
परीक्षा कोइराला,
“आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।“ को पवित्र मन्त्रसँगै प्रत्येक वर्ष नेपालीको घर आगनमा दशै गुन्जिन्छ । दशै वा बडादशै नेपालीहरुको प्रमुख चाड हो । विशेषत ः राष्ट्रिय चाड मानिने दशै हिन्दु धर्मवलम्वीहरुले असोज महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म नव दुर्गाको विधिवत आराधना गरी दशैका दिनमा आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर पूर्णिमासम्म मनाउने गर्छन् ।
दशै सबैकालागि हर्षोल्लासको पर्व भएता पनि यसपालिको दशैमा सदाको जस्तै चहलपहल पाइएको छैन । उपत्यका बाहिर जानेको घुइचो भने थामिनसक्नु छ । विगतका वर्षहरुको दशैलाई लक्षित गरेर व्यापारीहरुले धेरै सामान किनमेल गर्न देशमा आयात गरेका थिए , तर आम उपभोक्ताको क्रय शक्ति कम हुनाले र सामानको मूल्य वृद्धिले बजारमा घुइचो कम भएको हो । बजारमा अति आवश्यक वस्तु खाधान्न, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नु नेपालीको बिडम्बना हो । बजारमा अधिकांश वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दा न्यून आर्थिक अवस्था भएका वर्ग महंगीको मारमा परेका छन् । बैंकको उच्च ब्याजदर र ऋणका अभावले गर्दा उद्योग व्यवसाय आंशिक रुपमा मात्र संचालन भइरहेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नु नेपालको बिडम्बना हो । बजारमा अधिकांश वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दा न्यून आर्थिक अवस्था भएको वर्ग महंगीको मारमा परेका छन् । बैंकको उच्च ब्याजदर र ऋणको अभावले गर्दा उद्योग व्यवसाय आंशिक रुपमा मात्र संचालन भइरहेको छ । यो चाडपर्वको मौका परेर कतिपय व्यापारीले गुणस्तरीयहीन खाधपदार्थ , मिठाई बेच्ने काम गरेका छन् । यसले गर्दा यो समयमा सरकारबाट बजार अनुगमन अति आवश्यक छ । नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरीयहीन वस्तुले व्यक्तिलाई क्षेति पुगेमा कानुन बमोजिम क्षेति पाउने हक छ ।
यसै सन्दर्भमा कुरा गर्दा दशै नेपालीहरुको त्यस्तो महत्वपूर्ण चाड हो जसमा नहुनेले समेत ऋण काडेरै भए पनि मनाउने गर्छन् । अहिले रुस र युक्रेन युद्धको असरले इन्धनको र अन्य अत्यावश्यक सामग्रीको मूल्य बढेको छ । आर्थिकमन्दीको यो जटिल परिस्थितिमा यसले झन् क्रय शक्ति कम भएका निम्न र मध्यम वर्गका उपभोक्तामा दशैको रौनक छाउन सकेको छैन । आम उपभोक्तामा पर्याप्त आम्दानी नहुदा अनिवार्य आवश्यकता बाहेकका अन्य विलासिताका सामानको उपभोगमा निकै कमी आएको छ । त्यस्तै उद्योगधन्दा राम्रोसँग नचल्दा कामदारको रोजगारी समेत गुम्दै आएको छ । रोजगारीको अभावमा दिनहु करिब तीन चार हजार युवकहरु विदेशिएका छन् । आर्थिक मन्दीको भार मध्यम वर्ग , निम्नमध्यम वर्ग , निम्न वर्गलाई परेको छ ।
रेमिट्यान्सले धानेको अर्थतन्त्र नेपालमा आर्थिक मन्दीको प्रभावले विकास निर्माणको काम न्यून छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपाली मार्फत १० खर्ब सात अर्ब रुपया रेमिट्यान्स भित्रिएको छ । चाडपर्वको बेला विदेशबाट सबैले आफ्नो घरमा पैसा पठाउछन् जसले गर्दा स्थानीय स्तरमा केही मात्रामा आर्थिक गतिविधि चलायमान हुन्छ । दशैको अवसरमा विभिन्न कारणले विदेशिएका नेपाली घर आएर आफ्ना आफन्तसँग भेटघाट गर्ने र आशिर्वाद लिने गर्छन् ।
दशैको बेला स्कुलका विधार्थीले पनि लामो विदा पाउछन् । यसले उनीहरुलाई नेपाली समाज र संस्कृतिको अनुसरण गर्न सिकाउछ विभिन्न समुदायबीच यसले सद्भावना बढाउन मद्धत गर्छ । बालबालिकालाई दशै मनाउनुको संस्कृतिक पक्ष अवगत गराउनु पर्छ । दशैमा सानो बालकदेखि बृद्धसम्म नया लगाउने, मीठो खाने र रमाइलो गर्ने परम्परा विगतदेखि नै चलिआएको छ । दशैले एक अर्काको भाइचाराको सम्बन्धलाई सुमधुर बनाउछ र शुभकामना आदानप्रदान गरिन्छ । दशैमा वर्षभरिको दुख, वैमनस्यता, महंगी, रोग, संक्रमण, विषम परिस्थितिलाई बिर्सिएर सुखी तथा उत्साहपूर्वक मनाइन्छ ।
दशैको नकारात्मक पक्ष चाहि हरेक वर्ष झै यो वर्ष पनि दशैमा आवश्यक फलफूल ,मसला तथा विभिन्न खाध सामग्री आयात हुन्छ । यसले गर्दा नेपालको अर्थ बाहिर निकासा भएर कमजोर हुन्छ । अर्को नराम्रो पक्ष भनेको दशैको आठौ र नवौ दिनमा देवी प्रसन्न हुन्छ भन्ने विश्वासका साथ पशुपंक्षीको विधिवत वध गरिन्छ । यी त भए नै मूल कुरा हो – आयो दशै ढोल बजाई, गयो दशै ऋण बोकाइ – त्यसैले दशैको नाम आम्दानी अनुसार खर्च नगर्ने, अनावश्यक खर्च गर्ने, अरुको देखासिकी गर्ने, गर्नाले बहुसंख्यक नेपालीका लागि दशै एक बोझिलो भएको सत्य अवगत गर्दै –खर्च कटौती गर्न सके र भडकाउलो व्यवहार नगरे नेपाली परम्परा, संस्कृति, रितिरिवाज र सद्भावना, सामाजिक, पारिवारिक मिलनका लागि महत्वपूर्ण हुन्छ नै । बडा दशै २०८० शुभ होस् मंगलमय कामना ।


0 comment