रामशरण पाण्डे

सन् १८५७ मा वंगाल ईलाकाका हिंन्दुस्थानी फौजले हंगामा गर्दा फसाद उठन जादामा नेपालका महाराजाले सुगौलीमा भयाको अहदनाम लि सरकार, अंग्रेज – नेपालका विचमा कायम भयाको सन्धिमा मैत्री संवन्धलाई इमानसंग कायम राख्नु मात्र होइन सिवाना नजिकका मुलुकमा सन्तुलन कायम राख्नलाई खुसीसंग व्रिटिश सरकारका सहयोगमा फौज पठाइदिनु तेस पछि लखनौ फेरी दषल गर्नामा र बिद्रोहलाई दवाउन अंग्रेजि फौजलाइ उर्जा दिन नेपालले फौज पठाइ दिई लडाञीको सकिय अंग्रेजी नायव गवरनर जनरल वाहादुरवाट नेपालले अंग्रेजी सरकारलाई यो ठुलो काम ग¥याको निगुता भनि सुगौलीमा भयाको अहदनामाले अंग्रेजी सन् १८१५ मा सरकार अंग्रेज वाहादुरलाई सपुर्द भयाका काली नदी र गोरखपुरका वीचको सरकार नेपालका तराइको सबै जमिन नेपाल सरकारलाई फिर्ता गरि दिनु भनि लाठ साहेव वाहादुरवाट हुकुम वकसनु भयो अ‍ैल्हे नेपाल दर्वारले मुकरार गरि पठायाका कमिस्नरहरुका स्वरुपमा सर्दार अंग्रेज वाहादुरवाट यस कामलाई मुकरर भै आयाका साहेवान् कमिस्नरहरुले यो सबै जमिनमा चिन्होलाई दिया पछि लाई २ सरकारका सिवानाको निसाना निमित्त पक्का लट्ठा बनाइयो औ मुलुक दस्तुर माफिक नेपाली कारिन्दा हरुका सुपुर्द गरियो सर्कार नेपालको यस मुलुकमा सदा सर्वजा मजवुतीसंग दषल रहोस भन्या र यो मुलुक फिर्ता गरि दिदाको कारण निश्चय गरि चिन्हो जान्नलाई यो तल लेषियाको अहदनामा दुवै सरकारका विचमा भयो ।

दफा १

यस अहदनामाले वदलियाको कुरा वाहेक सरकार अंग्रेज वाहादुर र नेपालका माहाराजका विचमा आजकाल जारि रह्याका सबै अहलनामा र यकरारनामा वाहाल रह्याको लाई यो अहदनामाले बलियो गरिन्छ ।

दफा २

अंग्रेजी सन् १८१५ मा सरकार नेपालको दखलमा रह्याको काली औ रापती नदिका विचमा तराईको सबै जमिन रापति नदी र जिला गोरखपुरका विचको तराईको सबै जमिन अंग्रेज सन् १८१५ डिसम्वर महिनामा २ तरिखका दिन सुगौलीमा भयाको अहदनामाको दफा ३ ले व्रिटिश सरकारका सपुर्द भयाको त्यो सबै जमिनका राज्यको पुरा अख्तियार यस अहदनामाले सरकार अंग्रेज वाहादुवाट नेपालका माहाराजालाई वक्सनु हुन्छ ।

दफा ३

सिवाना नाप्ना निमित्त मुकरर भयाको अंग्रेज साहेवान कमिस्नरहरुले नाप्याको कालि अर्थात् सारदा नदि देखि पुर्व वगौरातालको उत्तर पहाडको फेदी सम्म लट्ठाले चिन्हो लायाको सिवानाको लकिर अंग्रेजि सलतनतको मुलुकको औ भर नेपालका महाराजाका मुलुका विचको सिवाना अव उप्रान्त हुन्या छ

सलतनतका नायव औ हिन्दुस्थानका गभरनर जनरल वाहादुर हिज एक्स्लेन्सी राइट अनरेवल चाल्र्स जान अर्ल कयानिङ्ग जी.सी.वी. का तरफवाट लेफटनेन्ट कर्णेल जर्ज रामजे साहेव वहादुरले र माहाराजाधिराजले सुरेन्द्र विर जिक्रम साह वाहादुर सम्सेर जङ्गका तर्फवाट माहाराज माहाराज जङ्गवाहादुर राणा जी.सी.वी.ले दस्खत भयाको ३० दिन भित्र काठमाडौमा अदल वदला गरियला.

श्री ५ महाराजाधिराज सुरेन्द्र विर विक्रम साह वाहादुर (ठुलो लालमोहर)

श्री जङ्ग वाहादुर प्राइमिनिष्टर (ठुलो छाप)

(सहि) ले. क. जी. रामजे, इन्डिया स्थित राजदुत (छाप) क्यानीङ्ग भाइसराय तथा गभर्नर महामहिम गर्भर्नर जनरलद्धरा कलकत्तामा ई.

१८६०, १५ नोभेम्वरमा यस सन्धिमा सहि छाप गरियो.
(प्रो. विष्णुप्रसाद पौडयालको नक्कलवाट)