काठमाडौं - सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए।

चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किदा उनीहरुको मृत्यु भएको हो  । ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको तथा दुर्घटनामा परेका दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।