यस विश्वलाई संरक्षण गरिरहेका स्वस्तिश्री श्री श्री श्री ईश्वरको आज्ञावाट वादसाहले स्वस्तिश्री श्री श्री गोर्खा अति निवाङ सरेन्द्र विक्रम साहलाई हुकुम गर्दछ –
मैले धेरै दिनदेखि तपाइँमाथि ठूलो कृपा एवं दया देखाएको छु । तपाईं र भोट दुवैले हामीउपर भक्ति भाव देखाउनु भएको छ । मैले तपाईंहरु दुवै गोर्खा औ भोटलाई कुनै पक्षपात नगरीकन बराबर रुपले स्नेह राखेको छु । यो साल तपाईंले भोटसँग लडनु भयो । मैले तपाईं प्रति न्यायपूर्वक व्यवहार गर्नु भनि ल्हासास्थित चिनियाँ अम्वानलाइ हुकुम दिईसकेको छु । परन्तु तपाईंले आफ्नो सानो तिनो झगडाको निम्ति यत्रो विशाल पम्परालाई हेलचेक्रयाइँ गर्नु भयो र केरुङ्ग र कुतिसम्म तपाईंले आफ्नो सेना ल्याउनु भयो ।
तपाईले उचित विचार गरेर भोटसँग सम्झौता गरि भोटका अधिकृतहरु फर्काइ दिनु भयो । फेरी तपाईंले मलाई नविदेन पत्र पनि पठाउनु भयो । यो देखेर म धेरै हर्षित भएँ । अतएव मैले तपाईंलाई यो चिठी (पर्वान) पठाई रहेको छु । चिर पर्यन्त तिव्वतसंग मैत्री राख्नु होस् । यसो भएमा म पुस्तौं पुस्तासम्म तपाईंमाथि ठूलो कृपा द्दष्टि राख्ने छु । त्यसकारण मैले तपाईंलाई यो चिठी लेखि रहेछु ।
तपाईंले भनेको मान्नु पर्छ ।
स्यान फुङ् ६३ साल २४ तारीखको दिनमा लेखिएको । यो चिठी चिनियाँ, तिव्वती र गोर्खाली गरि तिनै भाषामा लेखिएको छ ।
यो सम्वत्, १९१४ साल जेष्ठ सुदि ४ पाचौं दिनमा काठमाडौंमा प्राप्त भयो ।
0 comment