विष्णु भट्टराई,

नेपाली नेताहरू नेपाललाई सिंगापुर बनाउँछु भन्दै भाषण गर्छन् । सत्तामा पुग्छन् तर सिंगापुर बनाउने कुरालाई भने चटक्कै बिर्सन्छन् । देशको समृद्धि प्रणालीले गर्छ कि नेतृत्वले? यो प्रश्न निकै पेचिलो छ । तर सिंगापुरको उदाहरण हेर्ने हो भने प्रणालीले होइन, कुशल नेतृत्वले राष्ट्र समृद्ध बनाउँदो रहेछ भनेर बुझ्न सकिन्छ । तत्कालीन केपी ओली नेतृत्वको वामपन्थीहरूको झन्डै दुई तिहाई नजिकको बहुमतको सरकारले नेपाललाई समृद्ध बनाउने नारा रणनीतिक रुपमै तयार गरेको थियो । ‘सुखी नेपाली समृद्ध नेपाल’ यो नारालाई केवल नाराका रुपमा मात्र सीमित राखियो । हो, ओलीले विकास र समृद्धिका सपनाहरू नेपाली जनतालाई नदेखाएका होइनन्, तर उनले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्न पाएनन् । जनादेश प्राप्त प्रधानमन्त्रीलाई सर्वोच्च अदालतको परमादेशले विस्थापित ग¥यो । यो दुनियाँकै संसदीय इतिहासमा अनौठो घटना मानिन्छ । वास्तवमा मुलुक प्रणालीले होइन, नेतृत्वले बन्दो रहेछ भन्ने कुरा सिंगापुरका संस्थापक नेता ली क्वान युले सिद्ध गरिदिएका छन् । 

प्रसिद्ध कुतनीतिज्ञ तथा अमेरिकी पुर्व विदेश मन्त्रि हेनरी किसिन्जरको हालै प्रकाशित पुस्तक ‘लिडर सिप’ मा विश्वका प्रतिष्ठित र राजनीतिज्ञ मध्य ६ जनाले देशकाल र परिस्थितिमा निर्बाह गरेको भुमिकालाई विशेषण गरेका छन् । किसिन्जरले पुस्तकमा विभिन्न उपशिर्षकमा विश्लेषण गर्दै नेतृत्वले देखाएको शासकिय कौशलको चर्चा गरेका छन् । कोलार्ड एडेनाउर (जर्मनी), चाल्र्स दि पाउलले (फ्रान्स), रिचार्ड निक्सन (अमेरिका), अनवर सडात (मध्ये अरब), ली क्वान यू (सिंगापुर) र मार्गरेट थ्याचर (इग्लेण्ड) बारे किसिन्जरले चर्चा गरेका छन् । विभिन्न समयमा विश्वका फरक मुलुकका शिर्षतहमा पुगेका नेतृत्वको शासकिय कौसलका माध्यमबाट मुलुकको राजनीतिमा प्रभावशाली योग्दान दिन र सफल नेतृत्वको विश्लेषन रोचक छ । पुस्तक मार्फत भावी नेतृत्व परिकल्पनामा कस्तो होला भन्ने निकै सान्दर्भिक र महत्वकांक्षी बिषयलाई उठाएका छन्, किसिन्जरले । राजनीतिमा मात्र होइन कुुसल नेतृत्व हरेक बहु आयमिक पक्षमा अनिवार्य आवश्यकता हो । तर नीतिहरुको सर्बश्रेष्ठ र मुल राजनीतिले त्यस्ता बहु आयमलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने हुँदा राजनीतिक नेतृत्वका सन्दर्भमा विश्वभर निकै चासो साथ हेरिन्छ । राजनीति, समाज र आर्थिक रुपान्तरणका लागि कुशल मियोको भूमिका अदिथिय रहन्छ । अन्य आयममा भन्दा पनि राजनीतिमा कुशल नेतृत्वको अपेक्ष बढी गरिन्छ । 

