काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापालाई पक्रन कसैले नसक्ने बताएका छन्। थुनामा रहेका इमन सापकोटाको लिक भएको अडिओलाई लिएर थापालाई पक्राउ गर्ने चर्चा भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार संविधान र लोकतन्त्रका मूल्यमान्यताविपरीत अघि बढ्न खोजेको टिप्पणी गर्दै सरकारको पछिल्लो गतिविधिप्रति चिन्ता व्यक्त गरे।
‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ, उनले भने, गगनजी पक्रन कसैले सक्दैन।
यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा अदालतमा रिट परेको उल्लेख गर्दै प्रचण्डले विचाराधीन विषयमा टिप्पणी नगर्ने बताए।


0 comment