तिपृकोट छार्काभोट सीमा सन्धि :
(राजा भानसाही रानी भानमताको रजाइस–राजादेश शाके १४५१ संवेत १५८६ सन् १५३० तिरको)
श्री बद्रनाथो जयति श्रीमक्तिनाथ : सहायः
श्री राजायत (नारायण) साहि रानी भानमतारानीको रजाई तलराज्य गैरा गुयाषोली झ्याग्यासलाबर देभि (षि) चिउरात्य मउर्यापांतिचौरको डिल उवो मथि छुर्काभोट् बाटुली पाटन उदो श्रीभानासाही राजा भानभतारनिको रजाई सुनाम रावत उममल राजा कालुमल राजा ले दोसदे म वसनु आफ्न सियन बसनु भनि निमित सनद गरी दीञ्यू तिति ३ ले मथिका भोट को देषि … (अस्पष्ट २ पङिक्त न बुझिने)
अर्थात् भानासाही राजा र भानमता रानीको रजाइ – रजाइस – राजाज्ञा यो छ कि – तल राते गैरा. गृह्यखोली. झाँगे सल्ला वर देखि. चिउराते. मौरेलेख. पातीचौरको डिल, उभो माथि छार्का भोट बाटुलीपाटन उधो. सुना रावत. उममल राजा. कालुमल राजा ले दोसाँधका वस्नु, आफ्ना सिमानामा वस्नु. भनि. निमित्त सन्धि गरी दिञौ. तिमि तीनले माथिका भोटको …. देखि…..
जो जुमला तिपृकोट दराको राज्यको सीमा रेखा हो । तलका दुइ पङ्क्ति दुष्पठ छन् । कल्यालका पाला भाइहरुलाइ तिपृकोट अंश राज्य थियो । विक्रमसाही प्रभृति अरु राजा पनि भेयेका थिये । यसै गरी रारा हुम्ला रास्कोट प्रभृति आँशाराजु थिये । उनिहरुका पनि सीमारेखा यस्तै प्रकारका थिये । भानासाही जुमलाका राजा हुन् ।
राष्ट्रकूत सन्निधाना सीमा सन्धि शोक १५४२ संवत् १६७७ सन् १६२०
(कल्यालराजा विक्रमशाइ र रास्कोटी राजा शाइमलशायका ठकुराचाकारे रेष सीमारेखा)
१) … स्ति, श्रि (श्री) शोक १५४२ भाद्पदमासे दिनगता ९ कृष्णपेक्ष…
२) … सरे अश्विनीनक्षेत्र पंचम्यां तिथौ धौल्यात्रिमाहाराजस्थाने …
३) … हाराजाद्धि (धि) राजा विंक्रमशाइकि मया साइमल्साइ (उ) पर मया …
४) … भैछ विंक्रमशाइ शाइमलशाइकि ठकुराचारकि रेष् ऐशि…
५) … रेष राग्म कृपा भै थि शो रेष उजारि मया भैछ । शाइमल राजा …
६) … विक्रमशाइको गरायो गर्नु भन्यो शुंनु । घाल्या जानु वैद्या आउनु…
७) … विक्रमशाइ शत्राशत्रा मित्रामित्र शाइमल््शाइले गांनु विक्रंशा.
८) इका शत्रु शाइदवा वाटो ठाहार दिनैन म यवात्रिव । ज्यु हन्नु विक्रं
९) शाइ छाडि अर्काको मुष् शुंग्निन । अत्रिगोत्र छाडि रविगो
१०) त्रध मिशि (सि–भि) गग्रालुं (नुं) पुराना पातकि जो शुंदवंमकि संकल्पकि रे
११) ष् पाइ थिय उइ रेष विक्रंशाइले. शाइमल्शाइ. तुशार षोला
१२) उदो गुलिगाड उभो दुइ मान्म. सहित् संकल्प गरि मया भैछ ।।
१३) शाइमलराजकि रेष भित्रको शाइमल्शाइको टरि पर विक्रंशा
१४) इले मुष् सुग्नैन । कोइ तातो प्रि गरंत छ्यात् दिनु छ्यात् पानु
१५) उ(हू) दा भया (पा) डाका लाई ता चुक त १२ वार शेर शुन चबघानि
१६) ले काडि दिनु शाचा हुं त चबघानिले शेकि दिनु ब्राम्हन् शिम्
१७) खाड्या दासु जोइसि निवापान्या राघब जोइशि चउडिला
१८) ० गाइ विस्नुहरि जोइसि धिताल. मानिकु जोइशि घोड्या
१९) गी. मनोरथ देउकोटो आनन्द्र जोइशि इनु ब्राम्हन्ले संक
