प्रभातराज पाण्डे,

आधुनिक राज्यले नागरिकको अधिकार सुरक्षाको ग्यारेन्टी गर्दछ निरन्तर सतर्कता, जवाफदेहिता समयमै न्यायको अभावमा आधुनिक राज्यको औचित्य समाप्त हुनेछ रचनात्मक सोच संरचना मुलुकले खोजिरहेको पटके राजनीतिक परिवर्तनका बाबजुद नागरिकको आवश्यकता आशा पूरा हुन सकिरहेको छैन नियन्त्रित राजनीतिक अस्थिरताको आडमा स्वार्थको द्वन्द्व गज्जबले मौलाएको जसले गर्दा सुशासन पारदर्शिता मुलुकबाट गायब भएको दुःखको साथ भन्नु परिरहेको - परिवर्तनको नाममा हामीलाई कङ्गाल बनाइएको झन्डै ३५ वर्ष खर्चेर हामीले मुलुक आफूलाई बर्बाद गर्न सफल भएका छौँ सामान्य अनुशासनसमेत मिल्काएर आफ्नै चिहान खन्न व्यस्त समाज खोक्रो आडम्बरमा बाँचिरहेको

पुर्खाले समाज जीवनलाई गरिमामय बनाइराख्न बनाएका नैतिक मूल्य सिद्धान्तलाई भौतिकवादले कप्लक्क निल्दैछ समाज निर्माणमा महत्त्वपूर्ण भूमिका योगदान पुऱ्याएका ज्ञानीहरूले अनेकौँ हन्डर ठक्कर खाँदै निर्माण गरेका नैतिकता ध्वस्त गर्न दिनरात एक गरिरहेको कथित राजनीति भौतिकवाद सफलताको उचाइ चढ्दै इमानदारी, कर्तव्य पालन, सहानुभूति, परोपकार, आत्मत्याग जस्ता मानवीय गुण त्याग्न हतारिएको व्यक्तिहरूलाई समाजले सजिलै स्वीकार गरिरहेको जसले मुलुकलाई नराम्रोसँग सताउँदै वैश्य युगको चेपुवामा अनैतिक बन्न विवश मानिसलाई हदैसम्म लखेट्ने प्रशासनले कानुनको छिद्र प्रयोग गर्दै अनैतिकतामा राजशी जीवनशैली बिताएको देख्दैन जीविकोपार्जनको निम्ति सामान्य गडबडी गर्ने मानिसप्रति राज्य निर्मम ढङ्गले प्रस्तुत भइरहेको ठुला-ठुला आर्थिक अपराध गर्दा सामान्य सजाय पाउने कानुनी व्यवस्थाको फाइदा उठाउन मरिहत्ते गरेका व्यक्ति शक्तिले समाजलाई बर्बाद गरिरहेको फगत व्यक्तिगत स्वार्थ, महत्त्वाकाङ्क्षा भौतिक सुख सुविधा प्राप्त गर्न हदैसम्म गिर्न तयार पछिल्लो पुस्ताले समाजको जगसहमति, सहयोग सद्गुणलाई अनावश्यक विषय मानिसकेको , जसले हामीलाई औपचारिक रूपमादुईखुट्टे पशुबनाएको

प्रकृतिका बहुआयामिक चुनौती पार गर्दै आएको समाजले मानवताको अस्तित्व चटक्कै भुलेको भौतिक स्रोतको असीमित उपभोग गर्ने मानसिक सोचले समाजको स्थिरता डग्मगाएको विरोधाभासले भरिएको संसारमा मानव ज्ञान थलापरेका छन् केही वैज्ञानिक सिद्धान्तहरू पूर्णतया बेतुकका देखिएको झोँकमा समाजले बहुमूल्य धारणा, शुद्धता स्पष्टता गुमाउँदै विज्ञान भौतिक सुखको पछि दौडिएको पछिल्लो पुस्ताले विगतका अनुभव, विधि साधनहरू बेकार देख्न थालेको राजनीतिक, आर्थिक महत्त्वाकाङ्क्षा पूरा गर्न समाजको सम्पत्तिको रूपमा रहेका आध्यात्मिक नैतिक अनुशासनमाथि आक्रमण तीव्र बनाइएको मुलुक समाजविश्वव्यापी मूल्य, मान्यता प्रभावको पछि दौडिने नाममा आफ्नै अस्तित्वमाथि खेलबाड गर्दैछ मानवमन समाजको मूलसारराजनीतिक परिवर्तनको नाममा समाप्त गरिएको व्यक्ति समाजको सांस्कृतिक, नैतिक, बौद्धिक चेतना कसरी नष्ट भयो भन्नेबारेमा मुलुकले सोच्न छोडेको

