काठमाडौं - आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार पेस गरिएको उक्त निवेदन सर्वोच्च प्रशासनको अध्ययनपछि दर्ता गर्दै कात्तिक ३० गतेका लागि पहिलो सुनुवाइको पेसी तोकिएको छ।

सरकारले मन्त्रिपरिषद्‌ निर्णयमार्फत कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो। 

कार्कीले भने मन्त्रिपरिषद्‌को उक्त सरुवा पत्र नबुझी सरकारी निर्णयविरुद्ध पुनर्बहालीको माग गर्दै अदालतको ढोका ढोकाढोकाएका हुन्। १७ महिना कार्यकाल बाँकी रहेकै अवस्थामा सरकारले हटाए लगत्तै उनले कानुन व्यवसायीसँग परामर्श गरेका थिए ।