२०) ल्प घाहिं (घालि) दिनु पुन शारग् जोइशि शत्याल् लोषडिले शेकि दिनु ‘
२१) एश रेष् शाइमल वकंतत्रे सुजा हनं तं तिर्न ।। ६।। दिग्गजकमठकुलाचलफणि
२२) पतिविधृतापि चलति वसुधेयं । प्रतिपन्नममलमनसां न चलति पुंसां
२३) युगांतेपि ।। ।। यो यस्मीन् समय राजा जायतै (ते) त्र तपोवलात् । तेनाहं ध
२४) मिणां धर्म पालनीयात्प्रजत्नतः ।। अत्रसाक्षी बुद्धि धर्म चंद्र सूर्यमल्कै
२५) भूमण्डलका साक्षि । नाग्मका संविलदु राजा हितचदुराजा हितपरिम–
२६) ल राजा कंठराज शमुद्रगाराजा पंच भैंया विघ्रां राजा अमोझ् राजा शो
२७) वर्तराज् थवराज् विष्ट जोगु महत्र जितु महत्र अजु महत्र मदन्
२८) राउल मंजितकार्कि अजितुराउल् वाम्भाट् कासिपाम्या (द्या) दिप
२९) रोकाया शालिवान्वुडा रत्नुभँडारि रामुरोकाया जैतुविष्ट वि
३०) र्भान्वुडाÞ थापा मुशुथापा इत् राइमल्भँडारि कासिजोइसि म
३१) ट्यालि भाज्वद्र (भागचन्द्र) मगोल राजा वा –ना) ग्मका लिषित् ग्यान् सुद्ध ।। धौल्या
३२) त्रि वशि तामापत्र मया भयाका वि(विं) त्यारू काम्डि महत्र शुंदर मह
३३) त्र पर्ताप् राउत् पिपलगाइ हागु जोइसि दामोद्र जोइशि ।
३४) कोइ अलिनु वलिनु लागत विक्रंशाइले शाइमलशाइ
३५) फगो हालि छोप्नु माको हालि निष्ननु चैतकि दशै १ रागो ढ …
३६) …. नु (धनु) घ शिंनाइ देवराजा गुपु पाध्या लिषित साक्षि …
३७) … हरि जोइसि ।।शुभमस्तु ‘ श्री रामाद् …
यो ताम्र वीशौँ पंति(माझमा) भाँचियेर दुई टुक्रा भयेको छ । शिरान पुछारमा दुवैतिर अलिअलि टुक्रियेर महत्वपूर्ण धेरै अक्षर मासियेका छन् । अत्रिको ठाउँमा औत्रि भन्ने पछि कोरेको छ । शाइमलशाइका अन्तिम शाइ पदलाइ थिचेर कुच्यायेको छ । डोरि लगायेर झुण्डाउनलाइ शिरानका पङक्तिमाथि माझमा र १८ अठारौं पङ्क्तिका शिरानमा . र्छडेर दुहुटा प्वाल पारेका छन् । दुवै टुक्रा जोडेमा मुडकि हात लामुछ । भाँचिनाको कारण खुलेन । तर यो ताम्रपत्र सन्निधाना (सन्नि) तीखाशुली कोट राजधानीबाट अशीदरा गैरागाउँका रमाकान्तका पुर्षा न्यूपान्या थानीले लगे, ताहाँ वाट सिंजामा गयो, सिंजावाट सन्निधाना ल्याइयो. राजा अरू कागतपत्र समेत लियेर लोषाडाका काजी जिंम्मावाल धर्मसिंह विष्टका घरमा वस्ता कतिपय वर्ष काजीका घरमा रह्यो. वाहाँवाट उज्ज्याल गाउँ ल्याइयो. उज्यालगाँउवाट वंशावली मिलाउन अछाम तडीगैरा पातलगाँउका पठान वुडाले लगी राखेको थियो, यसै वर्ष (२०१२) आश्विन मा हामिहरू इतिहासानुसन्धानार्थ आयेको चर्चा जल्दा रास्कोटीराजा शाइमलशाइका सन्तान राजा गोरषवहादुर (तिलविक्रम) साहले भक्त वहादुरसाही र कर्णवहादुरसाही दुई जना भैयाद साथ लगि जाइ तडिगैरावाट ल्याउनु भयेको छ ।