 ली एसियाका तानाशाही शासकमध्येका एक थिए जसले गरिब देशहरूमा तीव्र गतिमा आर्थिक उन्नतिका सम्भावना देखे । यस्ता अन्य शासकहरूमा दक्षिण कोरियामा पार्क चुङ ही ताइवानका च्याङ काइसेक, मलेसियामा डा. महाथिर मोहम्मद र इन्डोनेसियाका सुहार्तो थिए । जस्ले साम्यवादको पतन हुने अपेक्षा गरेका थिए । यी देशहरूले आफू निश्चित तहको समृद्धिमा पुगे लगत्तै दुई ठूला चुनौतीको सामना गर्नुपरेको थियो ।

पहिलो सन् १९९७ को क्षेत्रीय आर्थिक संकट उनीहरूको एसियाली आर्थिक मोडलका लागि अम्लीय परीक्षण थियो, उत्पादनको व्यापक वृद्धिका आधारमा दिगोपन हासिल गरिरहेको तीव्र वृद्धिलाई । सिर्जनशीलताको आवश्यकता पर्ने प्रणालीले विस्थापित गर्‍यो । दोस्रो समृद्धिको फैलावटले तलतिरबाट बढी राजनीतिक स्वतन्त्रता सिर्जना गर्‍यो, यस मामिलामा पूर्वी एसियाभरमा असमान प्रगति देखियो तर निरंकुशतन्त्र पछाडि फर्किरहेको छ । उनले आफ्नो जीवनको पछिल्लो समयमा प्रायःजसो सिंगापुर जान अर्थतन्त्र भएर आउनुपर्छ उनको पिपुल्स एक्सन पार्टीले नयाँ समयलाई अंगिकार गर्नुपर्छ भन्ने कुरा बताइरहे । लीका आलोचकहरूको कमी भने रहेन, चाहे सिंगापुरका अभिव्यक्ति स्वतन्त्रताका बाधाहरूका बारेमा होउन वा केही उनका राजनीतिक रुपले बडी गलत दृष्टिकोणका बारेमा होस् दुवै पक्षका आलोचकहरूको कमी थिएन ।

सिंगापुर केही एसियाली देशहरूमध्ये एक थियो जसले व्यापक नीतिहरूको अनुशरण गर्‍यो जसले व्यापक गरिबीलाई कम गर्‍यो, घरेलु वचतको उच्चस्तर, व्यापक खुलापन, प्रतिस्पर्धी विनिमय दर, मानव पुँजी र असल पूर्वाधारमा लगानी जस्ता नीतिहरूको व्यापक अनुशरण गर्‍यो । लीले एसियाका सिनिक सभ्यतामा आधारित कन्फ्युसियन मूल्य मान्यताको तर्क अघि सारेका थिए जसले उनीहरूलाई दोस्रो विश्वयुद्धपछि तीव्र गतिमा अघि बढ्न मद्दत गर्‍यो । उनले आफ्नो आत्मकथामा भारतले आफ्नो सम्भाव्यतालाई लामो समयसम्म निष्क्रियतामै राखिरहेको उल्लेख गरेका छन् तर उनी चीनप्रति भने बढी विश्वस्त थिए । उनले अवसरको प्रतिक्षा गर्ने समाजवादी (फेबियन सोसलिस्ट) का रुपमा राजनीति सुरु गरेका थिए । जातिवादी दंगाकारी र कम्युनिस्ट विद्रोहीबाट जोगाउँदै उनले मलाया संघबाट सन् १९६५ मा बाहिरिएको सानो सहर सिंगापुरलाई विश्वका मुलुकहरूको शीर्षस्थानमा पुर्‍याए ।

