एक देशका घृणित अपराधीलाई अर्को देशमा समर्पण गर्ने फेब्रुअरी १०, १८५५ मा सम्पन्न भएका सन्धिका चारौँ धाराका पूरक भइ थप गौ–चोर(गाइचोर्ने) लोकपदाधिकारहिरु (अधिकृत कर्मचारि) द्वारा कपटपूर्ण गरिएको अपहरण तथा भयङ्कर चोरी सम्बन्धि जुलाइ २३, १८६६ को याददास्त–

हर म्याजेष्टीको भाइसराय र वृटिश इण्डियाको गर्भनर जनरल सम्मानीय महामहिम सर जोन लैर्ड मैर लरेन्स व्यारोनेट जी.सी. बी. तथा के.सी. एस्. आई द्वारा पूर्ण शक्ति प्रदान गरिएको निपाल दर्वार स्थित वृटिश राजदूत कर्णेल जर्ज रामजे र आफना महाराजाधिराज द्वारा यस कार्यको लागि पूर्ण अधिकार प्रदत्त निपालको प्रधानमन्त्री तथा कम्याण्डर–इन–चिफ महाराजा जङ्गबहादुर राणाको बीचमा यहाँ यो सन्धि सम्पन्न भयो ।

उनै पक्षहरुद्वारा फेव्रुअरी १० तारीख, १८५५ तदनुसार फागनु ८, १९११ सम्वत्मा सम्पन्न गरिएको सन्धिका पणहरुमा नै रहेर तथा सीमान्तका झगडालाई रोक्न र सीमानामा हुने अपराधहरुको पूर्ण नियन्त्रण गर्ने अभिप्रायले गौचारी, भयङ्कर चोरी अर्थात् असंख्य धन–दौलत चोरीका मुद्दा र वैयक्तिक कुटामारी जस्ता अपराधहरु उक्त सन्धिको धारा चारमा स्पष्ट गरिएका अपराधीहरुको सूचीमा थपिएका छन् र तिनको दुवै सरकार द्वारा परस्पर सुपूर्द गर्ने माग गरिने छ । वास्तवमा तिनीहरु एवं रीत अनुसार नियमित रुपले अपराधिहरुको सूचीमा गाभिएका छन् ।

यो सन्धि जुलाईको २३, १८६६ तदनुसार आषाढ २६, १९२३ सम्वत्मा काठमाँडुमा सम्पन्न भयो ।
(सहि) जी. राम्जे, कर्णेल नेपालस्थित वृटिश राजदूत (सही) जान लरेन्स. गभर्नर जनरल यो सन्धिमा गभर्नर जनरलद्वारा अगष्ट ९, १८६६ सिमलामा मोहर गरियो ।