काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा निरन्तरताको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएपछि उक्त निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च पुगेका हुन्। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।
कार्की निकट कानुन व्यवसायीका अनुसार रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै पुनः आईजीपी पदमा बहाली गर्न माग गरिएको छ। सरकारले केसीलाई आईजीपी नियुक्त गरेपछि बुधबार नै उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।


0 comment