काठमाडौं - सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।
न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।
चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए ।
उनीहरूउपर शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो ।
यसअघि न्याय परिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।


0 comment