काठमाडौं: काठमाडौ प्रहरीले सुन जस्तो देखिने धातु देखाई १ करोड ३९ लाख भन्दा बढि रकम ठगी गर्ने मानिस पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्विचरण नगरपालिका १ घर भइ जिल्ला काठमाडौं, नयाँ बसपार्क बस्ने वर्ष २८ को अनिष थापा मगर रहेका छन।
मगरलाइ प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, टोखा नगरपालिका ९ मिलन टोल स्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो।
प्रहरीले मगरलाइ सुन जस्तो देखिने पहेँलो धातु जस्तो बस्तु देखाई पटक पटक गरी रु १ करोड३९ लाख ३० हजार रकम ठगी गर्नेलाइ नक्कली सुन जस्तो देखिने पहेंलो धातु ८५६ ग्राम सहित पक्राउ गरी ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो ।
साथै निज अनिष थापा मगर जबरजस्ती करणी कसूर मुद्दाको कैदी रहेको र २०८२ भाद्र २४ गते नख्खु कारागारबाट भागेको भन्ने समेत खुल्न आएको पनि।जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।


0 comment