काठमाडौं – किबदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफुसित लगेको रोटी जब पोखरिको किनारमा बसी खान खोज्दा जती पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उस्का सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उस्की स्वर्गबसी आमा पो उस्का रोटी जती सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्यो आमालाई आफैसित घर लान । आमा मनिनन् गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिजान्न भनेर ।
अनि आमाले केहि सिप नलागे पछी प्रतेक बर्ष आजकै दिन आफु यही पोखरीमा आउने र दर्शन दिने बाताए पछी गोठालो घर फर्कियो । अनि गाँउ भरिका मान्छेहरु प्रतेक बर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गबासी आमाको दर्शन गर्न थाले र तेही दिनलाई मात तिर्थ औशी को रुपमा मनाउन थाले । कालन्तरमा एक बर्ष एउटी नारी धेरै समय सम्म पर्खदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन तेस बर्षबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किबदन्ती छ भनिन्छ, आज पनि आमा नभएका हरु उक्त तलाउमा माता तिर्थ औशी को दिन नुहाउछन जस्लाई माता तिर्थ कुन्ड भनिन्छ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व भोलि जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृ औँसीका रुपमा समेत मनाउँछन् । छोरा–छोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठा–मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभएको छ । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उहाँका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज विहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यता समेत छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमाको मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।
आमा
दूध फाट्तैन आमाको सन्तति रहँदा तक
ठुलै किन नहोस् छोरो त्यो आमानिम्ति बालक ।
टेकुन् सन्तान यी सारा धर्तीका ती उँचा चुली
हुन्छिन् किन्तु सधैँ आमा स्वर्गभन्दा पनि ठुली ।।
आजको दिन जप्ने संस्कृतको मन्त्र
१. स्नात्वा करोतिम य्ः श्राद्धं माघोः कृष्णकुहौ दिने ।
२. वियोग न भवेन्मातुः वार्धक्येऽपी सुनिश्चितंम ।।
३. तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
४. ऋणः प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै
मातृदिवसकै सन्दर्भमा पौरस्त्य परम्परामा प्रचलित पाँच प्रकारकै आमाहरूका साथै सम्पूर्ण मातृशक्तिमा सुस्वास्थ्य, दीर्घ जीवन, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।


0 comment