रमा न्यौपाने ( आज्र्य )
समय परिवर्तन शिल छ । मान्छेहरु संसारलाई नियाल्न थालेका छन, केही समय देखि आएको यो इन्टरनेटको बढदो प्रयोग बाट, धेरै मान्छेका सुख र दुख सजिलै देखन र बुज्न सकिने भएको छ । घरमा बसेर संसार हेर्ने सक्ने बुज्न सक्ने यो प्रवृत्ति नेपालमा सबैको पहुच थिएन, केही बर्ष देखि ईन्टरनेट प्राय धेरैको घरमा जोडिन पुगो, कोरोनाको माहामारी र लकडाउन पछि शिक्षामा आएको क्षतीका कारण संसारको विकल्प निस्कियो अनलाइन कक्षा हो त्यहि अनलाइन कक्षा मार्फत विद्यार्थीको ज्ञान हासिलमा रोकावट न आओस भन्ने उदेश्यले पनि धेरै जसो नेपालीहरुको घरमा नेट जोडनुको विकल्प थिएन , यहाँ आफ्ना छोराछोरी पढ्न बाट बन्चित गर्न अभिभावक तयार हुन्नन्, फलस्वरूप आफ्नो आर्थिक स्तरमा कमिकमजोरी रहे पनि सबैले आ–आफ्नो घरमा नेट राख्न थाले, सहर होस यहाँ गाउँ जताततै नेटको सुबिधा आबस्यकता अनुसार बढदो रर्यो, कसैका लागि अनलाईन कक्षा सुरु भयो त कसैका लागि सामाजिक संजाल मार्फत सूचनाको आदन प्रदान देखि मनोरञ्जनको माध्यम हुनगयो जस मध्ये ऐले धेरै हेरिने प्रयोग गरिने माध्यम हो टिकटक ।
टिकटकको प्रयोग बढ्दो रर्यो, यो युवा पुस्तालाई मात्र सिमित रहेन, यहाँ त बालबालिका देखि बयस्क वृद्ध सबै हुनेहरुका लागि, महत्वपूर्ण रर्यो । केही मान्छेहरु यसको विरोधी भए पनि यसको प्रयोग भने बढ्दो छ किन भने यहाँ धेरै मान्छेलाई हाँस्न नाच्न समेत सिकाएको छ टिकटकले कसैलाइ कलाकार बनायो कसैलाई टिकटकर बनायो त कला गला भएर पर्दा पछाडी रहेका केहिलाई आफ्नो क्षामताको कदर भै चर्चित सेलिब्रेटी हुन पुगेको हामीले देखेका छौ । मनोरञ्जनमा अलिकती पनि रुचि नभएका ब्यक्तिहरुमा पनि उर्जा आएको छ, यहाँ उत्कृट नै हुनु पर्छ भन्ने छैन आफ्नो दैनिक कार्य देखि लिएर घुमफिर, शुभकार्य, बनभोज जस्ता धेरै कार्यक्रममा टिकटक नबन्ने भन्ने रहेन ।
परिस्थितिले मान्छेलाई जे जस्तो अबस्थामा रहे पनि आफ्ना दुःखहरुलाई भुल्न र जीवन हल्का बनाउने उदेश्यले आज आमाबुवाहरु पनि चासो बढाई, आफ्ना सारा पिडा, ब्याथाभुली टिकटकमा रमाउन थालेको देखिएको छ । केही मान्छेहरु टिकटकलाई बिकृतिको रुपमा फैलिएको बताउछन, किन भने कतिले यसको प्रयोग गर्दा उच्छिङ्खल गतिबिधी देखाउने र भाइरल हुनको लागि समाजमा गलत प्रवृत्ति जाने हरकत समेत देखाउन पछि परेनन् । कतिलाइ त आफ्नो जिम्मेवारी महत्वपूर्ण काम हुँदाहुदै पनि यता हेर्न थालेसी समय बितेको पत्तै नहुदो रैछ, देखिन्छ आमाहरुले आफ्नो सन्तानको ख्याल नगरेर बच्चा लड्ने चोटपटक लाग्ने, र उचित समयमा खाना खुवाउन समेत भुल्ने पाइएको छ । बच्चा र बृद्ध अबस्थाका अभिभावकलाई समयमा गर्नु पर्ने हेरचाहमा पनि असर गरेको पाइन्छ, हो यहि एस्तै गतिविधि बढ्दो देखिए पछि केही आलोचकहरु टिकटक बन्द गर्नु पर्ने बिचार ब्यक्त गर्छन् । मलाई नि लाग्छ कैलेकाँही अल्मल्याइ रहेको छ, यसो हेर्ने बानी भए पछि साँझ होस् या बिहान यतातिर दिमाग जान्छ खोलेर हेर्न थालो लौ कति बजि सकेछ बर्बाद भो भनेर झसङ्ग हुन पुग्छु, यो मलाई मात्र नभएर रुमा पनि लागु भएको हुनु पर्छ, यद्यपि राम्ररी ख्याल गरेर प्रयोगमा ल्याए सोसियल मिडियाहरु गलत भन्ने हुने छोइनन् । म स्वयंलाई नि यस्तो लाग्छ, आफुलाइ समयानुकुल र मर्यादित ढंगले सामाजिक सन्जालको प्रयोग गरेमा हरेकको आबस्यकता र महत्व उतिकै छ भन्न सकिन्छ ।
