काठमाडौं - कैलालीमा भिरबाट टेम्पो खसालिएको घटनामा प्रहरीले १० वन कर्मचारीलाई  नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गरेको टेम्पो वन कर्मचारीले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

डिभिजन वन कार्यालय धनगढीले भने सडक छेउको छाप्रो हटाउने क्रममा सन्तुलन नमिल्दा कवाड भइसकेको टेम्पो भिरबाट खसेको दाबी गरेको छ । सो घटनालाई लिएर सर्वत्र आलोचना हुन थालेपछि प्रहरीले चासो देखाउँदै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गरिबको गीत गाउँदै प्रधानमन्त्री बन्न सफल भएका बालेन्द्र शाह गरिबलाई नै खेद गर्न थालेको धेरैको गुनासो छ । डोजर लगाएर गरिबका बस्ती भत्काउँदैमा गरिबी नहट्नै भन्दै सरकारलाई गरिब होइन गरिबी हटाउन सामाजिक सञ्जालनमा धेरैले सुझाव र प्रतिक्रिया जनाएका छन् ।