शास्त्रदत्त पन्त,

सम्बत् २०६३ चैत्र ७ गते रौतहटको गौरमा विभत्स घटना घटेको थियो । सम्बत् २०६४ भदौ ३० गते कपिलबस्तुको कृष्णनगर र चन्द्रौटा बजारमा अर्को विभत्स घटना घटेको थियो । ती घटनामा सयौँ मानिसको हत्या भएको थियो । हजारौं घर विस्थापन भएका थिए । अरबौंको लुटपाट भएको थियो । यी घटनाको छनविन गर्न गठित आयोगले स्थानीयता भन्दा खुलासीमा पद्धतिलाई दोषी ठहर्‍याएको थियो ।


चितवन जिल्लामा भारतसँग सीमा जोडिएको बर्घाडा–९ स्थित सोमेश्वरको थुंकोमा युगौं पुरानो कालिकाको मन्दिर छ । यो भरतपुरबाट ४० कि.मी दक्षिणतिर सीमासँगै अवस्थित छ । त्यहाँ चैते दशैमा मेला लाग्दछ । त्यस मन्दिरमा नीलकण्ठ सापकोटाले लामो समयदेखि पूजारीका रुपमा पूजा गर्दै आएका थिए । अचानक एक दिन भारतबाट आएको एक हुलले उनलाई अपदस्थ गर्‍यो । एउटा भारतीय नागरिकलाई ल्याएर पुजारी नियुक्त ग¥यो । भारतको वाल्मीकि टाइगर रिजर्भका निर्देशक सन्तोष तिवारीले सो मन्दिर भारतमा पर्ने दावी गरे हडपे ।

कालिका मन्दिर क्षेत्रलाई पनि संरक्षित क्षेत्रभित्र पारेर मन्दिरका आडमा भारतीयले घरटहरा बनाएका छन् । पुराणमा समेत वर्णित सो मन्दिरमा प्राचीन अवशेष पनि भेटिएका छन् । वि.सं. १८६५ मा नेपाल सरकारले थारु समुहलाई पुजा गर्न दिइएको लालमोहर पनि छ । यो ठाउँ ठूलो सामारिक महत्वको छ । मन्दिर भन्दा २ कि.मी. दक्षिणमा क्याम्प बनाएर बसेको भारतीय सुरक्षा बलले सो घटना गराउन सघाएको थियो । धार्मिक, पर्यटकीय तथा सामारिक महत्व भएको देखेर भारतले त्यहाँ सीमा विस्तार गर्न आँटेको बुझिन्छ । 

यस्ता आपराधिक घटना सीमाभरी दिनहु जसो हुन्छन् । पहाड र राजधानीसम्म पनि घट्छन् । यस्ता घटना हुनुको प्रमुख कारण खुलासीमा रहनु नै हो । सीमापारीबाट घुसपैठ हुनुले नै हो । सीमा बल गठन भएपछि नेपाललाई संकुचन गर्न काम भइरहेकोछ । 

सत्तामा पुगेका दलका नेताले भारतीय बलमा कुर्सी प्राप्त भएकोले बाल्न सक्दैनन् । भारतीय अत्याचार सहन्छन् तर अरु नेपालीमा राष्ट्रिय अपनत्वको भावछ, भारतीय कुकृत्यको विरोध गर्दछन् । सुस्ता बचाऊ अभियान, सोमेश्वर बचाऊ अभियान यहि भावनाको परिणति हो । गृहमन्त्रालयले विशेष चासो राखेर सीमा व्यवस्थापन गर्नु आजको आवश्यकता भैसकेको छ तर भारतमुखी दल सरकारको गृहमन्त्रालयले आफै निर्णय गर्दैन । कुरै उठाउन साहस राख्दैन । नेपाली काँग्रेस, माओबादी, तराईबादी र एकाले दलमा यो प्रवृत्ति स्पष्ट रुपमा छ ।