गोर्खा र जाजरकोटको भेरीसाँधको सन्धि शोक १७०८ सं. १८४३ सन् १७८७
श्री दुर्गा सहायः १ श्री पंचायन देउवा स्वस्ति श्री गण गिरिराज चक्र चूडामणि नर नारायणे त्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्रीमान् महाराजाधिराज श्री श्री श्री महाराज रणवहादुर साह वहादुर सम्सेर जङ्ग देवा नाम् सदा समर विजयि नाम्….
स्वस्ति श्री गण गिरिराज चक्र चूडामणि नर नारायणे त्यादि विविध विरुदावलि विराजमान मनोन्नत श्रीमान् महाराजाधिराज श्री श्री श्री गजेन्द्र साहदेवेषु. सदासमरविजयिषु. सलामपुर्वक पत्रमिदम् ञहां कुसल तांहा कुशल चाहिय आगे ञहाकोसमाचार भलोछ उप्रान्त गोर्षा जाजकोट को. घाहा अघिदेषी भै आयाकोहो कालि पसिम जाजरकोट अघिमा न भै. राजा राजाको मुलुक सर गराई यस समय भेरि साध हुदा हाम्रा काजी सर्दारले. सल्ल्यान लाइ सँगाली अधा¥या घाट भेरिका अर्ध जलमा वसि गाइ ब्राह्मण जनै तुलसीपत्र. सालग्राम साछि राषी जाजरकोटका द्रसंतानले गोर्षाको वाङ्गो नचिताउनु गोार्षका द्रसंतानले. जाजरकोटका राज्यमाथि अधर्म नचिताउनु भनी धर्म गरि जाजरकोट भर अम्वलमा आफ्नु अघि देखि चलि आयाको हाल हुकुम पंचषत सहित राषि गद्दिथामी वोलनु वाधनु ग¥याको विस्तार हाम्रा काजि जिवसाहि परन्ये (पारथ) भँडारि जोगमल्ल चामु भँडारिहरुले ञहा विंती गरि पठाया भारादार हरुसित वसि जो कुरा वोलनु वाधनु गरि धर्म भयो सोहि हामिले थाम्यौं यस कुरामा हाम दरसंतान र आफना दरसंतानमा जो डग्ला उसलाइ…. को कुदृष्टि होला यो ढुङ्गो जति वढ्यो त्यो ढुँगो पनि वढाउनुछ. तेस ढुँगाका कृपाले हाम्रो भेरि साध लाग्याको पाग पाित र धर्मपत्र ली लछुमापति पांडे तुलाराम थापा पठायाका छन् ईनका मुषजमान विंति गर्नन् सो प्रमाण छ इतिसम्वत् १८४३ साल मिति चैत्र वदि ९ रोज ३ मुकाम कांतिपुर शुभम्
(स. १८११ मा काशीमा पृथ्वी हरिको धर्म सन्धिपत्र भएको फेला परेको छैन )
0 comment