राकेश कुमार शर्मा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब राणाको शक्ति देखाउने समय आएको छ । सर्वोच्च अदालतमा आफ्नो स्वार्थ अनुकुल बनाउन केही नेताहरूको सर्वोच्च अदालत माथि हस्तक्षेप भएको छ । राणाहरु कहाँ सम्मको खतरनाक हुन्छन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणाले आफ्नो आँट, हिम्मत र साहस देखाउने समय आएको छ । प्रधानन्यायाधीश ज्यु दोस्रो जंग बहादुर राणा बन्नुहोस । मुलुकलाई दोस्रो जंग बहादुर राणा चाहिएको पनि छ ।
नेपालको नेताहरूको बोलीमा कसैले पनि विश्वास नगरे हुन्छ । नेताहरूले मिठो मिठो कुराहरू गरि जनता हरुलाई पटकपटक झुक्याउन मात्र जानेका छन । जनताहरु कस्ता अन्धभक्त छन भने नेताहरूले दुधको रंग कालो हुन्छ भने मान्न तैयार हुन्छन । हामी जनताहरुले अमेरिका, चीन, भारत मुलुकका राजनीतिज्ञ नेताहरू र एमसीसीको फातिमा सुमार लगायतलाई गाली गर्नु वाहियात हो । राजदुतावासहरु गएर जात्रा देखाउनु वाहियात हो । मुलुकको नेताहरूले अमेरिका, चीन र भारत मुलुकहरूलाई समेत झुक्याई रहेका छन । दोषी र जिम्मेवारहरु हाम्रो मुलुकको नेताहरू छन । मुलुकमा नेताहरू बीच चलिरहेको द्वन्द बार्गेनिङको खेल हो । हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई यति मात्र बुझे हुन्छ । काँग्रेस, माओवादी र नेकपा समाजवादीका नेताहरू बीच बार्गेनिङ मिलेपछि अकस्मात प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाममा महाअभियोग दर्ता भएको हो । हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई यति मात्र बुझे हुन्छ । यसकारण प्रधानन्यायाधीश ज्यु अब मुलुकलाई तत्काल दोस्रो जंग बहादुर राणा चाहिएको पनि छ ।
स्वतन्त्र नेपाली नागरिक : राकेश कुमार शर्मा

0 comment