काठमाडौं - साहित्यकार तथा अग्रज पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ ।
गोरखापत्रका पूर्वकायममुकायम प्रधान सम्पादक तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत रहेका चालिसेको शुक्रबार बिहान नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।
आमसञ्चार तथा पत्रकारिताको अध्यापनसमेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारितासम्बन्धी र दर्जनौं साहित्यिक पुस्तक प्रकाशित छन् ।
२००८ असार २२ गते जोरपाटीको आरुबारीमा जन्मिएका चालिसेको केही समयअघि मात्रै उनको ‘युगसन्धि’ नामक उपन्यास प्रकाशित भएको थियो ।




0 comment