स्वस्ति श्री गिरिजा चक्र चूडामणि नरनारायणेत्यादिन विविध विरूदावली विराजमान मानोन्नत श्रीमन् महाराजाधिराज श्री श्री श्री महाराजे रण वहादुर साह वहादुर सम्सेर जङ् देवनां सदा समरविजयिनाम्।

स्वस्ति श्री राजभारोद्धरणसमर्थ दीनानाथ उपाध्या के प्रमाणपूर्वकं पत्र–इहा कुशल। ताहा कुशल चाहिये आगे यहाको समाचार भलो छ।
उपरान्त वनारसमा चेरी…। उजीर अलीले चेरी साहवलाई मारी बनारस…। भंन्या षवर तिमिले पनि सुन्यैको हो…।(पा) लपाबाट चीठी आयो ३०/३२ सवार साथ ली… दोसाधमा वसी सिपाही राषन लागी रहेछ। मुंवा भन्या पहाड… बस्न… या… का मुलुकमा विद्दत गर्दा हूं भंन्या बूझ रहेछ भनी पाल्पालीका भारादारहरूले लेष्यााको रहेछ। 

हाम्रो दोस्त अंगरेजसंग षुन तकरार गरी आउन्या मानीसलाइ आफ्ना अंवंल पहाड्मा चढ्न नदीनु भनी साफ लेषी पठाञौ। उसले जोरासन आउन आट्यो पाल्पालीले थाम्न सकेनन् भन्या ञहाबाट भारा फौज पठाई पनी आफ्ना अंवल पहाड़मा रहन देवैन अंगरेजले निकुता नेहोरा कत्ति राष्तैनन् तपनी हामिले त दोस्ती दिन परदिन बढाउन्यैछ। 

तेस जग्गामा रही अंग्रेजका मुलुकमा विद्दत गर्न पावैन। ताहा केही मुषालीफ गोर्षालीका आडमा उजीरअली रह्याका छन् भन्या कुरो पार्नन् तेस कुरामा कुरामा सुरो भै राम्रो गरी दोस्ती वढाउन्या भरी बोल। तें डवला संग ताहा धेरै दिन ठहर्न सकैन। पश्चिमतिरका सबै आमीलहरूलाई लेषी पठाञु। 

यस कुराको मिल्या संमको षवर वडासाहेवलाई पनि लेष्यााको छ। यस्को जाच बुझ चाडो गरी पठाउ। वांकी डाक्टर हाकीमहरूले बतायाको मुगा भस्म र मोती… हुन्छ…। केही काजलाई चाहियो तसर्थ पक्का डाक्दर हाकीमहरूले …। मुगा भस्म तोला २० मोती भस्म तोला १० तलास गरी ताहा कतै … गुन गर्‍या बढीया गरी वनायाको … 

माघ शुद्धि ४ रोज ७ मुकां कान्तिपुर शुभम्–