सिंगापुर अहिले नियमित रुपमा विश्वका विभिन्न देशहरूको सूचीमा व्यवसाय गर्न सहज रहेका मुलुकहरूमध्ये अग्र स्थानमा छ, त्यहाँ स्थायी कर छ । विधिको शासन सर्वोपरि छ, भ्रष्टाचारको अवस्था अज्ञात छ । सिंगापुरको चाखलाग्दो विषय भनेकै त्यहाँको आर्थिक मोडल हो जहाँ स्वतन्त्र बजारका उपलब्धिहरू सन्तुलित छन् जुन सरकारी स्वामित्वका सफल कम्पनीहरूको श्रृंखला, सरकारी आवास परियोजनाहरूले अधिकांश नागरिकलाई घर दिएको छ र राष्ट्रिय सञ्चयकोषको मार्फतबाट अनिवार्य बचतबाट यस्तो सन्तुलन कायम भएको छ । उनी गम्भीर थिए तर विवादास्पद चिन्तक पनि । उनको विश्लेषण विधि झन्डै बेवेरियन जस्तो थियो । बेबेरियन पथ जसले सभ्यतासम्बन्धी मूल्यमान्यताहरूलाई प्राथमिक बनायो । जर्मन समाजशास्त्री माकस बेबरले करिब एक सय वर्षअघि प्रोटेस्टेन्ट मूल्यमान्यतामा आधारित दर्शन अघि सारेका थिए जसले केही देशमा तीव्र गतिले विकास गर्‍यो ।

लीले सिंगापुरको भाग्य परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी यसका लागि एक साझा दृष्टिकोणमुक्त समग्र टिमको प्रयास भएको भन्दै यसको श्रेय सबैलाई दिन्छन् जसलाई उनी ‘एक व्यापारिक एवं कडा परिश्रम गर्ने मानिसहरू, जसलाई विश्वास गरियो’ भन्छन् । ली सानो व्यापारिक बन्दरगाह जस्तो क्षेत्रलाई एकम समृद्ध राष्ट्रको रुपमा चमत्कारिक रुपान्तरण गर्ने कार्यका अगुवा थिए । उनी विश्वव्यापी रणनीतिक मामिलाका बारेमा तीक्ष्ण बुद्धिका चिन्तकमध्ये एक थिए । अझ स्पष्ट एवं कठोर बोल्ने बानी उनको बुद्धिमताभन्दा सधैं चर्चित रह्यो । उनी पश्चिमा उपदेशप्रियथताका लागि कटु आलोचक थिए । उनको अनुभव थियो पश्चिममा जे कार्य हुन्छ त्यो एसियामा आवश्यक हुन सक्दैन यद्यपि यस्तो सापेक्षिकतावादको केही मानिसबाट गलत दुरुपयोग हुन सक्छ । लीको विश्वास थियो कुनै पनि देशको रेकर्डलाई उसको ऐतिहासिक, सांस्कृतिक र संस्थागत वास्तविकताको पृष्ठभूमिका आधारमा निर्णय गर्नुपर्ने हुन्छ । उनका एसियाली मूल्यमान्यताहरू १९९० को दशकमा उदाएका थिए जुन व्यापक रुपमा सामान्यीकरण गर्नंका लागि थिएनन् । उनी सानो मञ्चका विशालकाय व्यक्तित्व थिए । उनको प्रतिष्ठा वजनदार थियो, वास्तवमा उनले विश्व समुदायलाई नै निर्देशित गरे भन्नु अत्योक्ति हुने छैन ।

पूर्व प्रधानमन्त्री लीले सन् १९९० सम्म ३० वर्ष सिंगापुरको नेतृत्व गरेका थिए । यस अवधिमा उनले एसियाकै गरिब मानिएको टापु राष्ट्र सिंगापुरलाई बलियो आर्थिक केन्द्रमा रुपान्तरण गरेका थिए । लीलाई सिंगापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्छन् । अपराध र भ्रष्टाचार अति न्यून रहेको आधुनिक सिंगापुर विकासमा संसारकै उदाहरणका रुपमा रहेको छ । लीका पुत्र एवं सिंगापुरका प्रधानमन्त्री ली एचसित लुङले सिंगापुर विश्वमा एक्लै रहेका बेलजा र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा लीले देशको नेतृत्व गरेर वर्तमान सिंगापुर निर्माण गरेको बताएका छन् । उनले वर्तमान सिंगापुरको निर्माणमा लीको योगदानको उच्च मूल्यांकन हुनुपर्ने भन्दै उनीजस्तो विकासप्रेमी र देशभक्त नागरिक सिंगापुरमा पाउन गाह्रो रहेको भनेका छन् । ली सिंगापुरका संस्थापक मात्र नभई दक्षिणपूर्वी एसियाली राष्ट्रिय संगठन (आसियन) का पनि सहसंस्थापक नेता थिए । पचास वर्ष अघिसम्म मलेसियाको माछा मार्ने ठाउँ थियो सिंगापुर टापु । प्राकृतिक स्रोत साधन नभएको त्यही टापुलाई विश्वकै समृद्धशाली मुलुकको उचाइमा पुर्‍याए ।

