिउँका छायाँहरूमा बाँच्न चाहन्छु ।।





0 comment