काठमाडौं - विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी र चीनबाट लिइएको ऋणको विवरण पेश गर्न आदेश दिएको छ।
विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा शुक्रबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले आवश्यक कागजात तथा विवरण सम्बन्धित निकायबाट झिकाउन आदेश दिएको हो।
अदालतले मुख्य गरी भुक्तानी र ऋण गरी दुई विषयमा विवरण माग गरेको छ।अदालतले विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि पेस गरेका बिल र सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋणको कुल रकमको विवरण झिकाउन आदेश दिएको छ।
विमानस्थल निर्माणमा भएको कुल खर्चको वास्तविक विवरण यकिन गर्न अदालतले सम्बन्धित निकायबाट कागजात मगाएको हो।


0 comment