काइजर्सलाउर्टेनबाट बुण्डेसलिग हेरी हामी उहि दिन बेलुका स्पायर फक्यौं । अव हाम्रो दुईवर्षे स्नातकोत्तरको पढाइ पनि विस्तारै अन्त्य हुंदै जादै थियो । सेमेष्टरको अन्त्यमा इनर्टन गर्न भनेर विश्वविद्यालयले मलाई बे्रमेनको सिनेटमा पठाउने निर्णय गरेको रहेछ । जसनुरुप म मार्च महिना पुरै ब्रेमन शहरको सिनेटमा वसेर काम सिक्ने भनेर त्यता लागे । ब्रेमेन ठूलो जनसंख्या भई संघीय राज्यको हैसियत भएको नगर भएको कारण यस्लाई नगर राज्य ९क्तबमतकततबतत० भनिदो रहेछ र त्यस्को प्रशासन नगरपालिकाले हेर्ने नभै निर्वाचित सिनेटले हेर्दो रहेछ । अनि त्यहि सिनेटमा वसेर इन्टर्न गर्न म गएको थिए । गएको पहिलो दिनमै डिटर पुपहोसन नाम गरेका एक कर्मचारीसंगै उन्को कोठामा वसेर मैले काम सिक्न पर्ने रहेछ । मैले उनलाई ब्र्रेमेनमा अवलोकन गर्न लायक स्थल वारे सोध्दा उन्ले त्यहाको टाउनहल, चर्च, म्यूजियम मार्केट स्क्वायर, स्नुर नाम गरेको प्र्राचीन टोल, रोलाण्डको मुर्ति आदि वताए अनि मैले एक महिनाको वसाइमा विस्तारै ति सबै कुरा हेरी सक्ने निधो गरे । हरेक दिन विहान नौ बजेदेखि दुई वजेसम्म सिनेटमा काम गर्थे अनि बाँकी समय व्रेमेन घुम्न निस्कन्थे । यस क्रममा मैले सबैभन्दा पहिले टाउनहल अवलोकन गर्ने निर्णय गरे । सो वमोजिम म त्यहाँपुगेपछि एउटा पोष्टकार्ड किने जसमा डिटरले भनेको सबै स्थलहरुको तस्वीर अंकित रहेछ तत्पश्चात म टाउनहल अवलोकन गर्न तर्फ लागे ।
ब्रेमेन शहरको टाउन हल
गोथिक शैलीमा इटैइट्टाले वनेको यो भवन नै ब्र्रेमेन सिनेटका अध्यक्षको स्थायी निवाश रहेछ । यस्को वास्तुशैलीका कारण यो पुरै यूरोप र विश्वभरी प्रख्यात रहेछ । स्मारक कानून अन्तर्गत संरक्षित यो भवन पछि गएर यूनेस्कोको सम्पदासूचीमा पनि परेको रहेछ । ब्र्रेमेनको मुख्य ऐतिहासिक वजार क्षेत्रको उत्तरपूर्वमा ठडिएको यो भवनकै अगाडि रोलाण्डको मूर्ति रहेछ । अनि भवनको ठीक अगाडि त्यहाको चेम्वर अफ कर्मशको भवन र दक्षिणपूर्व तर्फ ब्रेमेन नगर राज्यको संसद र यी दुवै भवनको पूर्वमा ब्र्रेमेनको क्याथेड्रल रहेछ । क्याथेड्रलको उत्तरी कुनामा ब्रेमेनका विख्यात संगीतकार गेरहार्ड माकर््सको मूर्ति ठडिएको रहेछ र यो मूर्तिको उत्तरमा ब्र्रेमेनको लेडि चर्च रहेछ ।