सन् १९५९ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि सन् १९९० सम्म ली सिंगापुरका प्रधानमन्त्री थिए । जीवनको उत्तराद्र्धसम्म उनी सिंगापुरलाई विकसितत मुलुकको हैसियतमा पु¥याउन तल्लीन रहे। उनी दुनियाँकै एक कुशल र सफल शाासकमा गनिन्छन् । उनी जीवनभर जेका लागि बाँचे, जे सपना देखे त्यसलाई अविचलित रुपमा ‘फलोअप’ गरिरहे र आफ्नै जीवनकालमा सिंगापुरलाई समृद्ध राष्ट्र बनाएरै छोडे। त्यही कारण उनलाई राजनीतिक विचारधारामा असहमत हुनेहरूले पनि कुशल शासकका रुपमा सम्मान गर्न कन्जुस्याइँ गर्दैनन्। सिंगापुर र संसारमै लीले कुशल, कठोर, सदाचारी, दूरगामी, प्रयोगशील र व्यावहारिक विशिष्ट छवि बनाएका छन्। उनको नेतृत्वलाई विश्व समुदायले अधिनायकवादी भनेर विरोध पनि गरेको थियो। देश चलाउने उनको अधिनायकवादी शैलीले नै सिंगापुरको कायापलट गर्‍यो। छोटो समयमै सिंगापुर विश्वको प्रमुख तथा व्यापारिक तथा आर्थिक केन्द्रका रुपमा स्थापित भयो । सिंगापुरको कार्यकुशलता र भ्रष्टाचारमुक्त समाजले विकसित पश्चिमा राष्ट्रहरूको शिरलाई समेत झुकाइदियो।

सन् २०११ को आम निर्वाचनमा आइपुग्दा ली क्वानको पार्टी विरुद्ध आवाज उठ्यो। विपक्षी दलले पहिलेभन्दा बढी स्थानमा विजय प्राप्त गरे। लीले सिंगापुरको नेतृत्व गर्न विशेष रुपले व्यवस्था गरिएको मन्त्रीहरूका अभिभावक (मिनिस्टर मेन्टर) बाट राजीनामा दिए । त्यही निर्वाचनदेखि सिंगापुर अधिनायकवादबाट लोकतन्त्रतर्फ अभिमुख भएको छ र यो क्रम निरन्तर छ । सन् १९६३ मा सयभन्दा बढी राजनीतिज्ञ र युनियनका नेताहरू राष्ट्रलाई खतरा पुर्‍याएको भन्दै थुनिए । त्यसले पिपुल्स एक्सन पार्टीलाई शक्तिशाली बनायो । विरोधी दल बार्सियन सोलियासिस कमजोर भयो।

