काठमाडौं - तिहारका अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ । बैंकले २ दशमलव ५ ग्रामको सुनको असर्फी प्रतिथान रु ६५ हजार ४ सय तोकेको छ भने १० ग्रामको मेडालियनको प्रतिथान रु ३ हजार ८ सय रुपैया तोकेको छ ।
बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ । सुनको असर्फी तथा चाँदीका मेडालियन गरिद गर्न सर्वसाधारणहरुको भीड लागेको छ । बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि हुने महाशाखाले जनाएको छ ।


0 comment