पछिल्लो समय सामुहिक छलफल बहस र अंतरकृया पनि टिकटकमा हुने गरेको पाइएको छ । यहाँ आ–आफ्ना समुह संगठनका बौद्धिक ब्यक्तित्वहरुको समसामयिक विषयमा बृहत छलफल भै प्रतिस्पर्धा भएको देखिन्छ लाइभ मार्फत । राती केही फुर्सदमा म स्वयम् टिकटक खुलेर हेर्ने गर्छु लाइभमा धेरैको रुप छलफल भैरहेको देखिन्छ विषय के रैछ भनेर सुन्न खोज्छु भर्खर र हालसालका गतिविधिको बारेमा पक्ष र विपक्ष अन्तरक्रिया भैरहेको सुनिन्छ । सामान्य ब्याक्ती देखि लिएर बौद्धिक बर्गहरु पनि टिकटकमा रमाइरहेको पाइन्छ ।
सामाजिक राजनीतिक, समसामयिक विषय छनोट गरि एक अर्का मार्फत् आ–अफ्नो धारणा राखी प्रतिस्पर्धा भएको देखिरहेको हुन्छु । कति पएले य मार्फत् अभियान नै चलाउनु भएको छ । एक दिन छलफलको विषय छनोट गर्दै जाँदा वैदेशिक रोजगारमा आएका कठिनाइको बारेमा बहस चलाउनु भयो अभियान्ता कृतु भण्डारीले त्यो दिन, एकअर्कामा बिचारको छलफल हुँदै गर्दा बेलारुसमा अलपत्र परेका नेपाली दिदी बैनीहरु जोडिन आउनु भयो र आफू अप्ठेरोमा परेको र दलालले फसाएको बताउदै जानू भो हामी नौ जना छौ भने जस्तो काम नपाएर खान बस्न समस्या भै कठिन परिस्थिति भोगी रहेका छौ भन्ने कुरा आयो र यो टिकटकमा बहस आयो के गर्ने के नगर्ने के सकिन्छ भन्ने र पछि सरकारको ध्यानाकर्षण गराइ हाम्रो पनि केही प्रयास रहोस् भनेर सबैले समर्थन दिनु भयो र जुन नेपाली दिदीबहिनीको इच्छा अनुसार पध्र दिनमा उहाँहरुलाई उद्दार गरि नेपाल फर्काउन सफल भएको र पठाउने दोषिलाई पनि कारबाहीको दायरामा ल्याउने प्रयास भएको घटना पनि ताजै छदै छ । हो यस्तै सहि तरीकाले समयको ख्याल राखी हरेक प्रबिधिको प्रयोग गरेमा समाजमा सकारात्मक कार्य गर्न मद्दत पुग्ने रैछ भन्ने एक धारणा बन्न पुगएको छ ।
खान खाइ सकेर राती फुर्सदिलो समयमा टिकटक नियाल्न पुग्छु र त्यहाँ लाइभ चाली रहेको हुन्छ कतै चर्चित कलाकार गायक गायिक त कतै टिकटक मार्फत बनेका सेलिब्रेटिहरुको लाइभ, त कतै राजनीतिज्ञ त कतै डाक्टर नर्स इन्जिनियर, यताकता पाइलट, हरु पनि यसको प्रयोगमा रमाईरहेको देखिन्छ, बुद्धिजीवी बर्गहरु पनि आफ्नो बिचार गुम्स्याएर राखेका हुन्थे भने ऐले यहि माध्याम पच्याइ कुन लाइभमा पसेर आफ्ना धारणा दिल खुलेर भन्न पाउ भन्दै जिज्ञासा् मेटाइरहेका पनि देख्छु, हो त्यसैले कुन गाउँ कुन सहर, कुन देश कुन बिदेश सबैलाई नजिक्याइ रहेको यो माध्यमको प्रयोग बढ्दो छ । टिकटकलाई सहि समयममा सहि तरिकाले प्रयोग गरौं, अन्यत्र भड्किलो र स्तरहिनबाट तपाई हामी स्वयं असल भुमिका खेल्नु हामी सबैको दायित्व भलाई हुन जानेछ ।


0 comment