सन्१९८६ मा प्यापले संसदको ५८ सिटमा ५८ सिट नै जित्यो । त्यसपछि विरोधीहरू कहिल्यै उठ्न सकेनन्। स्वतन्त्रताको वैचारिक अवधारणाप्रति क्याम्ब्रिजमा शिक्षित लीको कुनै रुचि थिएन । एक अधिवक्ताका रुपमा स्वतन्त्रताको अवधारणाप्रति उनी जानकार थिएनन् भन्न सकिन्न । स्वतन्त्रताले पेट भरिँदैन, स्वतन्त्रताको प्रयोग गर्नेहरूलाई पाखा लगाउनुपर्छ भन्ने उनले जापानी व्यवसायबाट सिकेका थिए । ‘मैले कसरी शासन गर्नुपर्छ भन्ने सिकेँं, बेलायती र जापानीहरूले जसरी शक्तिको प्रयोग गररे कसरी जनतालाई तह लगाउनुपर्छ भन्ने जानेँ, ली भन्ने गर्थे । उनी बहुजातीय समर्थक थिए । त्यसैले उनले अतिवादी र कम्युनिस्टहरूलाई आन्तरिक सुरक्षा ऐन प्रयोग गरी वर्षौंसम्म गैरन्यायिक हिरासतमा राखे। उन्नत बच्चा पाउन प्रतिभाशाली नागरिकबीच जबर्जस्ती बिहे गराइदिने विरोधीहरूलाई नैतिक कारबाही जस्ता कामले उनलाई एक तानाशाहका रुपमा हेरिन्छ ।

सन् १९६५ मा जब सिंगापुर मलेसियाबाट छुट्टियो, त्यो समयलाई ली ‘कठोर समय’ का रूपमा सम्झन्थे। त्यतिबेलासम्म सिंगापुरसँग स्वतन्त्र राष्ट्र बन्न चाहिने कुनै पूर्वाधार थिएन । देश आन्तरिक द्वन्द्वमा जकडिएको थियो। प्राकृतिक सम्पदाको कमी थियो। पिउने पानीमा समेत आत्मनिर्भर थिएन । नयाँ मुलुक स्थापना गरेर अघि बढ्न सक्ने उचित अन्तर्राष्ट्रिय वातावरण पनि थिएन । सिंगापुरे समाजमा चिनियाँ, मलाया र भारतीयहरूको दबदबा थियो। ‘सिंगापुर कसरी सिंगापुर भयो भनेर थाहा पाउन यसको इतिहास जान्न जरुरी छ,’ उनले २००७ को अन्तर्वार्तामा भनेका थिए, ‘हामीसँग राष्ट्र बनाउन आवश्यक सामान्य कुरा पनि थिएनन्। न जनसंख्या न त साझा भाषा–संस्कृति । इतिहास भनेको लामो हुन्छ । त्यसमा मेरो सानो योगदान मात्र हो।”

लीको ‘सिंगापुर मोडल’ लाई ‘नम्र अधिनायकवाद’ को नमुना भनेर आलोचना गरिन्थ्यो। जसमा राजनीतिक शासन प्रणाली केन्द्रीकृत भए पनि सरकार स्वच्छ छविको थियो भने आर्थिक नीति उदार थियो। केन्द्रीकृत शासन प्रणालीका कारण प्रतिपक्षी दलहरू दबाइएका थिए । वाकस्वतन्त्रता थिएन । यद्यपि, यही शासन प्रणालीलाई ‘एसियाकै नमुना’ का रूपमा प्रशंसा नगरिएको होइन । कतिपय एसियाली मुलुकले त यहाँकै राजनीतिक प्रणाली अनुशरण गर्न अध्ययनसमेत गरेका थिए । खासगरी, चीन सिंगापुरको शासन प्रणालीको खुलेर प्रशंसा गथ्र्यो । विख्यात राजनीतिक विश्लेषक चेरियन जर्जले लीको नेतृत्वलाई ‘डर र प्रभावको अनौठो संयोग’ भनी टिप्पणी गरेका छन्। लीको प्रभाव कम हँुदै गएपछि उनको शासन प्रणालीलाई उदारवादी नयाँ पुस्ताले कसरी अंगीकार गर्दै अघि बढाउँछ भन्ने प्रश्न उठेको छ । जम्मा ५६ लाख जनसंख्या रहेको सानो मुलुक सिंगापुरले भविष्यमा आउने ठूला समस्या कसरी सामना गर्ला भन्ने प्रश्न पनि यदाकदा उठ्ने गरेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिक खिचातानीबाट टाढै रहन रुचाउने सिंगापुरलाई आफ्नो राष्ट्र र राष्ट्रबासीको जीवन पद्धतिसँग मात्र मतलब छ । उनीहरूले यसलाई ‘फाइभ सी’ को संज्ञा दिएका छन्– क्यास (पैसा), कोन्डो (आवास), कार (गाडी), क्रेडिट कार्ड र े कन्ट्री क्लब । केही समययता भने विश्वका धेरै राजनीतिक वेबसाइट तथा ब्लगमा ली र उनको शासनविरुद्ध धेरै नकारात्मक टिप्पणी आउन थालेका थिए । तर, सिंगापुरबारे थोरै मात्र ज्ञान भएकाहरूमाझ पनि लीको छवि राम्रो छ । उनलाई विश्वले राष्ट्रवादी नेताका रूपमा चिन्छ जसले समाज परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ भनेर सिकाए । उनी जनतालाई हाँस्न अभिप्रेरित गर्थे, चुइगम चपाएर वा बार्दलीबाट फोहर बाटोमा नफाल्न आग्रह गर्थे ।