गरिबसँगभोट धनीसँगनोटलिने हाइब्रिड उपलब्धि परिवर्तनसंसदीय लोकतन्त्रबनेर मुलुक प्रवेश गरेको सांसदको टाउको गन्ने तौल नहेर्ने संसदीय व्यवस्थाले आफ्नो सामाजिक दायित्व निर्वाचनको समयमा गज्जबले देख्ने गर्दछ निर्वाचनको समयमा मतदातालाई भगवान् भन्ने, जनार्दन देख्ने लोकतन्त्रले जनताको अमूल्यमतसंसद् प्रवेशकोगेट पासबनेको भोलिपल्ट बिर्सन्छ यतिबेला नेपाली समाजको पतन उकालो चढिरहेको विनाशका साधनहरूको असीमित प्रयोगले समाजलाई विचित्रको सङ्कटमा पुऱ्याएको मुसादौड (पेटपालन)मा निस्कन बाध्य व्यक्तिले विकास, सिद्धान्त सभ्यताको माला जपेर बस्न चाहँदैन/सक्दैन बालबच्चाको पालनपोषण, शिक्षा विकासमा आधारित सुरक्षा खोज्ने हुटहुटीले समाजको सोच उद्देश्य बदलिएको औद्योगिक सम्भावना समाप्त पारिएको, भौतिकवादले गाँजेको, सामाजिक आर्थिक सम्बन्धको अपराधीकरण सामान्य भएको परिवर्तनमा समाजले आफूलाई नौतिकवान बनाइराख्न सकेन, जसले गर्दा प्रगति पतनलाई समाजले महत्त्व दिन छोडिसकेको ऐतिहासिक विकासको चक्रीय नियम भताभुङ्ग भएको समयमा समाजको नजरमा तमाम कर्म-कुकर्म जायज देखिएको आत्मअनुशासन, गोपनियता सही सूचना फाल्तु विषय बनेका छन् सांस्कृतिक, आर्थिक अपराध गर्दा अपराधीले प्राप्त गर्ने सजायसमेत पुरस्कार जस्तो भएको मुलुकमा समाजले नैतिकतालाईअनैतिक अनुपयुक्तविषय मान्नु स्वाभाविक

गरिबसँगभोट धनीसँगनोटलिने हाइब्रिड उपलब्धि परिवर्तनसंसदीय लोकतन्त्रबनेर मुलुक प्रवेश गरेको सांसदको टाउको गन्ने तौल नहेर्ने संसदीय व्यवस्थाले आफ्नो सामाजिक दायित्व निर्वाचनको समयमा गज्जबले देख्ने गर्दछ निर्वाचनको समयमा मतदातालाई भगवान् भन्ने, जनार्दन देख्ने लोकतन्त्रले जनताको अमूल्यमतसंसद् प्रवेशकोगेट पासबनेको भोलिपल्ट बिर्सन्छ यहीँबाट सुरु हुने गडबडीले नागरिक समाजलाई गिजोलेको सत्ताप्राप्तिको निम्ति तमाम नैतिकता, मूल्य, मान्यता, बिसाउन मरिहत्ते गर्ने कथित नेतृत्वले समाज, धर्म, संस्कार, रीति, थिति, विधि, पद्धतिलाई जति धेरै भत्काउने सफलता पाउँछन्, त्यति धेरै नेताको अधिकार क्षेत्र बढेको ठान्दै आएको मुलुक जिम्मा लिएको नेतृत्वको कथित सोच, शैली, गैरजिम्मेवार व्यवहारलाई शब्दमा समेट्न मुस्किल सामाजिक विघटन, पारिवारिक कलह, झैझगडा, अंशमुद्दा, पारपाचुके, दलाली, कीर्ते, ठगी, भ्रष्टाचार बढ्दा आफ्नो राजनीतिक आयु लम्बिएको ठान्दै आएको आफ्नै स्वार्थमा अल्झिएको तथाकथित परिवर्तनले केवल विदेश जानकै निम्ति सहोदर दाजुले बहिनीसँगविवाहगरेकोमा चिन्ता गर्न जरुरी ठान्दैन राजनीतिक नेतृत्वको देखासिकी गर्दै विदेशीभूमिको कागज बनाउन मातापिताको मन्जुरी पाएका छन् यस्तो भयावह नैतिक पतनपश्चात् वर्तमान व्यवस्था, सिंहदरबार समाजसामु गम्भीर प्रश्नहरू तेर्सिएका छन्

