काठमाडौं - सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर बागचन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा बागचन्दले राज्यका सबै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफू प्रतिबद्ध रहेको बताएका हुन्।
फैसला कार्यान्वयनमा हुने असहयोगप्रति आफू जानकार रहेको भन्दै उनले कर्तव्यको कुरामा पछाडी हट्ने र अधिकारको कुरोमा अगाडि जाने किसिमको सामाजिक मनोविज्ञानले पनि फैसला कार्यान्वयनलाई बाधा पु¥याएको धारणा राखे ।
उनले फैसला कार्यान्वयनका लागि न्यायपालिका र कार्यपालिकाबीच समन्वयको खाँचो रहेको उल्लेख गरे । प्रस्तावित न्यायाधीशद्वय डा बागचन्दले न्यायिक कामको गुणस्तर र प्रभावकारिता मापन गर्न औसत मुद्दा फछ्र्योट अवधि, पुराना मुद्दाको अनुपात, सेवाग्राहीको अनुभव लगाएतलाई ध्यान दिइने धारणा राखे ।
त्यस्तै उनले न्यायपालिकाको सुधारका लागि मुद्दाको तयारी र सुनुवाइलाई प्रभावकारी बनाउने, स्पष्ट र समयमै फैसला तयार गर्नेदेखि न्यायमा समान पहुँच तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा जोड दिए ।


0 comment