लीले शासन व्यवस्था तथा राजनीतिमा पूर्ण पकड जमाइराख्न धेरैखाले संयन्त्र निर्माण गरेका थिए । उनको शासनमा सरकारलाई गालीगलौच गर्नु ठूलै अपराधका रूपमा स्थापित थियो। विपक्षमा उभिएर नकारात्मक टिप्पणी गर्नेलाई उनी गाली– बेइज्जती मुद्दा हालेर ठूलो धनराशि जरिवाना तिराउँथे। विपक्षीहरू कहिलेकाहीँ त टाटै पल्टन्थे। केही पटक त ‘द इन्टरनेसनल न्युयोर्क टाइम्स’ ले पनि यस्तै मुद्दाका कारण क्षतिपूति तिर्दै माफी माग्नुपरेको थियो। उनी आफूलाई राजनीतिका ”डन” भन्न गर्व गर्थे जोसँग मान्छे प्रेम गर्दैनथे, बरु डराउँथे। सिंगापुरलाई भ्रष्टाचारमुक्त देश बनाउनकै लागि त्यहाँ एउटा नीति अंगीकार गरिएको थियो– सरकारी सेवामा रहेका ठूला अधिकारीको तलबसुविधा निजी क्षेत्रमा कार्यरत प्रमुख कार्यकारीसरह हुने। यसले सिंगापुर विश्वमै सरकारी कर्मचारीलाई धेरै तलब दिने राष्ट्रमा चिनियो। सिंगापुर स्वतन्त्र भएको १६ वर्षपछि सन् १९८१ मा मात्र विपक्षी नेता जेयारेत्नाम संसदमा एक सिट जित्न सफल भएका थिए ।

त्यसपछि सन् २००६ मा संसदको कुल ८४ सिटमध्ये दुई सिटमा जित हासिल गरे । सन् २०११ को आमनिर्वाचनमा भने विपक्षीले अप्रत्यासित रूपमा ६ सिट जित्यो। ४० प्रतिशत पपुलर भोट पनि प्राप्त ग¥यो। त्यसपछि मात्र लीको पार्टीले राजनीतिक परिवर्तन गर्नुपर्ने समय आएको महसुस गरेको थियो। लीले अंग्रेजी भाषाको प्रयोगलाई बढावा दिए । चिनियाँ, मलाया र भारतीयहरूको बाहुल्य भएकाले साझा भाषाका रूपमा अंगे्रजीको विकल्प छैन भन्ने उनलाई लागेको थियो। अंग्रेजी भाषालाई बढावा दिए व्यापार तथा लगानी ल्याउन सजिलो हुन्छ भन्ने पनि उनको सोच थियो। यसमा उनी सफल पनि भए । उनको यही सोचको परिणाम मान्नुपर्छ, सिंगापुर विश्वकै एक आर्थिक केन्द्रका रूपमा उदायो। अहिले पनि सिंगापुर विश्वकै सुन्दर र विकसित देश मानिन्छ ।