ब्र्रेमेनको टाउनहल सन १२२९ तिर निर्माण भएपश्चात नाचघरको रुपमा र पछि १२५१ तिर नगर पार्षदहरुको निवासस्थान, नगर अदालतमा परिणत हुंदै गएको रहेछ । पछि यो भवन ब्रेमेनको ब्यपार संघले लिएछ र त्यसले पनि यो भवन सन १५९८ मा कुनै ब्यक्तिलाई वेचेपछि यो निजी सम्पत्तीमा परिणत भएको रहेछ । पछि गएर यो भवनलाई कसको अधिनमा राख्ने भन्ने विषयमा व्र्रेमेनको आर्कविशप र मेयरको ठूलो हानथाप भएको रहेछ र अन्तमा गएर यो मेयरको निवासहँुदै सिनेटको अध्यक्षको निवाश बन्न पुगेको रहेछ । यस टाउनहल भवनमा झण्डै उत्तिनै क्षेत्रफल भएको माथिल्लो र तल्लो तलामा गरी दुई विशाल हल रहेछन र दुबै हलको शुरुमा र अन्तमा विशाल प्र्रवेशद्धार र वजार तर्फ फर्किएका वार्दलीहरु रहेछन्् । यही हलको मुन्तिरको छिडी भने हल जस्तै विशाल नभै विभिन्न कक्षहरुमा विभाजित गरिएको रहेछ । मुख्य हलमा रोमन साम्र्राज्यकालिन १६ वटा मूर्तिहरु सजाइएको रहेछ जस्ले ब्रेमेन शहरले कुनै बेला रोमन सम्राटको राजधानीको हैशियत पाएको झल्काउदो रहेछ । १६ मूर्तिहरु मध्ये ४ मूर्तिहरु जर्मन दार्शनिकहरुका रहेछन् । भवनलाई दुइ जना मान्छे हिडन सक्ने मोटो पर्खालले घेरिएको रहेछ जहावाट भर्यांग चढेर भवनको चारवटा साना टावरमा जान मिल्दो रहेछ । टाउनहलको पछाडि पट्टि जोडेर निर्माण गरी कोठाहरु विस्तार गरिएको रहेछ जस्को माथिल्लो तलामा नगर परिषदका कक्षहरु रहेछन्् ।
१६औ शताब्दिमा भएको पुर्नजागरण कालमा यो भवन र आर्कविशपको दरवारको वीचमा पर्ने गरी तिनतला थपिएको रहेछ । त्यतिखेर बे्रमेनको आर्थिक समृद्धि वेस्सरी चुलिएको कारण यस भवनमा भएका दशवटा झ्यालहरुलाई हटाई विशाल कलात्मक घुमाउरो दलिन (आर्क) मा परिणत गरी भवनलाई आधुनिकरुप दिइएको रहेछ जसमा आर्किटेक्ट ल्युडर फोन बेन्टहाइमको ठूलो योगदान भएको बताइदो रहेछ । पछि १६०८ र १६१२ वीचको अवधीमा यो भवनको रुप पुरै परिवर्तित देखिने गरी झ्यालको स्थानमा पिलर सहितको सार्वजनिक घोषणा गर्न मिल्ने गरी विशाल ढोका जडान गरिएको रहेछ । पछि सन १६८२ मा गएर भवनको पछाडि बारोक शैलीको एकै लहरमा एकै किसमका झ्यालहरु भएको कक्षहरु थपिएको रहेछ ।
सन १८१८।१९ मा यो भवनको केही भित्रीभाग भत्काई नवशास्त्रिय शैलीमा पुनरनिर्माण गरिएको रहेछ । पछि १८२६ भवनका भित्ताहरुमा चिराहरु देखिएपछि अगाडिका मोहडा नविग्रने गरी मर्मत गरिएको रहेछ । सन १८२० र १९०० को अवधिमा ब्रेमेनको जनसख्यामा दोब्बर तेब्बर वृद्धि भएको कारण नगर सभासदहरुको संख्या वृद्धि हुन जादा १९०९ मा यो भवनको छिडिको कक्षहरुको भित्ता भत्काई दोब्बर ठूलो विशालहल बारोक शैलीमा निर्माण गरिएको रहेछ जुनकार्य म्यूनिखका आर्किटेक्ट गाव्रियल फन सिड्लको नेतृत्वमा सम्पन्न भएको रहेछ । दोश्रो विश्व युद्धताका भएको बम आक्रमणको कारण शहर ६० प्रतिशत ध्वस्त भएता पनि यो भवनमा भने आंशिक मात्रै क्षति हुन पुगेको रहेछ जुन पछि जिणोद्धार गरिएको रहेछ ।




0 comment