काठमाडौं - नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले अस्वीकार गर्ने बताए । न्यायाधीशलाई न्यायको कामबाहेक अरू काममा लगाउनु मिल्दैन भन्ने बारको अडान रहेको उनको भनाइ छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा उनले  न्यायाधीशले नै आफैँ तथ्य पत्ता लगाउने र प्रहरीको काम पनि आफैँ गर्ने हो भने न्यायप्रणालीमा गलत नजिर बस्ने र यसले फौजदारी कानुनको सिद्धान्तलाई असर गर्ने धारणा राखे । 

समितिले मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयकका सम्बन्धमा काठमाडौंभित्र रहेका स्थानीय तहका न्यायीक समिति संयोजक, बार, नगरपालीका महासंघ लगाएतसँग छलफल गरेको हो ।