काम, क्रोध, लोभ, मोह, अहङ्कारले शासन गरेको वैश्य युगमा नैतिक मूल्य कतै भेटिँदैन पुर्खाले निर्माण गरेका मूल्य, मान्यता, अध्यात्मलाई चटक्क छोडेर भौतिकतातर्फ लम्किएको पछिल्लो पुस्ताले पैसाको निम्ति सबै जायज देख्न थालेको आधुनिकता, प्रविधि, स्वार्थीसोचले परिवार समाजको जग भत्किएको एकाङ्की जीवनशैलीले समाजप्रतिको उत्तरदायित्व बिर्साएको नैतिकता, इमान, इज्जतगौण सुखसुविधा अनि पैसाप्रधान मान्ने पछिल्लो सोचले सोसल इन्जिनियरिङ चकनाचुर हुँदैछ नैतिकता व्यवहारिक ज्ञान नदिने शिक्षानीतिले शिक्षित युवायुवतीलाई अन्धकारतर्फ धकलेको पछिल्लो कालखण्डमा अनिवार्य बनिसकेको टेलिभिजन कार्यक्रम, विज्ञापनले भुसुक्कै बिर्सेको नैतिकता समाजको निम्ति महँगो बनिरहेको समाजमा अनैतिकताको प्रतिस्पर्धा चलिरहेको पावर पोलिटिक्स, नैतिकवान मानिस राजनीतिबाट भाग्ने अवस्थाले खराब मानिसको बोलवाला यतिबेला पुर्खा, मुलुक, कानुनलाई अपमान गर्ने फेसन चलेको दुराचारीको बोलवाला सनातन धर्मले जीवनमा सकारात्मकता ल्याउने अज्ञानले समाजलाई थप पखाल्दैछ भन्ने मान्न वर्तमान पुस्ता तयार छैन

वैश्य युगमा समाज व्यक्तिको हरेक गतिविधिलाई विज्ञानले प्रभावित गरिरहेको व्यक्तिगत स्वार्थको निम्ति मानिसले प्रकृतिलाई दोहन गरिरहेका छन् धनी गरिबबीच गहिरो खाडल बनिरहेको समाजवादउन्मुख संविधानपश्चात् समाजमा डरलाग्दो आर्थिक असमानता चुलिएको सामाजिक मूल्य गिर्दै गएको संयुक्त परिवार लोप भएर एकल परिवारमा सीमित भएको पारिवारिक संस्कार, सामाजिक चालचलन हराउँदै हाम्रा जीवनशैली, चालचलन सोच बदलिएका छन् खानपान, बोलचाल, सत्कार आशीर्वाद बदलिएका छन् विगतमा सन्तानले डाँडा खोला ढाकुन् भन्ने आशीर्वाद आउटडेटेड भइसकेको साइँलो, काइँलो, अन्तरे, जन्तरे जस्ता नाता लोप भएका छन् नेपाली समाज झल्काउने परम्परागत आशीर्वाद डिट्ठा, विचारी, मुखिया, सुब्बा, हाकिम, ठेकदार, सांसद, मन्त्रीबाट एडभान्स हुँदैछ अध्यापक, प्रोफेसर, इन्जिनियर, डाक्टरसमेत मुलुक छोड्न हतारिएको पछिल्लो समयमा अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतको भिसा लागोस् भन्नेमा पुगेको प्लस टु गरेपछि मुलुकमा बस्नु भनेको असफल या नालायक हुनु हो भन्ने मान्यता स्थापित गरिँदैछ

