काठमाडौं - चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले पृथ्वीराजमार्गमा तालिमप्राप्त कुकुरसहित विशेष चेकिङ सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लागूऔषध तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरी चेकिङ थालिएको हो।

चाडपर्वका बेला राजमार्गमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले विशेष चेकिङ अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यसअघि दसैंको बेलामा पनि कुकुरको सहयोगमा प्रहरीले राजमार्गमा चेकिङ गरेको थियो ।