शास्त्रदत्त पन्त,

काठमाडौं – नेपालको विशेषता भनेको निलेर बस्न सक्ने क्षमता हो । हजारौं बर्षदेखि सबैजात जाती, सबै धर्म सम्प्रादय, सबैले सबैको संस्कार र संस्कृतिलाई मान्छन् र सम्मान गर्दछन् । हजारौं हजार वर्षदेखि यो प्रचलन दीगो रुपमा रही आएको छ । यही संस्कारको कारण कुनै एक जातको एक थलो छैन, कुनै एक भाषाको एक थलो छैन, कुनै संस्कृतिको एक थलो छैन । एक थलोमा एक धर्म÷सम्प्रदाय हैन सबै थलोमा सबै धर्म÷सम्प्रदाय छन् नेपालमा । किनकि सबैलाई सबैको खाँचो पर्दछ । लाखौं बर्षदेखि मिलेर बस्ने नेपालीलाई फुटाउने रणनीति ‘रअ’ र ‘इसाइ’ को संयुक्त बनेको थियो । त्यसलाई मैदानमा लैजाने माओबादी भन्ने तिनका भाडाका सिपाही थिए । तिनैबाट जातजातकै राज्य र भाषाका राज्य भनेर प्रचार गराइयो । अज्ञ जति त्यसमा होमिए, त्यो संख्या पनि जनताको एक प्रतिशत भन्दा कम थियो । त्यसैलाई नेपाली जनता भनेर अन्तरिम संविधान बनाइयो । 

भारतका तत्कालीन कार्यबाहक प्रधानमन्त्री प्रणव मुखर्जीको नेपालका दल मिलाउने दाबीलाई विश्लेषण गर्ने हो भने नेपाललाई विखण्डन गराउने षड्यन्त्र पनि भारतभूमिबाट भएको थियो, अल–जजिरामा उनले दिएको अन्तरबार्ताले पुष्टि गर्दछ । कुनै नेपालीको सोचको उपज थिएन । नेपालका कुनाकुना डुलेर अर्धचेतन समाजमा केही सामल बाँडेर संघीय राज्यको खेती ग¥यो । त्यस खेतीमा पश्चिमाले इसाईकरण गर्ने रासायनिक मल र विषादि छरिदिए । संघराज्यको खेती मौलायो । त्यो खेतीबाट कति बिषाक्त फल फल्दछ भन्ने कुरा अर्ध चेतन अवस्थाका दलनाइकेलाई थाहै भएन, छैन । संघात्मक राज्यको नाराभित्र नब औपनिबेशिक दासत्वको गन्ध थियो, कसैले सुघ्नै सकेन । 

नेपालजस्तो सानो देशमा संघ राज्य गलगाण मात्र हुन्छ, बोझिलोमात्र हुन्छ । देशको विकासमा बाधक हुन्छ भन्ने जानिजानि क्षणिक रुपमा भड्काउन मात्र गरिएको व्यवस्था हो । राज्यको पुनर्सचनाको किन चाहिएको हो र त्यसले दीर्घकालिन प्रभाव के हुन्छ भन्ने त प्राज्ञको खोजको विषय हो, राजनीतिक विषय होइन । आर्थिक र सुरक्षा समस्याहल नगरिकन पुनर्सरचना सम्भव हुँदैन भन्ने दलहरुलाई थाहा हुँदाहुँदै बोल्न नसक्नु १२ बुँदे रणनीतिको लगाम भारतसित रहनु नै हो । इसाईले भने यसलाई कङ्गाल मुलुक बनाउने साधन बुझेरै गरेको गरेको थियो । ‘फुटाऊ र शासन गर’ शुत्रभित्रको एक उपाए मानेको थियो ।