बेरोजगारी, अवसरको अभाव, गरिबी असुरक्षाले मानिसलाई अपराधतर्फ धकेल्दै परम्परागत पुरुषत्वको दबाबले युवालाई सताउँदै निराश कमजोर व्यक्तिहरूको शोषण सङ्गठित अपराध थप मौलाउँदै समस्याहरू नयाँ आवरणमा प्रकट भएका छन् प्रक्रिया मिलाएर राज्य व्यक्तिलाई ठग्ने अभियान छेडिएको विश्वासमा ठगिएका नागरिक न्याय खोज्दै सडकमा भौँतारिँदै छन् दुर्भाग्यवश राज्यको उपस्थिति कतै देखिँदैन मुलुकसोसल मिडिया युगमा फसिसकेको नजिकका नाता भत्किएका छन् सम्बन्ध पातलो भएका छन् टाढाको, अपरिचितसँग अनौपचारिक सम्बन्ध चुलिएको बनावटी देखावटी व्यवहार चुलिएको सोसल मिडिया कल्चर मौलाएको , जसले नागरिकको जीवन खलबलिएको सामाजिक मूल्यमा अकल्पनीय गिरावट आएको भौतिकवादले सताएको समाजमा मोबाइल इन्टरनेटले नागरिकको शान्ति खोसेको सामान्य घटनालाई अतिरञ्जित गर्दै नागरिकको असन्तुष्टि भड्काउने काम चुलिएको अश्लील सामग्री, अराजकता उच्छृङ्खलताले पारिवारिक जीवन भत्काउँदै

वैश्य युगमा फगत पैसाको निम्ति गरिने मानवतस्करी तथा मानव बेचबिखन, बन्धक, श्रम यौन शोषण जस्ता अपराधलाई समाजले पचाउन थालेको बेरोजगारी, अवसरको अभाव, गरिबी असुरक्षाले मानिसलाई अपराधतर्फ धकेल्दै परम्परागत पुरुषत्वको दबाबले युवालाई सताउँदै निराश कमजोर व्यक्तिहरूको शोषण सङ्गठित अपराध थप मौलाउँदै समस्याहरू नयाँ आवरणमा प्रकट भएका छन् प्रक्रिया मिलाएर राज्य व्यक्तिलाई ठग्ने अभियान छेडिएको विश्वासमा ठगिएका नागरिक न्याय खोज्दै सडकमा भौँतारिँदै छन् दुर्भाग्यवश राज्यको उपस्थिति कतै देखिँदैन

भनिन्छ, गरिबीबाट उदाएको नेता अत्यन्त रफ्तारमा हुन्छ, जसले समाज राजनीतिलाई अनैतिक बनाउन कुनै कसर छोड्दैन पावर गेमको नसामा उसले अगाडि रहेका डरलाग्दा चुनौतीको बारेमा सोच्दैन अधिक आत्मविश्वासको जेलमा तमाम सम्भावनाहरू मौलाएका हुन्छन् ध्वस्त हुनुभन्दा अगाडि ध्वस्त बनाउने राजनीतिक अभियान चलेको/चलाइएको मुलुकमा अनैतिकहरूको नजरमा लोकतान्त्रिक प्रक्रियासमेत वरदान बन्ने गर्दछ यथास्थितिमा परिवर्तन लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण खोजिरहेको समस्याग्रस्त मुलुकमा टपरटुइँयाहरूको रहरलाग्दो छलाङलाई युवायुवतीले परिवर्तन ठान्न हौसिन्छन् अनैतिकहरूले परिवर्तनको नारासमेत अपहरण गरेका छन् कथित बयानबाजीलाई पछिल्लो पुस्ताले नैतिक अनैतिकताको तराजुमा जोख्न जरुरी देख्दैन यसले गर्दा युवापुस्ता समाजको शिक्षित वर्गलाईग्याल्भनाइज नैतिकताको पछाडि दौडाउँदै

अन्तमा, महात्मा गान्धीभगवान् रामको प्रखर भक्त थिए दुर्भाग्य ! उनको हत्याराको नाम पनि नाथुराम थियो अर्थात्, नाथुसँगरामजोडिएको थियो गान्धीले नाथुरामको चित्त बुझाउन सकेनन् नाथुरामले गान्धी मारेररामको इज्जत बचाउन खोजे नाथुराम भगवान् रामको घर बचाउन चाहन्थे भारतीय लोकतन्त्रले उनलाई बाँच्न दिएन लोकतन्त्रमा यस्तो हुनु अस्वाभाविक होइन दुर्भाग्यवश अनेकौँ हन्डर ठक्कर खाँदा पनि नेपाली समाजको आँखा खुलेन हामी समाजकोगान्धीपनमार्दै नाथुराम बन्दैछौँ समाज भत्काएर समाज निर्माणको वकालत गरिरहेका छौँ नेपाल नेपालीपन मारेर नेपाली भएकोमा गर्व गर्दैछौँ