नेपालका तर्फबाट जनरल माथवरसिंह थापा र ब्रिटिश सरकारका तर्फबाट ब्रिटिश दूत मेजर एच.एम. लेन्सबीच यो सहमति कायम भएको छ कि नेपाल र ब्रिटिस राज्यको सीमानामा सीमा स्तम्भद्वारा निर्धारित नदीहरुको हकमा नदीहरुले आफ्नो साविकको बाटो बदलेमा दुई देशबीचको सीमा दुइटा सीमा स्तम्भ बीच सोझो भएर गएको मानिन्छ । यसो गर्दा दुवै देशलाई कुनै क्षति नपुगने मानिएको छ र यो प्रवन्ध दुई देशका सिमानामा पर्ने नदीहरुले आफ्नो बाटो बदलेमा मात्र लागू हुनेछ । जहाँ–जहाँ सिमानाको स्थिति संदिध्न छ र संदिध्न रहने सम्भावना छ ती–ती स्थानहरुमा भविष्यमा कुनै कचिंगल नउठोस् भन्नका लागि निशिचत दुरीमा एकपछि अर्को सीमास्तम्भ निर्माण गरिनेछ ।
यो व्यवस्था पूरै नेपाल र ब्रिटिस सीमामा लागू हुनेछ र दुवै सरकारको तर्फबाट सिमानाको निरीक्षण र जाँचबुझ गर्न खटिएका अधिकारीहरुले यसैको आधारमा आफूलाई तोकिएको दायित्व पूरा गर्नेछन् नयाँ निर्माण गरिने सीमा स्तम्भहरु पुरानाभन आकार प्रकारमा फकर भई एकैनासे हुनेछन् । मर्मत गरिनुपर्ने सीमा स्तम्भहरु पुरानै आकार र प्रकारमा पुनर्निर्माण गरिनेछन् । हरेक नयाँ र पुराना सीमा स्तम्भहरुको वास्तविक अवस्थिति उल्लेख गरिएको लिखित हन्दिी र फारसी भाषामा लेखेर त्यसको एक–एक प्रति दुवै देशका सीमा आयुक्तहरुले (अधिकारीहरु) आफूसँग राखेर एकप्रति नेपालका प्रधानमन्त्री समक्ष र एकप्रति व्रिटिस दूत समक्ष पठाउने छन् ।
0 comment