यस विषयमा यस्तो जनश्रुतिछ– विक्रमशाइ र शाइमलसाइ मामाचेला फुपुचेला हुन् । विक्रमशाइकी विख्यातसौन्दर्या सुनकेशा रानीलाइ चोघानवाट टिपेर खोचरनेर धौल्यात्री राजधानीका राजा झम्पनले लग्यो । कल्यालराजा विक्रमसाइले ३ चोटी लड़ाई गरे, सुनकेशा रानी ल्याउन सकेनन् र सान्नितीखाशूलि आइ ९ दिन सम्म धर्ना कसि शाइमलशाइको गुहार मागि जाई चौथो लडाई दिंदा, सान्निका रास्कोटी राजा शाइमलशाइका पैकेला वुडाले झम्पनलाइ वैठायो र सुनकेशा रानीलाई फर्काये । यस उपकारका उपलक्षमा तैसैठाँउ वसेर युद्धमा सहयोग दिन आयेका अरू राजा र प्रसिद्ध योद्धाहरुलाई साक्षी राखी यो कुराचारको रेष(सीमा रेखा) लगो को हो , यस इतिवृत्तको द्योतक यो चुटकिलो (लोकगीत) प्रसिद्ध छ ।
“झम्पनको रातो वखु छुरिले छेक्याको ।
साइमलसाइका हात पड्नु कर्ममा लेख्याको ।।
झम्पनको रातो वखु चौघान चौड मिल्क ।
झम्पनको चडन्या घोडो चौघान् चौड़ खिल्क ।।
ईत्यादि ऐतिहासिक क्रमबद्ध चुटकिला देवताका पैठ आदिमा पैठारू खेलाडीहरू गाउँ छन् । यस्ता इतिहास प्रधान चुटकिला रत्याडी गर्ने वुढेउलिमा अधिक पाइन्छन् । उसै वर्ष सुनकेशा रानी मर्दा रास्कोट लहर्याला गाउँनेर छत्यालकोट मुनि वड्डा चौरमा ढुङ्गे मदूष वनायेरराजारानी को चौंरो (चिंहानं) साथै राखेको छ ।
परिभाषाः धौल्यात्रि महाराजस्थान= जुमला उत्तर खोचरनाथनेर चौदविसदराको राजधानी । ठकुराचारकि रेष= वरवरीका इष्ट मित्रहरुको परस्पर उपकार प्रत्युपकारको शिष्टाचारमा निर्धारित । रेखो= सिवाना सीमारेखा । राग्म= जुमला अछाम भानाकोट र दुल्लू का माझको कर्णालीको घाट । घाल्या= हाल््या, पठाया । वैद्या= वोलाया । विक्रंशाइ शत्राशत्र मित्रामित्र= विक्रमशाहीका शत्रुशत्रु. मित्र मित्र । गांनु= गर्नु । शाइदवा= साइधुवा । ठाहार= ठौर । यवात्रिव= भन्नमूलैमा स्पष्ट छैन. । मुष्शुग्निन= मुख । नसँध्नु= कुरा न सुन्नु । अत्रिगोत्र= रास्कोटीको । रविगोत्र–कल्यालको । गग्रालुं= मुलैमाप्रष्ट छैन. । तुशाखोला= सान्नि र रास्कोटका सीमाको खोलो । गुलिगाड= राग्ममाथीको यौटा गाड़ । दुइ मान्म= मलयवर्माको राजधानी खाँडाचक्र लेखमान्म र औल मान्य । टरिपर= छोडि अर्काको । तातोप्रि= तातो पीरो । गरंत= गरून्त । छ्यात्= छ््यात्२ शिलालेख. धर्म. प्रतिज्ञा । छ्यात्= सफाइ । पानु= पाउँन । चवघानी= चौघानका राजा । शेकी= शीक सेवा । स्याफल= सिर्तो कर । घडि= गहि= घालि । वकंतत्रे सुजा हनंतं तिर्न= ताम्रापत्र भाँचिेका ठाँउमा परेकाले मूलेमा दुरूह छ । नाग्मा =सिंजा र रकालदरा का माझको गाउँ । हित्= हितान् । मट्ययाली= माट्या पुराना माटाको धनी । मगोल= मङ्गल मङ्गोल ? तिषित्= ग्यान । सुद्ध= लिखित ज्ञान शुद्ध । वि (वि ) त्यारू= दूतकद्वारा=द्वार्यामार्फत् मन्त्री । अलिनु, लागत= खल्लो लाग्यो भने । खुकलो पना र अटेरी हुन लाग्यो भने । फगो= पागो= पासो, माको= मात । धेरैठाउँ खण्डित र सन्दिग्ध छन् । यो ताम्रपत्र अचेल सान्निका राजासँग छ ।
(आज ७ भाद्र २०७४ देखि योगी नरहरिनाथद्वारा लिखित ‘इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह–भाग १ महत्वपूर्ण सामग्री यस विशाल नेपाल डटकमा क्रमिक रुपमा सम्प्रेषण गर्दैै जानेछौँ । –सम्पादक)
0 comment